NayaNepalOnline
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
TRENDING
मृत्यु धनुषा वीरगञ्ज भारत जनकपुर सर्लाही महोत्तरी कोरोना
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य
YouTube
NayaNepalOnline-logo
No Result
View All Result

सोचमा आधारित रहेर उद्यम गर्न चाहनेलाई पुँजी जुटाइदिन नेपाल उद्योग वाणिज्य महासंघले सघाउने

News Desk News Desk
पुस १०, २०७७, ९:३६ AM

काठमाडौँ — नवीन सोचमा आधारित रहेर उद्यम गर्न चाहनेलाई पुँजी जुटाइदिन नेपाल उद्योग वाणिज्य महासंघले सघाउने भएको छ । त्यस्ता ५० वटा स्टार्टअप (नवप्रवर्तन) हरूको व्यावसायिक सफलताका लागि सुरुवाती पुँजी (लगानी) जुटाउन संयोजन गर्ने भएको हो ।

परम्परागत तरिकाभन्दा पृथक् उपाय लगाएर व्यवसाय सञ्चालन गर्न सुरुवाती पुँजी आवश्यक भएकाहरूका लागि प्रस्ताव आह्वान गर्ने, मापदण्डअनुसार छनोट गर्ने र छनोट भएका प्रस्तावलाई कुनै एक उद्योगी/व्यवसायीलाई लगानी गर्न लगाउने योजना महासंघको छ । संसारभर यतिबेला युवाहरू व्यवसायलाई नयाँ तरिकाबाट सञ्चालनका उपाय लगाइरहेका छन् ।

नेपालमा पनि त्यस्ता व्यवसाय सुरु भइरहेका छन् । केही युवा योजना बनाएर पनि पुँजी अभावमा काममा हात हाल्न नसकिरहेको अवस्था छ । त्यस्ता युवालाई सघाउने रणनीति महासंघले तयार पारेको हो । ‘हामी दुई साताभित्र नै स्टार्टअपका लागि विशेष योजना सार्वजनिक गर्दै छौं,’ बुधबार राजधानीमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘यसमा हामीले ५० जना युवालाई आवश्यक तालिमसहित पुँजी जुटाएर उद्यमीका रूपमा स्थापित गर्ने योजना बनाएका छौं । यसको महत्त्वपूर्ण पक्ष भनेको यस्ता उद्यमी स्थापित नभएसम्म महासंघले उनीहरूको हात छोड्ने छैन ।’

यसका लागि महासंघले स्टार्टअप इन्नोभेसन समिति गठन गरेको छ । उक्त समिति सभापति रञ्जित आचार्यका अनुसार लगानी आवश्यक भएका स्टार्टअपसँग महासंघले चाँडै नै प्रस्ताव माग गर्नेछ । प्रस्ताव हाल्ने स्टार्टअपका संस्थापकलाई व्यवसाय सञ्चालनसम्बन्धी तालिम दिइनेछ र उनीहरूलाई लगानीकर्तामाझ आफ्नो उद्यम आइडिया बताउने मौका दिई प्रक्रिया अघि बढाइने उनले बताए । स्टार्टअपहरूका लागि लगानी गराउन महासंघले आफ्ना सदस्य तथा अन्य उद्यमी/व्यवसायीको सूचीसमेत तयार पारेको छ । लगानी गर्न ६० जना तयार छन् ।

स्टार्टअपहरूलाई उद्यमशीलता सम्बन्धी जानकारी बाँड्नका लागि महासंघले २० जना मेन्टरको सूची तयार गरेको पनि आचार्यले जानकारी दिए । ‘मेन्टरहरूले आफ्नो विज्ञता भएका क्षेत्रमा स्टार्टअपहरूलाई तीन महिनासम्म उद्यमशीलतासम्बन्धी मार्गदर्शन गर्नेछन्,’ उनले भने, ‘वैशाख पहिलो सातासम्ममा हामीले पहिलो चरणमा स्टार्टअपलाई लगानीकर्तासमक्ष अन्तर्क्रिया गराउने योजना बनाएका छौं । त्यसलगत्तै हरेक तीन तीन महिनामा हामी प्रस्ताव आह्वान गर्दै लगानीकर्तासँग भेटाउनेछौं ।’

स्टार्टअपमा लगानी गरेपछि लगानीकर्ताले नाफा लैजाने र लगानी फिर्ता लैजाने प्रक्रियाका लागि महासंघले प्रोटोकल तयार पारिरहेको पनि आचार्यले बताए । ‘लगानीकर्ताले २० प्रतिशत प्रतिफल लैजाने र ५ देखि ७ वर्षमा लगानी फिर्ता लैजाने व्यवस्थासहितको प्रोटोकल तयार पार्दै छौं,’ उनले भने, ‘लगानीकर्ताले लगानी गरे पनि जसको आइडिया हो, उसकै स्वामित्व रहोस् भन्ने पक्षलाई ध्यानमा राखेर प्रोटोकल तयार पारिरहेका छौं ।’

योबाहेक महासंघले हरेक महिनाको पहिलो शुक्रबार विभिन्न क्षेत्रका सफल उद्यमीसँग अन्तर्क्रियाको योजना बनाएको पनि उनले बताए । ‘हरेक क्षेत्रका सफल उद्यमीलाई बोलाएर स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी अन्तर्क्रिया गराउने हाम्रो योजना छ,’ उनले भने, ‘यसलाई हामीले फर्स्ट फ्राइडे टक नाम दिएका छौं ।’

विभिन्न संघसंस्थाको समन्वयमा महासंघले स्टार्टअप डाइरेक्टरी बनाउने काम पनि सुरु गरेको उनले बताए । युवा उद्यमी मञ्च र आस्टरप्रेरनासँगको सहकार्यमा महासंघले आगामी ६ महिनाभित्र स्टार्टअप डाइरेक्टरी तयार पार्ने योजना बनाएको छ । ‘यस्तो डाइरेक्टरी अनलाइनमा पनि राखिनेछ,’ आचार्यले भने, ‘स्वदेशी वा विदेशी जोकोही लगानीकर्ताले यस्तो डाइरेक्टरीमार्फत आफूलाई चाहेको स्टार्टअपसँग सम्पर्क गरी लगानी गर्न सक्ने अवसर दिनेछ ।’

केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअपलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराउने तयारी छ । स्टार्टअपहरूलाई आवश्यक स्रोत उलब्ध गराउन महासंघकै कार्यालयमा स्टार्टअप इन्नोभेसन इन्कुबेसन सेन्टर स्थापना गर्ने पनि तयारी भएको आचार्यले जानकारी दिए । ‘जहाँ स्टार्टअपहरूले भर्चुअल र भौतिक रूपमै आफूलाई आवश्यक स्रोत र साधन पाउन सक्नेछन्,’ उनले भने, ‘यस्तो केन्द्रमार्फत स्टार्टअपका लागि आवश्यक इन्टर्नसिपको व्यवस्थासमेत हुनेछ ।’

Source: ekantipur

Related Posts

समाचार

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

चैत्र ४, २०७७, ७:४८ PM
अपराध

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

चैत्र ४, २०७७, ७:४३ PM
राजनीति

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फाल्गुन १४, २०७७, ९:५० PM
अपराध

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ

फाल्गुन १३, २०७७, ७:१७ PM
समाचार

बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नास्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ ।

फाल्गुन १३, २०७७, ७:१५ PM

Discussion about this post

भर्खरै

एसिड आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने

1 month ago

लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ

1 month ago
कम्मरको दायाँ र बायाँपट्टी भिरेर लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल फेला

जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका दुई थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

2 months ago

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

2 months ago

मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

2 months ago

नयाँ नेपाल अनलाइन डटकम
सम्पर्क ठेगाना : काठमाडौं-१०,नेपाल
सम्पर्क मो. नं. : ९८४६७५२४९
इमेल : news@nayanepalonline.com
सूचना विभाग दर्ता नं. : २२६३/०७७-७८

हाम्रो बारेमा

संचालक : रुप बहादुर रावत
सम्पर्क मो. नं : ९८६१८०६०९०

सम्पादक : डोलराज पौडेल
सम्पर्क मो. नं : ९८४६७५२४९

  • Privacy Policy

© 2020 NayaNepalOnline || All Right Reserved || Powered by ProTech

No Result
View All Result
  • गृह पृष्ठ
  • समाज
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • दुर्घटना
  • खेलकुद
  • मनोरन्जन
  • आर्थिक
  • अन्य
    • प्रविधि
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • अपराध
    • कला-साहित्य