This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गोरखा प्रवासी संघ कतारको पाचौं साधारण सभा सम्पन्न

Guestsबुधबल गुरुङ
२८ जुन, २००९ / दोहा

कतारवासी गोरखालीहरुको साझा संस्था गोरखा प्रवासी संघ कतारको अध्यक्षमा श्रीकृष्ण भट्टर्राई निर्विरोध निर्वाचित हुनु भएको छ । २६ जुनमा दोहा स्थित ढाका रेष्टुरेण्टमा भएको पाचौं साधारण सभाले उहांलाई पुनः अध्यक्षतामा निर्वाचित गरेको हो ।

अध्यक्ष श्रीकृष्ण भट्टर्राईको अध्यक्षतामा भएको सो कार्यक्रमलाई सचिव गणेश बानिया“ले संचालन गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा टि. बि. कार्की, गोरखा समाज युकको पर्ूव अध्यक्ष अशोक श्रेष्ठ, गोरखा प्रवासी संघका संस्थापक अध्यक्ष बिर बहादुर थापा, एनआरएनए कतार च्याप्टरका प्रथम उपाध्यक्ष अजिजुर रहमान शेख, प्रवासी नेपाली सर्म्पर्क मञ्च, कतारका, राम हरी गैरे, गोरखा प्रवासी  मुस्लीम समाजका रेशमदिन मियँ“, खोटाङ्ग युवा जागृति सेवा समाजका हरि कुमार बस्नेत, नेपाली व्यवसायी संघका उमेश अधिकारी,  राजधानी अन्ताष्ट्रिय साप्ताहिकका  दिपक पौडेल, कान्तिपुर साप्ताहिकका श्याम सुन्दर शशी, तमू बौद्ध सेवा समाजका लक्ष्मी गुरुङ्ग, लम्जुङ्ग सर्म्पर्क समितिका बिष्णु व. बिष्ट, नबोदित साहित्य वाचनालयका भोजराज श्रेष्ठ, नेपाली जन सर्म्पर्क समितिका शिव थापा, कतार नेपाली एकता समाज, अर्जुन थापा, प्रवासी मुस्लीम सेवा समाजका शाहिद अलि, गोरखाली अनलाईन डटकमका बुधबल गुरुङ उपस्थित हुनुहुन्थ्यो ।

उपस्थित अतिथीहरुलाई संस्थाको तर्फाट उपाध्यक्ष कमल दानकुटीले मन्तब्य मार्फ स्वागत गर्नु भएको थियो भने संस्थाको संरक्षकत्वमा स्थापित मनकामना सा“स्कृतिक परिवारका कलाकारहरुले गायनबाट मनोरन्जन गराएका थिए । कार्यक्रमको बिच विचमा कतारका साहित्यिक पौरखीहरुले पनि गीत, गजल, कविता, मुक्तकहरु प्रस्तुत गरेका थिए ।
Manakamana Grps
यसै समारोहमा गत ५ जुनमा मनकामना सांस्कृतिक परिवारद्धारा आयोजित “मनकामना रमाईलो सा“झ २००९” का कलाकारहरुलाई प्रमाणपत्र तथा उपहार पनि प्रदान गरिएको थियो । संस्थामा उल्लेखनिय सहयोग गर्ने सदस्यहरुको कदर गर्दै संस्थाले संस्थापक अध्यक्ष बिर बहादुर थापालाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

खुल्ला सत्र र बन्द सत्र गरी दर्ुइ चरणमा सम्मपन्न भएको खुल्ला सत्रमा उपस्थित अतिथीहरुले शुभकामना मन्तब्य दिएका थिए ।

शुभकामनाको लागि राखिएको मन्तब्य कार्यक्रममा अन्य कार्यक्रमहरु जस्तै कतारका बुद्धिजिवीहरुबाट राजनितिक भाषण र एक संस्था र अर्को संस्था विच आरोप र प्रत्योरोपबाट अछुतो रहन सकेन । प्राय जसो एक संस्थाको गतिधिीहरु अर्को संस्थाले आलोचना गरिएकै थियो ।

मन्तब्यमा संस्थापक अध्यक्ष बिर बहादुर थापाले नेपालको एकिकरणको शुरुवात गोरखाबाट नै भएको र अबको नया“ नेपालको खाका तयार पार्न पनि गोरखाबाट नै थालनी गर्न सबैले मिलेर अगाडि जानु पर्नेमा जोड दिनु भयो ।
New Member taking oath
बन्द सत्रमा संस्थाको बाषिर्क प्रगति प्रतिवेदन अध्यक्ष श्रीकृष्ण भट्टर्राईले, कोषाध्यक्ष  शिवराज भट्टर्राईले आर्थिक प्रतिवेदन र संस्थाको संसोधित विधान सचिव गणेश बानिया“ले पेश गर्नुभएको थियो । ती प्रतिवेदनहरुलाई र्सव सम्मतले पारित गरिएको थियो । बुधबल गुरुङको संयोजकत्वमा रहेको बिर बहादुर थापा र हरि बस्नेतको तीन सदस्यीय निर्वाचन समितिले नया कार्यसमितिको चयन गरिएको थियो । निर्वाचित हुने अन्य सदस्यहरुमा प्रथम उपाध्यक्ष आश बहादुर गुरुङ, द्धितिय उपाध्यक्ष रेशमदिन मिया“, सचिव गणेश बानिया“, कोषाध्यक्षर् इमान बहादुर लामिछाने, सह सचिव सुनबिर सुनार, सह कोषाध्यक्ष दिपक अधिकारी, सदस्यहरुमा कोपीनाथ दवाडी, ज्ञानेन्द्र प्रसाद अंगाई, राजेश्वर ढकाल, कृष्ण बहादुर खड्का, सर्ुदर्शन भट्ट, तृष्णा  पोखरेल, नातिकाजी मिया“, जलिल खा“न हुनुहुन्छ ।

निर्वाचित पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष बिर बहादुर थापाले शपथ ग्रहण गराउनु भएको थियो ।

Leave a Reply