२०७८ पुष ९, शुक्रबार ०९:२७

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणको जिम्मा सरकारको नभएर हरेक व्यक्ति व्यक्तिको रहेको बताउनुभएको छ । टेकु पचली क्षेत्रका पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको सम्वद्र्धनमा झुट्न सबैमा अपिल गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, “अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन र सम्पदाको सम्वद्र्धनमा सबै आ आफ्नो स्थानबाट जुटौं”। मन्त्री झाँक्रीले उहाँले पुनर्निर्मित सम्पदाले नेपालको संस्कृति र सभ्यता जोगाउन मद्धत गरेको भन्दै सुन्दर सहर निर्माणका लागि आवश्यक काममा सरकारले विशेष ध्यान दिनेपनि बताउनुभएको छ । साथै उहाँले खोलाको किनारमा बस्दैँमा सुकुम्बासी नभईने र वास्तविक पीडित पहिचान गरेर मात्रै सरकारले आवासको व्यवस्थापन गरिदिने पनि बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार