This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

तलव वृद्धिको माग गर्दै हड्ताल

नेपाली राजदुतावास कतारले कतारमा कार्यगर्नका लागि आउने नेपाली कामदारको न्युनतम तलव कतारी रियाल ८०० हुनुपर्ने निर्णय गर्दै जारी गरेको सुचनालाई आधार मानि केहि नेपाली कामदारहरुले कम्पनीमा हड्ताल गर्न थालेको समाचार प्राप्त भएको छ ।<br>
नेपालीको न्युनतम तलवमान ८०० कतारी रियाल भएमात्र नयाँ कामदार ल्याउनका लागि अनुमति दिईने निर्णय सहितको समाचार प्रकाशमा आए पछि कतारमा नै कार्यरत केहि नेपाली कामदारहरुमा भ्रम पैदा भई आफ्नो तलव ८०० हुनुपर्ने भन्दै कम्पनीमा माग राखि हड्तालमा उत्रिएका हुन् । कतारको एक कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत ४० जना कामदारहरुले आफ्नो तलव वृद्धिका लागि मागसहित काम गर्न वन्द गरेको कुरा सो कम्पनीका व्यवस्थापकले जनाएका छन् ।<br>
नेपाली राजदुतावास कतारले नेपाली कामदारको स्तर वृद्धिका लागि गरेको निर्णयलाई नवुझेका कारण नै यो समस्या आउन थालेको कुरा कतारका कार्यरत सामाजिक संघ संस्थाका अगुवाहरुले वताएका छन् । हाल कतारमा लगभग ३ लाख ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् । विभिन्न पेशा तथा पदमा कार्यरत नेपालीहरु मध्ये धेरैको तलव  ८०० कतारी रियाल भन्दा कम्ति रहेको छ ।<br>
नेपालीहरु कतारमा कामका लागि आउन थालेको लामो समय भईसक्दा पनि नेपाल सरकार र कतार सरकार विच कामदार ल्याउने सम्झौता नभएको अवस्थामा २ वर्ष अगाडि कामदार ल्याउने सम्झौतामा हस्ताक्षर भएको छ तरपनि न्युनतम तलव भने तोकिएको छैन । हाल नेपाली राजदुतावास कतारले आफ्नो पहलमा नेपाली कामदारको तलव वृद्धिका लागि पहल शुरु गरेको छ । यस भन्दा अगाडि नेपाली राजदुतावास कतारले ६०० न्युनतम तलव भएका मागपत्रहरुमा स्विकृत गर्दै आएकोमा हालको महँगि अन्य देशका कामदारको तलवमा वृद्धि लगायतलाई मध्यनजर गर्दै नेपाली कामदारको पनि न्युनतम पारिश्रमिक ८०० भएमा मात्र स्विकृत गर्ने निर्णय गरेको छ
नेपाली राजदुतावासले नेपालीको हितलाई मध्यनजर गर्दै गरेको उद्घोषको सर्वत्र स्वागत भईरहेको वेलामा हाल कतारमा कार्यरत नेपालीहरुले गलत तरिकाले वुझी यो समस्याको श्रृजना भएको हो । नेपाली कामदारहरुलाई पर्नसक्ने संभावित समस्याको लागि नेपाली दुतावासले सम्पुर्ण कामदारहरुलाई सुचित हुनुपर्ने गरि सुचना जारी गर्नुपर्ने देखिन्छ ।
नेपाली राजदुतावासले गरेको सुचना प्रवाहसँगै कतारमा नै कार्यरत केहि व्यक्तिहरुले सो कुरालाई गलत भावले वुझि हस्ताक्षर संकलन गर्ने विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुलाई भ्रामक सुचना दिने कार्य गरिरहेका छन् । यसलाई पनि नेपाली राजदुतावासले सहि सुचना प्रवाह मार्फत रोक्न सकेमात्र सम्भावित खतरा टर्ने जानिफकारहरु वताउछन् ।

Leave a Reply