This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

चुली पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि स्थानीय बासिन्दाद्धारा पहल

chuli pokhari

सरिता केसी
एनएनओ मोरङ,   
एकातिर सुख्खा खाल्डो
अर्कोतिर पोखरी छ
चिन्न सके वन भित्र 
नाना थरी ओखती छु
ुचुली पोखरीु स्थलगत अवलोकन भ्रमणका क्रममा कवि रुद्र भण्डारी ुधुलोुले यसरी आफ्नो रचना सुनाएका थिए । मोरङको टाँडी गाविस वडा नं।७ मा पर्ने ुचुली पोखरीु अवलोकन भ्रमणमा दार्जीलिङका वरीष्ठ संगीतकार मणीकमल क्षेत्रीसहित पूर्वका साहित्यकार पत्रकार समाजसेवीलगायत सहभागी थिए । मोरङको मधुमल्लास्थित दीपज्योति युवा क्लबद्वारा शनिबार आयोजित सो अवलोकन भ्रमणमा कवि भण्डारीले आफ्नॊ रचना पाठ गर्नेक्रममा भनेका थिए-
पूर्व हेर्दा घना झाडी
पश्चिम भिरपाखा रहेछ 
पर्यटकलाई लाग्न सक्ने
एउटा सुन्दर स्वर्ग रहेछु
मधुमल्ला निवासी भण्डारीले आफ्नो रचनामा व्यक्त गरे झैं मनोरम दृश्यावलोकन  गर्न चाहने पर्यटकहरुलाई ुचुली पोखरीु ले आकर्षित गर्न सक्नेछ तर त्यसअघि यातायात खानेपानीको प्रबन्ध र पोखरीको समुचित यवस्थापन गर्न जरुरी छ ।
चुरे पर्वतीय तटमा वृत्ताकारमा फैलिएको ुराजा पोखरीु नै ुचुली पोखरीु को मनमोहक स्थल बन्न सक्नेछ । तर सो पोखरीको समुचित यवस्थापन नभएसम्म यो सम्भव छैन । पोखरीलाई आधुनिक प्रबिधिद्वारा साजसज्जा गरिनुका साथै त्यहाँसम्म पुग्ने मोटरबाटो निर्माण गरिएको खण्डमा ुचुली पोखरीु पर्यटकीय स्थलको रुपमा विकास हुने कुरामा दुईमत छैन ।
सामुन्द्रिक सतहदेखि लगभग एक हजार पाँच सय मिटर ऊचाईमा करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो पोखरीको गहिराई २७ देखि ३० फिटसम्म रहेको स्थानीय विमल राईले बताए । पोखरीको पानी बाह्रै महिना नसुक्ने उनले बताए ।
उनका अनुसार एक शताब्दीदेखि नै सो क्षेत्रमा दुईवटा पोखरी थिए । एउटाको नाम राजा पोखरी र अर्कोको नाम रानी पोखरी थियो । यीनै पोखरीको नामबाट सो क्षेत्रको नाम चुली पोखरी रहन गएको हो । त्यस समयमा चुली पोखरीमा कोचे जातीका मानिस बसोवास गर्थे ।
ती दुईवटा पोखरीमध्ये अचेल राजा पोखरीमा मात्र पानी छ । रानी पोखरीमा पानी छैन । अचेल त्यहाँ कृषि उत्पादन गरिन्छ । कोचे जातीका मानिसले हँसियाले रानी पोखरीको डाँडा काटेर पानी बाहिर बगाइदिएपछि रानीपोखरीको पानी सुकेर गएको किम्बदन्ती छ ।
 चुली पोखरीमा ९५ घरपरिवार बसोवास गर्छन् । सो स्थानमा राई र नेवार समुदायका मानिसहरुको मात्र बसोवास रहेको पाइन्छ । सो क्षेत्रका बासिन्दा कृषि पेशामा निर्भर छन् । अधिकांश आर्थिकरुपले विपन्न छन् । नगण्य मात्रामा धान र मकै उत्पादन भएपनि अम्लिसॊ अदुवा खुसा्रनी र कोदो त्यहाँका नगदे बाली हुन् ।
२०६० सालदेखि सो क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल सुरु गरिएको मधुमल्ला गाविसका सचिव चन्द्र पराजुलीले जानकारी दिए । जिल्ला विकास समिति मोरङले २०६२ मा ुचुली पोखरीुको डकुमेन्ट्री तयार गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न नेपाल पर्यटन बोर्डमा सिफारिस गरेको उनले बताए । 
स्थानीय टंकबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय चुली पोखरी पर्यटन विकास समिति गठन गरिएको छ । समितिले जिल्लास्तरमा प्रयास गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । 
चुली पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि सम्पूर्ण मोरङवासीले नै सकि्रयता देखाउनुपर्ने अवलोकन भ्रमणमा सहभागी दार्जीलिङका वरीष्ठ संगीतकार मणीकलम क्षेत्रीले सुझाव दिए । यातायात पुर् याउन सकिएमा मात्र चुली पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने भएकोले सबैभन्दा पहिलो सडक  निर्माण गरिनुपर्ने भ्रमणमा सहभागी साहित्यकार प्रकाश आङदेम्बेले बताए ।
मधुमल्लादेखि तोरीबारी हुँदै उत्तर-पश्चिम तीनघण्टा उकालो पैदल यात्रापछि चुलीपोखरी पुगिन्छ । तर कठिन भौगोलिक संरचनाका कारण मधुमल्लादेखि भन्दा उर्लाबारी-६ किसान चोकदेखि रमितेखोला-६ शनिबारे तथा टाँडी-७ को कुवापानी र चिलाउने हुँदै चुली पोखरीसम्म सडक निर्माण गर्न सजिलो हुने रानी पोखरी प्राथमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर राईले बताए । त्यसका लागि जनश्रमदानबाट टाँडी-७ को कुवापानीसम्म १० फिट चौडाईको सडक निर्माण गरिएको र बाँकी सडक निर्माण सरकारी योजनाबाट मात्र सम्भव हुने उनले बताए ।

Leave a Reply