२०७८ पुष ६, मंगलवार १७:५९

काठमाडौं – एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। एमसीसी संसद्‌बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनालीसहितका नेताहरुको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको हो।

कार्यक्रममा बोल्दै नेकपा ९माले० का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नभएको दाबी गरे। उनले कुनैपनि अनुदान संसद्‌बाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए। मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको आरोप लगाए।

त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए। उनले विकास निर्माणको नाममा आउने रकमको बहानामा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए।

 

नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए। उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी पनि गरे। उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप बताए।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार