२०७८ आश्विन १८, सोमबार ०९:५९

प्रवासी नेपाली चर्चित गितकार अर्जुन थापा दूरदेशमा रहेर पनि आफ्नो माटो, समाज र लोक संस्कृति प्रति योगदान गर्न पछि पर्दैनन् । । अमेरीकाको केन्टकी राज्यमा बसेर पनि नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गीत रचना , म्युजिक भिडियो निर्माण गरेका थापाले अब भने शर्ट फिल्म बनाउने क्षेत्रमा हात हालेका छन् ।

हालसालै थापाले लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने शर्ट फिल्म “जोइटिङग्रे ” निर्माण गरेका छन् ।
थापाले आफ्नै लेखन तथा निर्देशनमा “जोइटिङग्रे ”शर्ट फिल्म बनाएर सामाजिक सञ्जालमा राखेका छन् । ४ मिनेट ५१ सकेण्डको छोटो फिल्ममा नारी द्वेषी लोकोक्ति “जोइटिङग्रे ” शब्दमाथि चोटिलो प्रहार गरिएको छ ।

थापाले फिल्ममा पत्नीको सल्लाह,सुझाव लिने , पत्नीलाई काममा सघाउने र नारी-पुरुष समानताका लागि मानवीय व्यवहार प्रदर्शन गर्ने पतिलाई नेपाली समाजमा “जोइटिङग्रे ” भन्ने रुढिग्रस्त चेतनालाइ मेटाउन तार्किक सन्देश पेस गरेका छन् । फिल्म छोटो छ तर सम्यक अभिनय र रचनात्मक प्रस्तुतिले चखिलो चटनी जस्तै बनेको छ । बुहारीलाई दवाउने तर छोरीलाई फुक्र्याउने परम्परागत सासूको व्यवहारलाई लज्जित पार्दै अबका सासूहरु सच्चिनु पर्ने सन्देश छोटो फिल्ममार्फत प्रस्तुत गरिएको छ ।

आफ्नै लेखन,नर्देशन र एक सशक्त कलाकार भएर अर्जुन थापासहित निरु थापा सरस्वती तिवारी र निश्मा चापागाईं क्यामेरा पर्सन ओम कुमार ५ जनाको सानो समूहले निर्माण गरेको शर्ट फिल्म “जोइटिङग्रे ” सामाजिक चेतनाकरणका लागि अत्यन्त उपयोगी छ । नेपालीको महान चाड वडा दशैंको बेला यो शर्ट फिल्म “जोइटिङग्रे ” सपरिवार युट्युवमा हेर्दा लैङ्गिक समानताबारे सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया !

ताजा समाचार

ताजा समाचार

ट्रेडिङ समाचार