कतारमा तो ल्होछार कार्यक्रम

एनएनओ, १८ पौष कतार
तमु वौद्ध सेवा समिति कतारको आयोजनामा कतारमा तो ल्होछार मिलन समारोह १७ पौषका दिन सम्पन्न भएको छ ।
“सबै तमूहरु एक हौं, ठूलो सानो नभनौं, आप\mनो शास्त्र संस्कृति नछाडौं” भन्ने मूल नाराका साथ आयोजना सम्पन्न सो कार्यक्रममा नेपाली राजदुतावास कतारका राजदुत डा. र्सर्ुयनाथ मिश्रको प्रमुख आतिथ्य तथा विशेष अतिथीमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत तमू र गैर आवासिय नेपाली संघ -एनआरएनए), अन्ताराष्ट्रिय समन्वय परिषद -आईसीसी) का उपाध्यक्ष सागर नेपाल रहेका थिए । विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारी र कतारमा कार्यरत तमुहरुको विशाल उपस्थितीमा सम्पन्न सो कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाई वर्गलाई विदाई तथा वाघ वर्गको स्वागत गरिएको थियो भने उपस्थित वक्ताहरुले तो ल्होछारको उपस्थित शुभकामना व्यक्त गरेका थिए ।
P1010221
सोही अवसरमा समितिका निर्देशक सल्लाहकार बुधबल तमूद्वारा समितिको गत डिसेम्बर १८ मा सम्पन्न छैटौं साधारण सभा तथा चौथो महाधिवेशबाट जगन तमूको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमिति र बिमल तमू र बुद्ध तमूको अध्यक्षतामा समितिको संरक्षकत्वमा स्थापित क्रमशः तमू सांस्कृतिक परिवार र तमू खेलकुद समितिको नयाँ निर्वाचित कार्य समितिलाई शपथ ग्रहण गर्राईएको थियो ।
ल्होछार पर्व तमूहरुको नयाँ वर्षपनि भएकोले उक्त कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य समेत व्यक्त गर्नु भएको थियो । मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि महामहिम राजदुत डा.र्सर्ुयनाथ मिश्रले कतारवासी तमूहरुले आप\mनो चार्डपर्वलाई प्रवासमा पनि विगतका वर्षरुदेखि मनाउदै आईरहेको पर्रि्रेक्षमा केहि वर्षेखि नेपाल सरकारले यसलाई राष्ट्रिय पर्वको मान्यता दिएकोले झनै यसको महत्व बढेको विचार व्यक्त गर्नु भयो । कतारमा अलपत्र परेका पिडितहरुको सहयोग गर्दै आएको यस समितिबाट आउने दिनमा पनि निरन्तर सहयोग पाउने अपेक्षा समेत व्यक्त गर्नु भयो । साथै भर्खर बनेको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

नेपाली कला र संस्कृतिका धनि तमू समुदाय प्रवासमा रहेर पनि यसको संरक्षण र सर्म्बर्धनमा त्यतिकै दत्त चित्त भएर लागेकोमा वक्ताहरुले प्रशंसा गरेका थिए । यसरी मन्तव्य व्यक्त गर्नु हुने वक्ताहरुमा विशेष अतिथि द्वय अमृत तमू र सागर नेपाल साथै अतिथिहरुमा आशिष शेरचन, टि.बि.कार्की, रामहरि गैरे, बिमल सुवेदी, होमनाथ शर्मा, कुमार कार्की, सियाराम चौधरी, आदि हुनु हुन्थ्यो ।
कार्यक्रममा तमू समुदायमा पुर्याएको योगदानको कदर गर्दे समितिका सदस्यद्वय भेषबहादुर तमू र चेतु तमूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै तमू चेलीहरु टौमाया तमूस्यो र अरुणा तमूस्योलाई तमू ड्रेस उपहार प्रदान गरिएको थियो । तमू खेलकुद समितिका खेलाडीहरुलाई प्रशंसा पत्रका साथ उपहार प्रदान गरिएको थियो । तमू बौद्ध सेवा समिति, दोहा, कतार अङ्िकत ट्रयाकसुट उपहारको रुपमा खेलाडीहरुलाई प्रदान गरिएको थियो । खेलाडीहरुको उपहारको प्रायोजन उद्योग/यवसायी अमृत घले तमूले गर्नु भएको थियो ।
