नेपाली कामदारको तलव वृद्धिको जनसम्पर्क समिति कतारले स्वागत
नेपाली राजदुतावास कतारले नेपाली कामदारको तलव वृद्धिको लागि गरेको निर्णको नेपाली जनसम्पर्क समिति कतारले स्वागत गरेको छ । समितिका महामन्त्री विमल सुवेदीद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो जनाईएको छ ।

पे्रष विज्ञप्तिमा भनिएको छ । नेपालीजनसम्पर्क समिति कतारको एक प्रतिनिधि मण्डलले १८ जनवरी २०१० का दिन नेपाली राजदुतावासमा गई माहामहिम डा। सूर्यनाथ मिस्र सँग भेटघाट गरयो । माहामन्त्रि विमल सुवेदीको नेतृत्वमा गएको मण्डलले यही जनवरी एक बाट लागुहुने गरेर सर्वाधिकार सम्पन्न नेपाली नियोगले नेपाली अदक्ष कामदारको लागी क।रि। ६०० वेशिक तलब मान राखि क।रि। २०० खाना भक्ता नेपालीकामदारल्याउन चाहाने हरु सँग एगि्रमेन्ट गर्ने निर्णयको जनसम्पर्क समितीको तर्फबाट स्वागतगरिएको जानकारि माहामहिमलाई गराइएको थियो र योकदम सहि समयमा दुतावासले गरेकोमा माहामहिमलाई धन्यवाद पनि दिइएको थियो ।

नेपाली नियोगले विधिसम्बत तरिकाले गरेको निर्णयलाई आँफुलाई स्वघोषित रुपमा समाजसेवि भन्न रुचाउने र जतामल्कु उतै ढल्कु भने झैं धमिलो पानिमा माछामार्न पल्किएका हरुले नेपाली नियोग र नेपाली विचको सम्बन्ध विचमा फाटो ल्याउन नरनदेखिको बल प्रयोगगर्दै आएका थिए भने सोहिे तत्वहरु अहिले नियोगर नेपालसरकार विच द्धुविधा युक्त भाषाप्रयोग गर्दै बढ्नलागेको तलब मानलाई समेत अतिरन्जित तरिकाले जनमानसमा गलत भ्रामक सन्देष जाने गरि जुन हस्ताक्षर संकलन अभियान गरिएको छ यो प्रवृधिको विरोध र घोर भत्स्रना नेपाली जनसम्पर्क समितिले गर्दछ । स्वतन्त्र अस्थित्व राख्ने नियोगलाई विवाद्यमा तान्ने गरेर पवित्र सेवाभावनाले उत्प्रेरित संघसंस्था हरुप्रति हिलो छयापेर दोषदिनुसत्यकुरालाई बङग्याएरु विवादस्पत बननउनु र आफ्नो कमजोरी अरुमाथी थुपारेर पानिमाथको ओभानु बनेर अरुको छविमाथी हिलो छयाप्ने प्रवृधिको जनसम्पर्क समिती घोर विरोध गर्दछ त्यस्तातत्वसँग दुतावास चनाखो रहनु पर्दछ भनि दुतावासको ध्यानआकृष्ट गरिएको थियो दुतावासको सकरात्मक जवाफ पाहिएको थियो ।

दुतावासको भेटघाटको अवसरमा तलब बृद्धिको सम्बन्धमा नेपालसरकार र उसका निकाय बाट किहंकतै विरोधका आवाज हरुआएका भएमा दुतावासको सहिनिर्णयका पक्षमा उभिनको लागी नेपाल सरकार समक्षआवाज पुरयाउन नेपाली जनसम्पर्क समिती पछाडि नपर्ने विस्वास समेत राजदुत महोदयलाई गराइएको थियो । जयनेपाल ॥

माहामन्त्री
विमल सुवेदी
नेपाली जनसम्पर्क समिती
दोहाकतार<