२०७८ मंसिर ५, आईतवार ०९:२०

यात्रा संमरण

मेघराज तामाङ

संखुवासभा । संखुवासभा विकट हिमाली जिल्ला भएकै कारण एकाध बाहेकका मानिसहरु छाक टार्नलाई समस्यामा छन् । जिल्लाका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएकाहरुमध्ये कठोर जीवन बाँचिरहेकाहरु अझै पनि दशैं आउला र धानको भात खाउँला भन्ने आशमा छन् । उनीहरु जसरी जीवन जीइरहेका छन् । त्यो चाहीँ हामीलाई खुब गजव लाग्छ । तर उनीहरुलाई नै चाहीँ त्यहीँ जीवन बोझिलो बनिरहेको छ ।

२०७६ साउन अन्तिममा मकालु साहित्य समाज संखुवासभाले धार्मिक तथा पर्यटकीय स्थल शिवधारासम्मको यात्रा “शिवधाराबाट समृद्धीका स्वरहरु शृंखला २” को आयोजना ग¥यो । यो यात्रामा संघीय सांसद राजेन्द्र प्रसाद गौतम, मकालु गाउँपालिकाका कार्यबाहक अध्यक्ष चमेली राई, मकालु साहित्य समाजका पदाधिकारीहरु, मकालु युवा समाजका पदाधिकारीहरु र पत्रकार सहित ३२ जनाको टोली थियो ।

सदरमुकाम खाँदबारी देखि यात्राको तेस्रो दिन टाँसी गाउँबाट दोबाटेसम्म पुग्नु थियो । खाँदबारी देखि नुमसम्म सवारी यात्रा र भोलिपल्ट हाम्रो जम्बो टिम टाँसी गाउँ पुगिसकेको थियो । आज बिहानै हामी दोबाटे पुग्ने लक्ष्यले सातु, चिया लियौं । हाम्रो ठूलो समूहलाई चिया सातुले करिब १ घण्टा ढिलो भइसकेको छ । आजको गन्तव्य यात्राको नाइके बनेर सांसद गौतम सहितको टोली अघि बढ्यो । टोली पछ्याउन अरु बाँकी यात्रीहरुको लामै लस्कर रह्यो । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी हामी भन्दा केही मिनेट अघि बाटो लागे । अन्नपुर्ण÷एपीवानका पत्रकार अनिस विष्ट र म टाँसी गाउँ र आसपासका क्षेत्रको फोटो र भिडियो खिच्नुले ढिलो गरायो । हामी पनि बाटो लाग्यौं ।

यहाँबाट डोकोमा पसलका सामान बोकेका भाई हाम्रा सहयात्री भए । रातो हाफ टिसर्ट, पुरा गोडा छोप्ने भएपनि दोबारेर घुँडामुनी ल्याएका जिन्स पाइन्ट र खुट्टामा चप्पल लगाएका उनको टाउकोले थामेको डोको उनको शरीर भन्दा ठूलो छ । कहिले अघि कहिले पछी हुँदै उनको तस्बीर र भिडियो हामीले लियौं । बाटामा भेटिएका माने चौतारा र खोल्सी तर्न बनाइएका फड्के र फड्केमा हिँडिरहेकाहरुको भिडियो तस्बीर लियौं । यति बेला मलाई अघिल्तिर उछिनेर अनिष विष्ट गइसकेका छन् । भाइले बोकेको डोकोमा २५ केजी सामान छ । मेरो प्रश्नमा उनले उत्तर दिएका थिए । हामी एकसरो कपडाको झोला भिरेकाहरु उनी जस्तो ठमठम्ती हिड्न सकिएन । तर उनलाई मैंले थुप्रै कुरा सोध्नु थियो । त्यसैले संगै हिडाएँ । झिन्जिरी ओडार, चौतारी र डाँडा खर्कको उकालो उनलाई भन्दा मलाई गाह्रो पर्दै गयो । यो बिचमा उनले भन्दा धेरै मैंले बिसाएँ । मैंले जस्तै अरुले पनि ।

उनी सेदुवादेखि डोकोमा सामानका भारी लिएर आएका रहेछन् । बिहानको ३ बजे सेदुवादेखि हिडेको सुनाए । जुनबाटो अघिल्लो दिन हामीले सेदुवादेखि खाना खाएर हिडेका थियौं । साढे ६ घण्टा हिडेको हाम्रो बाटो भारी बोकेरै ३ घण्टामा पार लाएछन् । उनले बोकेको २५ केजी याङ्ले खर्क पु¥याउनु पर्ने रहेछ ।

उनले भारी बिसाएका र बोकेर हिँडेका अप्ठ्यारो उकालोहरुमा मैंले भिडियो खिचेँ । तस्बीर लिएँ । शेर्पा थर बताउने उनले नाम बताउन चाहेनन् । भारी बिसाएका चौतारीमा मेरा प्रश्न र उनले दिएका उत्तरहरु भिडियोमा अटाउँन खोजेँ तर उनी मानेन् । कक्षा ५ मा सेदुवामा पढ्ने उनी १२ वर्षका भए । उमेरको दोब्बर भारीको तौलले उनको पढाई खर्च जोहो हुँदो रहेछ । महिनामा दुई तीन पटक यसरी नै भारी ओहोरदोहोर गर्दा रहेछन् । यो लेकको बाटोमा ।

नयाँ लुगा फेर्न र पढाई खर्च जुटाउन उनले विगत ३ वर्ष देखि यसरी भारी बोकेका रहेछन् । पहिले नुम बजारदेखि सेदुवासम्म सामान ल्याउने गरेको बताए । अहिले नुमदेखि सेदुवासम्म प्राय खच्चडले भारी बोकिरहेको छ । “यहाँसम्म १० रुपैया केजीका दरले खच्चडलाई बोकाइन्छ । खच्चडलाई सस्तो भाडा पर्छ, हामीले बोक्दा अलि बढी महँगो पर्ने भएकाले नुमदेखि सेदुवासम्म सामान ल्याउन अहिले हामीलाई खोजीदैन । खोङ्मादेखि खच्चड हिड्ने बाटो छैन, यसरी नै हामीले बेस क्याम्पसम्म पु¥याउँछौ ।” याङ्लेसम्म यो भारी पु¥याउँदा ३ हजार रुपैंया पाउने उनले बताए । यो यात्रा उनको लागि दुई दिन मात्र । तर उनको भारी बोकेर हामी याङ्ले पुग्दा सायद कपाल फुल्थ्यो होला ।

टाँसी गाउँदेखि अगाडी लागेका टोली झिन्जिरी ओडार नजिकैबाट भेट्यौं । यहाँबाट नाक ठोक्कीने उकालोले सांसदसम्मलाई नाक र मुखबाट फेरी नसक्नुको श्वासको मुस्लो दुवै तिरबाट जान्छ । डोको बोकेका भाईलाई पनि यो उकालो सहज छैन । तर हाम्रा खुट्टा कामेँ उनका डेक चलेनन् । यो उकालोहरुमा हामीले थुप्रै लामो र छोटो श्वास फे¥यौं । हामीलाई काहीँ नलागेको जुका यहीँ बाटो बिचमा लाग्यो । कसिलो मोजा र बाक्लो बुटजुत्ता लगाएर पहाड नजिक ल्याउने हाम्रो ध्यान जुकाले भङ्ग गरिदिन्थ्यो । तर चप्पल लगाएर समृद्धी चढेका भाईको खुट्टामा जुकाले पहिल्याउनै सकेन । हामी छक्क प¥यौँ ।

डाँडा खर्कमा खाजा खान हामी बस्यौँ । उनको आजको बास खोङ्मा भएकोले उनी त्यहाँ निकैबेर थकाई मारे । हामी दोबाटे पुग्नु पर्ने भएकाले चाँडै बाटो लाग्यौँ । यहाँबाट उनको र मेरो प्रश्न उत्तर पनि सकीए । हामीसँग दुई जना सहयोगी छन् । उनीहरु पनि हाम्रा कपडा, सातु, चक्लेटका भारी बोकेर ठूलो डाँडा मुनी समृद्धीको उकालो चढीरहेका छन् । उनीहरुले पनि नाम बताएनन् । हाम्रो आठ दिनको यात्रामा उनीहरुले ९ हजार ६ सयका दरले रकम बुझे । उनीहरु भन्दै थिए–“कुहिरेहरुले दिनको १५ सयका दरले दिन्छन् । नेपालीहरुलाई सस्तैमा काम गरिदिन्छौं ।”

यात्रामा भेटिएका खर्कहरु भेट्दा बौद्धिक मञ्च संखुवासभाका अध्यक्ष राजेन्द्र थापा भन्थे–“हाम्रो जीवन के जीवन आनन्दको जीवन त यिनीहरुको पो छ त मेघराज जी १” एक कप चियामा लामै तर्क गर्न सक्ने यिनले के अनुमान गरेका होलान् खै १ एक मनले सोँच्दा मैंले पनि मत मिलाएँ ।

यो यात्रामा सांसद राजेन्द्र गौतमले दुर्गमकालाई सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपाल नाराले कति अर्थ राख्दछ भन्ने अनुभव गर्न पाए होलान् । गाउँपालिका कार्यबाहकले आफुलाई जिताएका जनताको जीवनशैली बुझे होलान् । दुर्गमकाले राजधानीको सिंहदरबार देख्न नपाए पनि गाउँमा आएको सिंहदरबारमा बस्नेहरु देख्न पाए । हामीसँग डोकोमा समृद्धी बोकेर हिँडेका ती भाईले कहिले सिंहदरबार आइपुग्नुर ? उमेरमै नागरिकता बनाए चार वर्ष पछी देख्लान् । नत्र चाँडै देखे अरु वैकल्पिक आवश्यकता रहला । देखे पनि उनले दरबार बस्नेहरु चिन्लान् तर त्यहाँ बस्नेहरुले उनलाई के गरी चिन्लान् ? व्यर्थै मेरा समृद्धीका सोँचहरु मष्तिस्कमा खल्बलिन्छन् ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार