२०७८ पुष ९, शुक्रबार १३:१३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने प्रतिवेदन पेश गर्नुभएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । बैठकमा केहि पार्टीहरु माओवादीमा समाहित हुने बिषयमा पनि छलफल भएको उहाले बताउनुभयो ।

माओवादीले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार