अबुधाबीमा दूतावासद्वारा अन्तरिक्रिया कार्यक्रम

अर्जुन दाहाल, २ जनवरी, अबुधाबी ।
हिजोबाट अबुधाबीस्थित नेपाली राजदूतावास केरालाइट सेन्टरको छेउको नयाँ भवनमा सरेको छ । पत्रकार तथा साहित्यकार शेषनारायण झाले वैदिक मन्त्रोच्चारण गर्दै महामहिम राजदूत अर्जुनबहादुर थापाले नयाँ भवनमा प्रवेश गरेको केही बेरमा भवनको छतमाथि नेपाली राष्ट्रिय झण्डा फहराउँदै महामहिम राजदूतले नयाँ भवनमा दूतावासको उद्घाटन गरे । कार्यक्रममा यर्ूर्एइस्थित अधिकांश सक्रिय संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति थियो । नयाँ भवनमा सरेको अवसर पारी दूतावासले आफ्नो कार्यसूचिको विषयमा एक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गर्यो ।
महामहिम राजदूत अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममाा चार बुंदे कार्यसूचिमाथि बृहद् छलफल भयो । वक्ताहरुले आर्थिक कुटनैतिक विषयअर्न्तर्गत लगानी पर््रबर्द्धन, आर्थिक सहयोग, रोजगार पर््रबर्द्धन, पर्यटन पर््रबर्द्धन, व्यापार पर््रबर्द्धनका बुंदाहरुमाथि छलफल गरे । त्यस्तै कन्सुलर सेवासम्बन्धी विषयलाई लिएर यर्ूर्एइ सरकारले नेपालमा कन्सुलर जेनरलको कार्यालय खोल्ने सहमति भएकोले त्यसतर्फो पहलबारे छलफल भयो । कार्यक्रममा नेपाली दूतावास र यहाँस्थिति संघ-संस्थाहरुबीच सहकार्यको विषयमाथि छलफल भयो । त्यस्तै विभिन्न संघ संस्थाहरुबीचको आपसी सम्बन्धको बारेमा वक्ताहरुले विचार राखे ।
राजदूत श्री थापाले आफूले यर्ूर्एइका विभिन्न क्षेत्रमा घुम्ते कन्सुलर सेवा बिस्तार गर्ने मनसाय पोख्दै नेपाली समाजलाई यसबारे समन्वय गर्न आग्रह गरे । उनले कुनै पनि व्यक्ति वा संस्थाले यस कार्यकालागि एक दिरहम पनि अतिरिक्त रकम उठाउन नपाउने कुरामा विशेष जोड दिए ।
कार्यक्रममा प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक तथा नेपाल पत्रकार महासंघ यर्ूर्एइ सर्म्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले दूतावासको कार्यसूचिमा दर्ुइ देशबीचको सांस्कृतिक सम्बन्ध बिस्तार गर्ने विषय समेटिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा महामहिम राजदूत अर्जुनबहादुर थापाले दूतावासले गर्ने गरेका कार्यहरुबारे प्रकाश पारे । यर्ूर्एइमा नेपाली कामदारहरुले भोग्दै आएका समस्याहरुबारे वक्ताहरुले गहन कुराहरु उठाए । नेपाली समाजका भूतपर्ूव उपाध्यक्ष राजेन्द्र देवकोटाले आफूले गरेका सामाजिक कार्य र काम गर्दाको समस्याहरुबारे प्रकाश पारे ।
कार्यक्रममा नेपाली समाजका अध्यक्ष यम तमूले नेपालीहरुका समस्याहरुको बारेमा आफ्नो विचार व्यक्त गरे ।
महामहिम राजदूत श्री थापाले संघ-संस्थाहरुको बरियताक्रमको बारेमा जिज्ञासा राखेपछि वक्ताहरुले नेपाली समाज नै यर्ूर्एइमा छाता संगठनको रूपमा रहने कुरा बताए । वक्ताहरुले नेपाली समाजको बिगतको योगदानको चर्चा गर्दै यस विषयमा कुनै विवाद नरहेको विचार व्यक्त गरे । अधिकांश वक्ताहरुले कुनै संस्था कोहीभन्दा ठूलो नरहेको विचार राखे ।
