नेपाली जनसर्म्पर्क समिति कतारको वनभोज २२ जनवरीमा
नेपाली जनसर्म्पर्क समिति कतारको प्रथम महाधिवेशनको वर्षाँठको उपलक्ष्यमा वनभोज तथा रक्तदान कार्यक्रमको आयोजना आगामी २२ जनवरीका दिन गर्ने भएको छ ।
नेपाली काँगे्रसको भातृसंस्थाको रुपमा नेपाल वाहिर विशाल संजाल वनाएको नेपाली जनसर्म्पर्क समिति कतारले गत साल नेपाली काँगे्रसका वरिष्ठ नेता तथा पर्ुव प्रधानमन्त्रि शेर वहादुर देउवा तथा युवा नेता गगन थापाको उपस्थितीमा पहिलो महाधिवेशन सम्पन्न गरेको थियो ।
कतारको अलखोर गार्डर्ेेा आयोजना हुने सो वनभोज कार्यक्रममा कतारमा कार्यरत राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र प्रति झुकाव राख्ने सम्पर्ुण्ालाई उपस्थिति हुनका लागि अनुरोध गरेको छ ।
समितिले जारी गरेेको सुचनामा जनाईए अनुसार वनभोज कार्यक्रमसँगै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ । सो अवसरमा रक्तदान गर्न चाहनेहरुले भुपती भट्टर्राई, युवराज पाठक र विमल सुवेदीलाई सर्म्पर्क गर्नुपर्ने जनाएको छ ।
नेपाली जनसर्म्पर्क समिति कतार आम नेपाली श्रमिकहरुको हितका लागि विभिन्न च्यारिटि कार्यक्रमहरु गर्दै आईरहेको छ । कतारमा दुख परेका श्रमिकहरुको समस्या समाधान तथा आपतमा परेका नेपालीहरुलाई सहयोग तथा उद्धार गर्नर् नेपाली जनसर्म्पर्क समितिले कतारमा नै अग्रणि भुमिका निर्वाह गर्दै आईरहेको छ ।
