This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कतारमा पानी जहाज दर्ुघटनामा १२ नेपाली हराए

एनएनओ, दोहा – १ जुलाई

दर्ुवईवाट कतारको दोहाका लागि हिंडेको पानी जहाज समुद्रमा हराए पछि त्यसमा सवार १२ नेपालीको अवस्था अज्ञात रहेको छ ।

आज प्रकाशित कतारको अंगे्रजी दैनिक गल्फ र्टाईम्सले छापेको समाचार अनुसार हिजो सवैरै दर्ुवईवाट कतारका लागि हिंडेको पानी जहाज सर्म्पर्क विहिन भएर हर्राईरहेको छ । पानी जहाजमा सवार ३५ जना मध्ये २४ जना कतारको एच. वि. के. कम्पनिमा कार्यरत कामदार रहेका थिए भने वाँकि ९ जना जहाजका स्टाफ तथा २ जना एक क्याटरिङ्ग कम्पनिमा कार्यरत कामदार रहेको कुरा उल्लेख गरिएको छ ।
हर्राईरहेका २९ जना मध्ये १२ जना नेपाली, ११ जना भारतिय र १ जना वंगलादेशी रहेको कुरा कतारको एच. वि. के. कम्पनिका एक अधिकारीले जनाएका छन् । गत अवेर राति सम्म गरिएको खोजिका क्रममा ६ जनालाई जिवित उद्दार गरिएको छ । भने अन्यको अवस्था अज्ञात रहेको कुरा उक्त दैनिकले छापेको छ । उद्दार गरिएका सवैलाई सामान्य उपचार पछि कम्पनिको आवासमा फर्काइृएको छ ।

उक्त घटना हिजो विहान ६ः३० वजे घटेको र उक्त घटनाको विवरण विहान ७ वजे दोहामा गर्राईएको कुरा कतारको आन्तरिक मामिला सम्वन्धि मन्त्रालयका एक अधिकारीले जनाएका छन् । श्रोतका अनुसार घटना पश्चात कतार एयर फोर्स , आकस्मिक स्वास्थ्य सेवा लगायतले खोजी कार्यलाई त्रि्र तुल्याएका छन् । आकस्मिक स्वास्थ्य सेवामा प्रयोग गरिने हेलिकोप्टर प्रयोग गरिएको थियो।

यस विषयमा कतारका लागि नेपाली राजदुत डा. र्सर्ुयनाथ मिश्रसँग आज विवहान ९ः२५ मा सर्म्पर्क गर्दा उक्त घटनाको वारेमा आधिकारिक सुचना प्राप्त नभएको जनाएका छन् । उनल्े आज १२ वजे सम्ममा कुनै जानकारी आउने सक्ने सम्धाव्यता व्यक्त गरेका छन् ।  कतारका लागि भारतिय राजदुतलाई उद्घृत गर्दै एक श्रोतले जनाए अनुसार उक्त जहाजमा सवार मध्ये १९ जना भारतिय नागरिक रहेको र वाँकि अन्य नेपाली, वंगलादेशी र्रर् इन्डोनेशियन रहेको जनाईएको छ ।

Leave a Reply