This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कतारको अलखोरमा मजदुर क्याम्पमा आगलागी हुँदा लाखौंको क्षती

इखालु रमेश गेलाल

१० जनवरी २०१० बिहान ९ बजे कतारको अलखोर स्थीत अलखोर औद्यौगीक क्षेत्र भित्र रहेको डिस्कोन कम्पनीका कामदार बस्ने क्याम्पमा एसी पड्कीदा भएको आगलागीले करिब ९० लाख रियलको धनमाल जलेर नस्ट भएको छ । गत बिहीवार मात्र कम्पनीले तलव दिएका कारण अधिकांससँग भएको नगद समेत कोठामा नै राखेका थियौं सबै जल्यो -एक बंगलादेशी कामदारले सजल आँखा बनाउँदै भने । त्यसैगरि गत केहि दिनबाट तिन महिनाको लागि छुट्टी तथा क्यान्सील जानको लागि कम्पनीले रोक लगाएको कारण धेरैजनाले घर जानको लागि सपीङ गरेको सम्पूर्ण सरसामान समेत कोठामा नै रहेको र सो सामान समेत सबै जलेर नष्ट भएको छ । सम्पूर्ण कामदारहरुको डिउटीको समय भएका कारण मानविय क्षति हुन भने पाएन । पाकिस्तानी व्यवस्थापन रहेको डिस्कोन कम्पनीको २२ नम्बरको क्याम्पमा सो आगलागि भएको हो ।

नेपाली,पाकिस्तानी,श्रीलङन,इन्डियन,बंगलादेशी लगायतका मुलुकका गरि ५०० भन्दा बढि कामदार रहेको सो क्याम्प पूर्णत नष्ट भएको छ । घटना भएको केहि मिनेटमा नै फायर बि्गेड टोली घटनास्थलमा आइपुगेता पनि हावा चलिरहेका कारण आगो नियन्त्रणमा आउन नसके पछि त्यती धेरै क्षति हुन पुगेको हो ।

2 Comments

  1. netra dhakal says:

    tapai ko yo news le ma dhery dukhi6u yo marubhumai ma bhagayako pasena ma aago lagdha……………………………………………….

  2. santosh says:

    very bad

Leave a Reply