बिमाको आशामा दिन कटाउँदै छन् जसबहादुर

तिलविक्रम थेवे / दोहा- मोरङ्ग वाराङ्गी- ८ का जसबहादुर लिम्बु कतारको एउटा निर्माण कम्पनीमा हेल्परको रुपमा काम गर्न आएको १५ दिनमै दर्ुर्घटनामा परी अंगभंग भएको शरिर लिएर कम्पनीबाट इन्स्योरेन्स र क्षतिपर्ूर्ति पाउने आशामा बसीरहेका छन् ।
दोहाको मर्ुरा स्थित एउटा क्याम्पमा रहेका लिम्बु गत बर्षसेप्टेम्बरमा कतारको एक निर्माण कम्पनीमा हेल्पर काम गर्न आएका हुन् । तर आएको १५ दिनमै काम गर्दै गरेको विल्डीङ्गमा काठको फलाक खस्दा उनको अनुहार क्षतविक्षत भएको थियो । सो दर्ुघटनाका बखत उनी बाँच्ने आशा समेत नरहेको अवस्थामा भाग्यवश जीवन जोगिएको कतार गल्फ एजेन्सीमा कार्यरत् उनका आफ्नै भाई टेक बहादुर लिम्बुले बताए ।
दर्ुघटना पश्चात् उनी अस्पतालमा लगभग एक महिना बसे । अनुहार, नाक, आँखामा समेत कैयौं टाका लगाई हाल टाका खोलेर क्याम्पमै बसिरहेका जसबहादुरले ४० प्रतिशत विमा पाउने भनी हमाद हस्पिटलबाट चिकित्सकले सिफारिस गरेपनि आजसम्म सो विमाको रकम नपाउँदा भने खिन्न भएका छन् । ५ दिनभित्रमा विमा रकम पाउने विश्वास देखाएर सबै कागजात लिएर गएका सोही कम्पनीको मन्दुप -जनसर्म्पर्क अफिसर) महिना वित्न लाग्दा पनि सर्म्पर्कमा नआउँदा आफूले पाउने विमा रकम पनि कतै नपाइने होकी भन्ने चिन्ता लागेको उनले बताए ।
घरमा श्रीमती र दर्ूइजना छोरीहरुलाई छोडेर कतार आएका जसबहादुरले दर्ुघटनामा पर्दा उता घरमा सबै चिन्तित भएपनि यहाँ आफ्नै भाईको भर र रातदिनको हेरचाहले आफू बाँचेको बताउदै आफुले पाउने विमा रकम प्राप्त गर्न कतारस्थित नेपाली दुतावासले पहल गरिदिए चाँडै घर फर्किनसक्ने विश्वास ब्यक्त गरे । उनी घरका माइला छोरा हुन् र उनका अरु दर्ुइजना भाईहरुपनि कतारमै कार्यरत् छन् । उनका भाई टेकबहादुर लिम्बु पनि दाजुलाई चाँडै घर पठाउन चाहन्छन् ।
टेकबहादुरले आफ्नो दाजुको हेरचाहसंगै उपचार र विमा रकमको लागि आफनो क्षमता र बलबुताले भ्याएसम्म सक्दो पहल गरेको बताउदै क्षतिपर्ुर्ति पाए चाँडै घर पठाउन सबैले पहल गरिदिन अनुरोध समेत गरेका छन् । स्मरण रहोस् धेरै कम्पनीहरुले कतारमा दर्ुघटनामा परेर अंगभंग भएका नेपाली कामदारहरुको विमाको रकम उपलब्ध गराउन पहल गर्दैनन् र दर्ुघटना विमा पाउनबाट बन्चित समेत पनि भएका छन् । यद्यपि कतिपयले नेपाली दुतावासको पहलमा विमा रकम पाउने गरेका छन् ।
