२०७८ पुष ९, शुक्रबार १२:३४

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ६९ औं स्थानमै थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् ।

भारत १ सय ४ औं स्थानमा रहँदा माल्दिभ्स १ सय ५७ औं स्थानमा छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८६ औं, भुटान १८५ औं, पाकिस्तान १९८ औं र श्रीलङका २ सय ४ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन् । इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार