This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

दर्ुबईमा मञ्जुल पत्रकारसँग साक्षात्कारमा

fnjuae-sakshatkar-with-manjul-20nov2009 (2)२० नोभेम्बर, दर्ुबई ।
जैकी मोजाहु

एउटा नौलो ढंगको सम्मान कार्यक्रम ।

दर्ुबईमा पत्रकार, साहित्यकार र सामाजिक कार्यकर्ताहरुबीच वरिष्ठ साहित्यकार तथा जनवादी गायक मञ्जुल ।

एउटा परम्परा तोडिन्छ मञ्जुललाई सम्मान गर्नलाई ।

कार्यक्रम परम्परागत शैलीमा पटक्कै चलेको थिएन ।

नेपालीको ढिलो गरी आउने बानी ।

मञ्जुल टुप्लुक्क देखा परे आधुनिक गितार च्याप्दै, तर करीब एक घन्टा ढिलो ।

बरदर्ुबईको चाइनिज रुम रेष्टुरेन्ट – सम्भवतः नेपालीहरुले कुनै पनि कार्यक्रम गरेको नौलो गन्तव्य ।

आमन्त्रित गरिएका अधिकांश पाहुनाहरुको उपस्थित पातलोबाट बाक्लिंदै जान्छ ।

पत्रकार महासंघले एउटा आदरनीय तथा वरिष्ठ साहित्यकार एवम् प्राध्यापक र गायकलाई सम्मान गर्न लागेको थियो ।

तर, सम्मान गर्ने नौलो तरिका- मञ्जुले धेरै बोल्नु पर्ने । भाषण छाँटी भागिहाल्न नपाउने ।
आयोजक पत्रकार महासंघका महासचिव जेपी सापकोटाले मञ्जुल हलमा उपस्थित हुनासाथ कसैलाई कर्ुन रुचाएनन् ।

हुनत कार्यक्रममा गैह्र आवासीय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय परिषद्का कोषाध्यक्ष रामेश्वर शाहसहित एक दर्जन जति मुख्य संघ-संस्थाहरुको उपस्थिति त्यो कार्यक्रममा भइसकेको थियो । पत्रकारहरु यथेष्ट संख्यामा जम्मा भइसकेका थिए ।

महासचिव जेपीले त्यस कार्यक्रमका सभापति जाकिर हुसैन र प्रमुख अतिथि मञ्जुलसहित उपस्थित पाहुनाहलाई थोरै समय खर्चेर आसनग्रहण गराए ।

पत्रकार महासंघ यर्ूर्एइ सर्म्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनद्वारा पुष्पगुच्छा टक्रयाउँदै एकनासको तालीले मञ्जुललाई केही बेरमै सम्मान गरियो ।

लगत्तै उद्घोषक जेपी सापकोटाले थोरै समयमा मञ्जुलको परिचय दिए ।
र्
र्सवदा वाङ्मय प्रतिष्ठानले मञ्जुलाई महाकवि देवकोटाको १००औं जन्मजयन्तिको उपलक्ष्यमा यर्ूर्एइ बोलाइएपछि मञ्जुलको सम्मानमा यो कार्यक्रम निकै फरक ढंगबाट गरियो । एउटा परम्पराको अवसान र अब अर्काे परम्पराको उदय भयो ।

कार्यक्रममा प्रमुख अतिथि वाहेक कसैलाई भाषण छाट्ने अवसर दिइएन । यस्तो कार्यक्रम बिरलै भएको होला यर्ूर्एइमा । कसैलाई भाषण गर्न नदिएको भन्दा सवैलाई अनौठो लाग्ला किनभने यर्ूर्एइ मात्र होइन संसारभरि प्रवासमा नेपालीहरुको कार्यक्रममा भाषण गर्नेहरुको संख्या उल्लेख्नीय हुन्छ । हजुर भाषण कसैले गरेनन् तर बोले सवैले । सवैले मञ्जुलसँग धित् मारेर कुरा गरे । मञ्जुललाई मनमा लागेका कुरा गरे । कसैले उनको साहित्य जीवनका कुरा सोधे, कसैले नेपाली साहित्य र विश्व साहित्यको कुरा उठाउँदै उनको बौद्धिक व्यक्तित्वलाई छुने प्रयत्न गरे, कसैले उनका कृतिहरुको बारमो सोधे, कसैले अन्य मर्ूधन्य साहित्यकारको बारेमा जिज्ञासा राखे, कसैले नेपाली राजनीतिको कुरासँग नेपाली साहित्यलाई जोडेर उनलाई झक्झक्याए, कसैले उनको जनवादी गायन चरित्रको बारेमा सवाल उठाए अनि विश्वभरि नै जल्दो बल्दो विषय बनेको गैह्र आवासीय नेपाली संघको अभियानलाई पनि संगीत र साहित्यसँग जोड्दै प्रशस्त प्रश्नहरु गरे मञ्जुललाई सहभागीहरुले । एउटा बौद्धिक व्यक्तित्वको उत्तरले सवैलाई मन्त्रमुग्ध पारेको थियो । उनका शब्दहरु सुनौं सुनौं लागिरहृयो । उनबाट जनवादी गीत सुनौ भन्ने अभिलााषा पनि बोकेका थिए सहभागीहरुले । तर, जेपी सापकोटाले समयको साइरन हरेक क्षणमा बजाइरहेकोले कार्यक्रमलाई टंुग्याउनीमा नै पुर्याउन खोजियो । करीब डेढ घन्टाको अन्तरालमा कसैले भाषण गरेनन् तर सवैले बोले, धेरै बोले, मन लाग्नेले बोले मन नलाग्नेले बोलेनन् । सवैलाई बोल्ने छूट थियो । एउटा ज्येष्ठ नागरिक र कविलाई सम्मान पनि भयो र नेपाली साहित्य तथा संस्कृतिलाई प्रवासी नेपाली साहित्यसँग जोड्न पनि सुगम बनायो । सवै मञ्जुलका शब्द शब्दबाट उत्साहित थिए । अति मृदुभाषी र मिलनसार व्यक्तित्वका धनी मञ्जुलमा ठट्यौली कलाको उस्तै परिपक्वता रहेछ जति उनका रचनाहरुमा गहिर्राई हुन्छ । अन्ततः सवैलाई दस अञ्जुली जोडी नतमस्तक भई यर्ूर्एइ आईकन लेखिएका तीन दर्जन जति कवितामध्यै तीन चार कविता बडो शानदार शैलीमा भट्याए । उनको बालुवा शर्ीष्ाकको एक कवितामा त उनले यर्ूर्एइमा बालुवाभन्दा सुन्दर चिज यर्ूर्एइमा केही रहेनछ भनेर नौलो विचार राख्न पुगे । नौलो विचार यस मानेमा कि आजपर्यन्त कुनै नेपाली कवि तथा साहित्यकारले मरुभूमिलाई गरम, उराठलाग्दो निरस ठाउँको रुपमा मात्र अर्थान नकारात्मक शब्दको रुपमा प्रयोग गरेको देखिएको थियो । उनको नयाँ विचारले रमल अर्थात् बालुवा बारे अब सवैको धारणालाई लल्कारेको छ । एउटा नयाँ विचार दिएर कविता भट्याउँदै हल छोडे मञ्जुल नेपाली समाजले आयोजना गरेको एक विशाल कार्यक्रममा जनताको गीत गाउन । कार्यक्रमका सभापति जाकिर हुसैनले एउटा अरब मिथक मञ्जुललाई कानमा सुटक्कै पैंचो दिने उद्घोष गर्दै कार्यक्रमको बिट मारे । स्वागत छ आदरनीय कवि मञ्जुल गाउँदै जानुस् जनताका गीतहरु अनि रच्दै जानुस् नयाँ नयाँ कविताहरु जसले भर्नेछ ढुकुटी नेपाली भाषा र साहित्यको ।

Leave a Reply