• Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug    
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • साहित्य

    मुक्तक: नसोध मलाई (18-08-08)

    -रत्नबहादुर बिश्वकर्मा
    न्यूयोर्क, अमेरिका

    नसोध मलाई घर कहाँ हो भनी
    मलाई भन्नै लाज लाग्छ,
    किनकि अठारौं शताब्दी जस्तो लाग्ने मुलुकबाट आएको छु
    नसोध मलाई देशको हालचाल के भनी
    बयान गर्नै सक्दिँन,
    किनकि हत्या, हिंसा आतंकमा चुर्लम्म डुवेको
    नसोध मलाई कुन जात हो भनी
    मेरा ओठहरु लर्बराउन थाल्छन्,
    किनकि त्यही हेपिएको कथित अछूत हुँ
    नसोध मलाई कति पढेको भनी
    केही बोल्नै सक्दिँन,
    किनकि ड्रि्री खल्तीमा राखी मजदूरी गर्दैछु
    नसोध मलाई समाजको स्थिति के भनी
    मुर्छित बन्न सक्छु,
    किनकि मेरो समाज कुरीति कुसंस्कृतिको बाहक
    यो बिदेश हो भनी नसुनाऊ मलाई
    अनुभव गर्नै सक्दिँन,
    किनकि आफ्नै देशवासीहरुबाट अछूती भई पीडित छु

    गजल (10-08-2008)मुटु खेल्ने जुवाडे रछौ मनै हारी दियौ
    सँगै हिंडे जस्तो गरी एक्लै पारी दियौ

    हृदयमा लहरियौ,भरोसा पलायो
    फुल भन्दै छाती भरी काँडा सारी दियौ

    सुगन्धको आगमन भनी सुङ्गथ्यौ
    फक्रिनै नपाई कोपिलामै झारी दियौ

    मायाको पारीधिमा नै अटाउन खोजे
    मनको सिमामा किन बार बारी दियौ

    आज भन्दा भोली गन्दा जिबन गल्यो
    झूठो बोली घोली घोली किन टारी दियौ

    भुपेन्द्र महत कोलोराडो

    Fragmented Demolitions

    by Neelam Karki Niharika (America)

    The house must be reconstructed
    From the foundation
    From the beginning
    This is the decision of those
    Who have seen the house
    This is the decision of those
    Who reside there

    For reconstruction
    The old house would be knocked down
    To build a new one

    Those who got the contract
    Begin to demolish
    At first they entered inside
    By unlocking the door
    And destroyed the hinge
    Destroyed the lock
    The lock that was shared by the house
    Got destroyed with its sharing

    In the duty of destruction –
    Some took the wall
    Some took the courtyard
    Some took the upper floor
    Some took the ceiling-beam
    Some took the window
    Some took the balcony
    Some took the roof
    Some took the foundation

    The crowd had gathered to see
    The demolition
    Of separated portions
    The bewildered eyes
    See the house collapsed

    Observant comments
    Arise from the onlookers –
    The roof should be removed first
    Others say
    The wall should be knockdown
    Yet others say
    The window should be taken off

    If the old house has to be ruined
    And ripped through the foundation
    Why then the ideas of
    Fragmented Demolitions!

    If it knocks down in a second
    If it knocks down in a blow
    Why this supervision?
    For what these fragmented attempts
    Of demolition?

    Let it not be so

    Let not another carpenter
    Or another builder come

    Let not that old house
    Grow stronger
    Awaiting for tomorrow
    With a much bigger wall
    Surrounding the house.


    गजल (20-07-2008)

    भुपेन्द्र महत कोलोराडो

    स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो
    आत्मासम्मान यो उधारोमा टास्न लाज भो

    बेसुरा लौ कती धेरै बिना गुदीका टाउका
    हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो

    आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को
    जालझेलको यो बिजय डांक बास्न लाज भो

    प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच
    बिकृतिको सगर जो नसकी भास्न लाज भो

    खुकुरिको डोब अझै ताजै होला गोर्खालिको
    पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो

    कविता केशव कोइराला (Copyright@ http://keshuvko.wordpress.com/)

    दीयो ढलेर के भो? ज्योति निभेको छैन
    उनले भुलेर के भो? स्मृति बिलेको हैन
    आशा त्यो मर्ने छैन, विश्वास घट्ने छैन
    मुटु दु:खेर के भो? माया त्यो बिझ्ने हैन

    न्यानो त्यो स्पर्श उनको, लज्जा बुनेका आँखा
    साथै हिँडेको बाटो ती रमाइला साँझ
    बोलीमा माया उनको, मस्तिष्कमाझ ताजा
    बिर्सन्न केही कैल्यै, उनले गाएका भाका

    आँशु बगेर के भो? आँखा त रित्तिँदैन
    छाती दु:खेर के भो? माया त मर्ने हैन

    उही पुरानो सपना
    उही पुरानो बाचा
    सम्झेर आऊ तिमी
    बाटो टुटेको छैन
    माया मरेको छैन

    गाऊ तिमी उही गीत
    उही पुरानो भाका
    बसेर तिम्रो साथ
    सुन्ने छ अभिलाषा

    दीयो ढलेर के भो? ज्योति निभेको छैन
    उनले भुलेर के भो? स्मृति बिलेको हैन
    आशा त्यो मर्ने छैन, विश्वास घट्ने छैन
    मुटु दु:खेर के भो? माया त्यो बिझ्ने हैन

    आँशु बगेर के भो? आँखा त रित्तिँदैन
    छाती दु:खेर के भो? माया त मर्ने हैन
    <!–[if !supportLineBreakNewLine]–>
    <!–[endif]–>

    उही पुरानो सपना
    उही पुरानो बाचा
    सम्झेर आऊ तिमी
    बाटो टुटेको छैन
    माया मरेको छैन

    गाऊ तिमी उही गीत
    उही पुरानो भाका
    बसेर तिम्रो साथ
    सुन्ने छ अभिलाषा

    दीयो ढलेर के भो? ज्योति निभेको छैन
    उनले भुलेर के भो? स्मृति बिलेको हैन
    आशा त्यो मर्ने छैन, विश्वास घट्ने छैन
    मुटु दु:खेर के भो? माया त्यो बिझ्ने हैन

    आँशु बगेर के भो? आँखा त रित्तिँदैन
    छाती दु:खेर के भो? माया त मर्ने हैन

    दीयो ढलेर के भो? ज्योति निभेको छैन
    उनले भुलेर के भो? स्मृति बिलेको हैन
    आशा त्यो मर्ने छैन, विश्वास घट्ने छैन
    मुटु दु:खेर के भो? माया त्यो बिझ्ने हैन

    न्यानो त्यो स्पर्श उनको, लज्जा बुनेका आँखा
    साथै हिँडेको बाटो ती रमाइला साँझ
    बोलीमा माया उनको, मस्तिष्कमाझ ताजा
    बिर्सन्न केही कैल्यै, उनले गाएका भाका
    <!–[if !supportLineBreakNewLine]–>
    <!–[endif]–>

    आँशु बगेर के भो? आँखा त रित्तिँदैन
    छाती दु:खेर के भो? माया त मर्ने हैन

    उही पुरानो सपना
    उही पुरानो बाचा
    सम्झेर आऊ तिमी
    बाटो टुटेको छैन
    माया मरेको छैन

    गाऊ तिमी उही गीत
    उही पुरानो भाका
    बसेर तिम्रो साथ
    सुन्ने छ अभिलाषा

    दीयो ढलेर के भो? ज्योति निभेको छैन
    उनले भुलेर के भो? स्मृति बिलेको हैन
    आशा त्यो मर्ने छैन, विश्वास घट्ने छैन
    मुटु दु:खेर के भो? माया त्यो बिझ्ने हैन

    आँशु बगेर के भो? आँखा त रित्तिँदैन
    छाती दु:खेर के भो? माया त मर्ने हैन

    <!–[if !supportLineBreakNewLine]–>
    <!–[endif]–>

    इतिहांस (03-07-2008)

    पुरुशोत्तम सुबेदि (बेल्जियम)

    जब चल्यो हावा विस्वमा पुंजिबादको—-

    तब सल्बलाय स्वार्थि सामन्ति शोसकहरु

    ब्यर्थमै खल्बलिय बस्ति-रोइरहेछन् मनहरु

    डगमगाय अग्ला सगरमाथा सुमेरु

    नखांदै कुंडिय दांतहरु

    काल्पनिक कपटि कांचो -मीलो गणतन्त्रले

    जनाधिकारको गुलियो कुरा गर्ने जनता तिर

    भित्र-भित्रै जाल बुनि सोझियो बन्दुक फेरि जनता तिर

    बि-पि का लैना गाइको घिउले तुस पर्यो रोगि भय जनताहरु

    सुधारियको पंचायति ब्यवस्थामा फुकायो साहुले जनताकै हलगोरु

    जालिहरुका माझ टिक्न कहां सकेर सत्जन हाम फाले दास ढुंङातिर

    प्रचन्ड-पथमा पजेरो हांक्दा ठ्याकै पुगिने दिल्ली तिर

    मुर्ति बनाउने हरुका काटिय हातहरु सांचि इतिहांस त्यतिखेर

    बनेका मुर्ति बेचिदै छन अहिले पनि सांचि छन नेपालि मन मन्दिर यतिखेर

    गजल (28-06-2008)
    लडाएर हांस्छन यहाँ कोही घात गरी
    गिजलेर फाल्छन कोही बासी भात सारीजिबनको ओसमा पनि घाम पोत्छु भन्थे
    फर्किएर अतित आज बगे रात भरी

    झुन्डिएको थियो आशा आधिमा परेछ कि
    उजाडी रोईराछ बसन्त नि पात झरी

    रङगी बिरङगी जती कांच थपे पनि
    दिन्न शोभा चुक्किएको चुराले हात भरी

    ‘वाका’लाई जसले मनमा साचेको थियो
    छेपारो झै रङग फेर्यो तेसैले सात थरी

    भुपेन्द्र महत कोलोराडो

    गजल रुपक वनवासी पीपलटार तनहुँ,

    सुनिँदैछ खुशी हैन पीरको समाचार

    घट्दै गा’को नेपालीको शिरको समाचार ।

    पहाड पनि उस्तै छ, तराइ पनि उस्तै

    उस्तै-उस्तै छ हिमाली भीरको समाचार ।

    रक्तिम भएको खोला, नदीनाला सबै

    कसरी सुनाउँ मैले तीरको समाचार ।

    सुनाउनै लाज लाग्ने परिस्थिति बन्यो

    गोर्खाली भनी प्रख्यात वीरको समाचार ।

    हरे ! कसरी भेद छुट्याउन सकिन्छ -

    एकै छ चिहान र मन्दिरको समाचार ।

    गजल

    महगो बजार भाउको कथा यो

    भोको पेत नाङ्गो पाउको कथा यो

    दौलतको लागि छोरी बेचिदिन्छन

    पपिनी आमा र बाउको कथा यो

    के गर्ला माझि असार साउनमा

    भुमरिको पाउमा पर्ने नाउको कथा यो

    ढुङ्गा र मातोलाई किन दुख्छ र

    दुख्नेलाई दुख्छ घाउको कथा यो

    जहाँ पुगे नि मनिषाको जीवन

    काले चुनेको दाउको कथा यो

    बाबु त्रिपाठी ००९७७-९८४१३१६१५४ babutripathi@hotmail.com गजल

    ikhalu1.JPG-इखालु रमेश

    आगो हुरी,निलेर हासी मर्छ शाहीद

    यहाँ सर्वहारा यौटेइ माला गासी मर्छ शहीद

    यहाँ करेसामा जङली झार,काडाँहरुले ढाक्न थाले

    बिसादिको पोको बनी नासी मर्छ शहीद

    यहाँ स्वाभिमान र मातृभूमी मुटु भन्दा प्यारो ठानी

    छाती माथि आफ्नो माटो टाँसी मर्छ शहीद

    यहाँ अन्याय र अत्याचारले माटो दुसित बन्यो भने

    ज्वालामुखी बनेर,मासी मर्छ शहीद

    यहाँ भोको पेटले खान माग्दा लात र जात दिए भने

    शोषकको पोटिलो ज्यान तासी मर्छ शहीद यहाँ

    खोटाङ बजार १,खोटाङ । E-mail, ikhaluramesh@yahoo.com

    Bookmark This