This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

एनआरएनए-एनसीसी कतारले दोहोरा नागरिकता वारे ज्ञापनपत्र र विविध विषयमा राजदुत डा.मिश्रसंग छलफल गर्‍यो

29122009048

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नरेन्द्र भाटको नेतृत्वमा एक प्रतिनिधि मण्डलले नेपाली राजदुतावास कतारका राजदुत डा.र्सर्ुयनाथ मिश्रसंग गत २९ डिसेम्बर मंगलवारका दिन भेट गरेको समाचार छ । विशेषतः कतारका नेपालीहरुको समस्या समाधानमा दुतावास र एनआरएनएले कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा उक्त भेट केन्द्रित रहेको कुरा प्रतिनिधि मण्डलमा सहभागि एनआरएनए-एनसीसी कतारका महासचिव बिलबहादुर गुरुङले बताउनु भएको छ ।

एनसीसी कतारको गत ११ डिसेम्बरमा सम्पन्न प्रथम परिषद भेलामा प्रस्तुत सांगठानिक र आर्थिक प्रतिवेदन जानकारीको लागि राजदुत डा.मिश्रलाई अध्यक्ष भाटले हस्तान्तरण गर्नु भयो । त्यसै गरि सोहि अवसरमा परिषद भेलामा प्रस्तुत एनसीसी कतारको प्रतिबद्धता तथा घोषणा-पत्र कार्यन्वयनको लागि आवश्यक सहयोगको अपेक्षा सहित डा.मिश्रलाई हस्तान्तरण गरिएको छ । सहयोग प्रति राजदुतावास सकारात्मक रहेको विचार सो भेटका अवसरमा महामहिम राजदुत डा.मिश्रले व्यक्त गर्नु भएको थियो ।

एनआरएनए-आईसीसीको निर्देशन अनुसार संविधान सभाका सम्माननीय सभाध्यक्ष शुभाश नेम्वाङ ज्यूलाई सम्बोधन गरि लेखिएको ज्ञापनपत्र महामहिम राजदुत डा.र्सर्ुयनाथ मिश्रलाई एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटले हस्तान्तरण गर्नु भयो । नेपाली राजदुतावासका प्रथम सचिव रामकाजि खड्का, श्रम सहचारी धु्रव कोईराला, कान्तिपुर साप्ताहिक प्रवास प्रकाशनका सम्वाददाता दिनेश रेग्मीका साथै संघका कार्यसमिति र परिषद सदस्यहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो । एनसीसी कतारका महासचिव बिलबहादुर गुरुङद्वारा ज्ञापनपत्र पढेर सुनाईएको थियो । विशेषतः एक पटकको नेपाली सधैंको नेपाली भएर बा“च्न पाउनु पर्ने र नेपालसंगको नाता सम्बन्धलाई कायमै राख्न पनि दोहोरो नागरिकताको आवश्यकता परेको कुरा ज्ञापनपत्रमा उल्लेख छ । अन्य विकसित तथा विकाशोन्मुख देशहरुमा पनि यस्तो दोहोरो नागरिकताको व्यवस्था भएकोले नेपाललाई कुनै घाटा नहुने बरु फाईदा नै पुग्ने जिकिर ज्ञापनपत्रमा गरिएको छ ।

नेपाली कानुन अनुसार नै बेलायती सेनामा नेपालीहरु कार्यरत रहेका छन् । यस्ता नेपालीहरु र तिनका परिवारलाई बेलायती सरकारले आवासीय भिषाको व्यवस्था गरेको अवस्थामा दोहोरो नागरिकताको व्यवस्था नहुने हो भने धेरै नेपालीहरुले नेपाली नागरिकता त्याग्नु पर्ने हुन्छ । जसले नेपाली अर्थतन्त्रमा नै असर गर्न सक्ने कुरा प्रति समय छदैं सचेत हुनु पर्ने देखिएको छ । विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले दोहोरो नागरिकताको माग गरि रहेका छन् । एनआरएनएसंगको विभिन्न छलफल र अन्तरकृया कार्यक्रमहरुमा नेपालका राजनितिक पार्टर्ीी प्रमुखहरुले दोहोरो नागरिकताको सवालमा सकारात्मक धारणा र्सार्वजनिक गर्दै आई रहेको अवस्था पनि हो ।

एनसीसी कतारका महासचिव गुरुङले छलफलका विषयहरु प्रस्तुत गर्नु भएको थियो । गत डिसेम्बर ११ तारिखका दिन एनसीसी कतारको प्रथम परिषद भेला पछिको यो पहिलो औपचारिक भेटघाट हो गुरुङले बताए । उक्त परिषद भेलामा उठेका विषयहरुलाई सम्बोधन गरि एनआरएनए-एनसीसी कतार र नेपाली राजदुतावास कतार विच महत्वपर्ुण्ा सहमति भएको छ । हाल कतारमा लगभग ३ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । त्यहि अनुरुपमा नेपाली नियोगको कार्य क्षमतामा बृद्धि गरिनु पथ्र्यो । नेपाली नियोगलाई हाल अत्यन्त आवश्यक परेको २ जना जनसर्म्पर्क अधिकृतिको लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयसंग सहमति भई सकेको जानकारी राजदुत डा.मिश्रले उक्त भेटका अवसरमा बताउनु भएको थियो । नियोगमा हाल एक जना मात्र जनसर्म्पर्क अधिकृत कार्यरत हुनुहुन्छ जुन पर्याप्त छैन । अहिले तत्काल जनसर्म्पर्क अधिकृत थप गर्ने कुरामा नियोगको आन्तरिक श्रोत नभएकोले बढीमा एक वर्षम्मको लागि चाहिने तलबको व्यवस्था एनआरएनएले गर्न सक्यो भने अहिलेको समस्या समाधानमा धेरै ठूलो टेवा पुग्ने विचार राजदुत मिश्रले राख्नु भएको थियो । एनआरएनए-एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटले उक्त प्रस्तावलाई सहर्षस्विकार्दै एनसीसी कतारले थप एक जना जनसर्म्पर्क अधिकृतको लागि तलबको व्यवस्था गर्ने वचन दिनु भयो । राजदुत मिश्रले यस कार्यको सहृाना गर्नु हुदै एनआरएनए-एनसीसी कतारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सोहि दिनको छलफलमा कतारवासी नेपाली समुदायको लागि अति आवश्यक परेको नेपाली सांस्कृतिक केन्द्र स्थापनाको लागि एनआरएनए-एनसीसीले पहल गर्ने जसको लागि नेपाली नियोगले सहयोग गर्ने सहमति भएको छ । आईसीसीको स्विकृतिमा सांस्कृतिक केन्द्रको विधान र यसको स्थापना तथा सञ्चालनमा नेपाल सरकार तथा नेपाली नियोगलाई कुनै आर्थिक भार नपार्ने विश्वास दिलाउने गरि कार्यसमितिले गरेको निर्ण्र्ााो प्रतिलिपि सहित नियोगमा निवेदन आउनु पर्ने र त्यसैको आधारमा नेपाल सरकार र कतार सरकारसंग स्विकृतिको लागि नेपाली राजदुतावास कतारले पहल गर्ने सहमति भएको छ ।

एनसीसी कतारले नेपाल र नेपालीहरुको हितमा प्रयोग गर्ने गरि सञ्चालन गर्न लागेको “एक नेपाली एक कतारी रियल अभियान” लाई अनिवार्य नबनाई ऐक्षिक बनाईनु पर्ने विचार व्यक्त भयो । यसको रसिदमा नै र्स्वईच्छा भन्ने सब्द राखेर अभियान थालिने सहमति भएको छ । एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाटले बताउनु भए अनुसार कतारवासी नेपलीहरुको अधिकतम सहभागिता होस भन्ने यस अभियानको मुख्य उद्देश्य रहेको छ ।

1 Comment

  1. sabeena says:

    Khai k ho yo dohoro nagrikata? Gulf ma basne nepali lai kehi matlab chhaina yo dohoro nagarikata. Dohoro nagarikata dinda desh dubchha, bideshi dalal haru lai matra faida chha, nepali haru lai noksan chha yo dohoro nagrikata le.

Leave a Reply