२०७८ पुष ९, शुक्रबार १२:५५

काठमाडौं । बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी भएको छ । आगलागीमा परी कम्तीमा ३६ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बंगला देशको प्रहरीले ३६ वटा शव फेला पारेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।

धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्। डुङ्गामा ५०० जना यात्रु रहेको बताईएको छ ।

एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि छुटेको थियो । शुक्रबार विहान नै उक्त डुङ्गामा आगलागी भएको बताईएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार