२०७८ पुष ८, बिहीबार ०९:३०

काठमाडाैं । साफ १९ वर्षमुनिको महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको फाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

खेलको ८० औं मिनेटमा बंगलादेशका एनी मोगिनीले गरेको गोल नै निर्णायक बन्यो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहदै फाइनल भेट पक्का गरेका थिए । तेस्रो स्थानमा रहेपछि नेपाल फाइनल पुग्न असफल भएको थियो । तर नेपालले फेयर प्ले अवार्ड जितेको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार