२०७८ पुष १७, शनिबार २१:१३

 

 

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीको काभ्रे जिल्लाका अध्यक्षसहित चार नेतामाथि शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले कारबाही गरेको छ। तर कमल
थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका छन्।
राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित रहेको थापाले भनेका छन्।
सो निर्णयप्रति खेद व्यक्त गर्दै थापाले पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार नदिएको उल्लेख गरेका छन्।
शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी चार जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार