२०७८ पुष ८, बिहीबार ०८:५७

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सबै क्लस्टरको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो नै सबै क्लस्टरको मतगणना सकेर सार्वजनिक गर्ने तयारी गरेको भएपनि गणक कम हुँदा आज मात्रै सकिने भएको निर्वाचन समितिले जनाएको छ ।

समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार आज खसआर्यको लागि खसेको १७ सय र आदिवासी जनजातीको लागि खसेको २५ सय मत गनिसकेर सबै क्लस्टरको अन्तिम मतपरिणाम सार्वजनिक गरिने छ ।

यसैबीच नेपाली काँग्रेस प्रदेश २ मा आज मतदान हुँदैछ । अधिवेशन अन्तर्गत हिजै हुने भनिएको मतदान प्राविधिक तयारी पूरा नभएको भन्दै आजलाई सारिएको हो । प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रामकृष्ण यादवले उम्मेद्वारी दिनुभएको छ भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवको उम्मेद्वारी परेको छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार