This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

तलव वृद्धिको प्रवासी नेपाली सम्पर्क माच कतारद्धारा स्वागत

नेपाली राजदुतावास कतारले नेपाली कामदारको तलव वृद्धिको लागि गरेको निर्णको प्रवासि नेपाली सम्पर्क मंच कतारले स्वागत गरेको छ । मंचका का।वा। अध्यक्ष छविलाल विकद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो जनाईएको छ । <
आदरणिय पत्रकार मित्रहरु
तथा कतारवासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु<br>

देशको वढदो शैक्षिक विरोजगार द्धन्द्ध दमन शोषणवाट पिल्सीएका नेपाली युवाहरुले वर्तमान अवस्थामा वैदेशिक रोजगारलाई आफ्नो गन्तव्य वनाउँन वाध्य भएका छन् । लामो समय सम्म भएको मुलुकको अस्थिरता र द्धन्द्धवाट पिडित नेपाली युवाहरुले आफ्नो श्रमको उचित मुल्य नपाएको तितो यथार्थता हाम्रो सामु प्रष्ट छ ।  अहिले मुलुकमा लामो समय सम्मको द्धन्द्धलाई व्यवस्थित गर्नको लागि १२ वँुदे सहमती हुँदै शान्ति प्रकृया यहाँ सम्म आई पुगेको छ । यस्तो संक्रमण काललिन अवस्थावाट मुलुक गुज्री रहेको वर्तमान परिपेक्षमा पनि वैदेशिक रोजगारीमा संलग्न नेपालीहरुले पठाएको ठुलो रेमिटयान्सले सिङ्गो देशको अर्थतन्त्रमा टेवा पुर् याएको कुरा ऐना जस्तै छर्लङ्ग छ । वर्तमान सन्दर्भमा यहाँको वास्तविक वस्तु स्थितीलाई मध्यनजर गरी नेपाली राजदुतावास दोहा कतारले नेपाली श्रमिकहरुको तलवमानमा सुविधा वृद्धि गर्नको लागि नेपाल सरकारलाई सिफरिस गरेकोमा माच हार्दिक स्वागत गर्दछ । <br>

नेपाली श्रमिकहरुले उचित रुपमा श्रमको मुल्य पाउँनु पर्दछ भन्ने मान्यताका साथ माचले विगत ५ वर्ष देखि अन्तरकृया कार्यक्रम गरी आफ्नो दृष्टिकोणहरु सार्वजनिक गरी सकेको र यसका लागि नेपाल सरकारका सम्वन्धित निकायहरुमा समेत पटक पटक दवाव मुलक कार्यक्रमहरु गर्दै आएको कुरा समेत यसै विज्ञप्ती मार्फत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी वहिनी एवं सम्पुर्ण महानुभवहरु सवैलाई जानकारी गराउँन चाहन्छौं । नेपाली राजदुतावासले नेपाल सरकारलाई नेपाली श्रमिकहरुको तलवमानमा सुविधा वृद्धि गर्नको लागि सिफारिस गरेकोमा प्रवासी नेपाली सम्पर्क माच दोहा कतारको आधिकारिक प्रतिनिधी गई सम्वन्धित निकायमा प्रत्यक्ष रुपले जानकारी लिने क्रममा यसको कार्यन्वयन गर्नको लागि नेपाल सरकारवाट समेत ग्रीन सिगनल मिली सकेको र केहि कार्यन्वयन प्रकृया समेत शुरु भई सकेको सम्वन्धित निकायको आधिकारिक धारणा प्राप्त भएको सन्दर्भमा प्रवासी नेपाली समपर्क माचले अरु कुनै किसिमका दवाव मुलक कार्यक्रमहरु साचालन गर्न आवश्यक नभएको माचले ठहर गरेको सहर्ष जानकारी गराउँदछौं । विगत लामो समय देखि नेपाली श्रमिकहरुको समस्याहरु उठान गर्दै आएका विभिन्न संघ संस्थाहरुलाई समेत सार्वजनिक रुपमा गाली गलौज गरी नेपाली श्रमिकहरुको पक्षमा नरहेको भन्ने जस्ता अभिव्यक्तिहरु दिई आफुलाई मात्र श्रमिकहरुको अव्वल ठेकेदारको रुपमा चिनाउँन खोज्ने केहि व्यक्तिहरुले नितान्त व्यक्तिगत स्वार्थ पुरा गर्ने अभिप्रायका साथ हस्ताक्षर संकलन गर्ने र सो अभियानमा सहभागी नहुने संघ संस्था तथा व्यक्तिहरु श्रमिकहरुको विपक्षमा रहेको ठहरिने छ भन्ने अत्यन्तै कृतिम भ्रम सिर्जना गर्ने जस्ता भ्रामक मनगणन्ते कुराहरु नेपाली समाजमा छर्ने दुत्साहस गरिएकोमा माचको गम्भीर ध्यान आकर्षण भएको छ । यसले गर्दा नेपाली संघ संस्थाहरु वीच ध्रुवीकरण भई संघ संस्था वीचको आपसी सम्वन्धमा वैमनस्यता उत्पन्न हुने तथा नेपाल सरकार र नेपाली नियोग वीचको आपसी सम्वन्धमा समेत अविश्वासको वाततवरण सिर्जना गराई नेपाल सरकारकॊ वदनाम हुने र नेपाली नियोग र संघ संस्था वीचको आपसी सम्वन्धमा समेत खलल आउँने कुरा प्रति माच सदैव सजग रहँदै यस्ता निन्दनिय कार्यको घोर भत्स्रना गर्दछ । यस्तो कृयाकलापले हाम्रो प्रवासी नेपाली समाजलाई प्रत्यक्ष रुपमा असर पर्ने कुरा माचले ठहर गरेकोले यस्ता कृयाकलापमा संलग्न सरोकारवाला सवैलाई  रचनात्मक कार्यमा लागि प्रवासी नेपाली समाजलाई एकता वद्ध भएर अगाडी वढाउन सहयोगको लागि माच जोडदार माग गर्दछ । धन्यवाद ॥  <br>

Leave a Reply