कास्की आदर्श सेवा समाज कतारको दोश्रो अधिवेशन सम्पन्न

कास्की आदर्श सेवा समाज कतारको दोश्रो अधिवेशन नयां कार्यसमितिको चयनका साथ सम्पन्न भएको छ । अधिवेशनबाट राम प्रसाद गौतमको अध्यक्षतमा गठित नयां कार्यसमितिको उपाध्यक्षमा महादेव ढुंगाना, सचिवमा रेशम बस्नेत, सहसचिवमा तोरण क्षेत्री, कोषाध्यक्षमा आशबहादुर गुरुङ, सहकोषाध्यक्षमा मिनबहादुर वि.क. र सदस्यहरुमा क्रमशः नारायन सुनार, लोकेन्द्र कुवंर, ढाका मोहन रानाभाट, हरीविनोद अधिकारी, ध्रु्रबराज ओझा, गिताबहादुर गुरुङ र महिला सदस्यमा सावित्री गिरी निर्विरोध निर्वाचित हुन भएको छ । साथै अधिवेशनले सल्लाहकारमा तिलक सापकोटा, हंशराज ढकाल क्षेत्री, खिमबहादुर कार्की र कृष्ण वि.क. लाई मनोनित गरेको छ ।
संस्थाका तत्कालीन अध्यक्ष तिलक सापकोटाले सभापतित्व गर्नु भएको उक्त अधिवेशनको उद्घाटन प्रमुख आतिथि तथा नेपाली राजदुतावास, कतारका प्रथम सचिव रामकाजी खड्काले गनर्ुर्ुुएको थियो । प्रमुख आतिथि रामकाजी खड्काले समाजबाट प्रकाशन गरिएको मेम्बरशीप र्डाईरेक्ट्रीको विमोचन समेत गर्नु भएको थियो । एनआरएनए-एनसीसी कतारका सल्लाहकार संयोजक कमलमणी गुरागार्ंइले प्रकाशित मेम्बरशीप र्डाईरेक्ट्रीको समिक्षा गर्नु भएको थियो ।
उक्त अवसरमा प्रमुख आतिथि खड्काले समाजबाट भए गरेका कार्यको प्रशंशा गर्दै आगामी दिनको सफलताको कामना गर्नु भएको थियो । समारोहका विशेष अतिथि एनआरएनए-आईसीसीका उपाध्यक्ष सागर नेपाल, एनआरएनए-आईसीसीका मध्यपर्ुव संयोजक बद्री प्रसाद पाण्डे, एनआरएनए-एनसीसी कतारका अध्यक्ष नरेन्द्र भाट, अतिथि नेपाली जनसर्म्पर्क समिति, दोहा कतारका उपसभापति युवराज पाठक, जनप्रगतीशिल मन्चका सचिव किशोर सुवेदी, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका विभागिय सचिव रकमध्वज र्राई, समाज सेवी तथा व्यवसायी टि.बि.कार्की, अधिवेशन प्रायोजक तथा सदस्यहरु मध्येवाट महादेव ढुंगाना लगाएतका वक्ताहरुले कास्की आदर्श सेवा समाजको प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
अधिवेशनमा तत्कालीन सचिव राम प्रसाद गौतमले समाजको कार्यप्रगति प्रतिवेदन र तत्कालीन कोषाध्यक्ष खिम बहादुर कार्कीले समाजको आम्दानी खर्चको आर्थिक प्रतिवेदन प्रस्तत गर्नु भएको थियो । अधिवेशनको बन्द सत्रमा प्रस्तुत दुवै प्रतिवेदनहरुलाई र्सवसम्मत पारित गरिएको छ ।
समारोहमा उपस्थित अतिथि तथा सहभागिहरुको मनोरन्जनको लागि सांस्कृतिक कार्यक्रमका संयोजक तथा कलाकार प्रभात त्रिपाठी, विमल गुरुङ, सावित्रि गिरी लगाएतका कलाकारहरुबाट मनोरन्जनात्मक संास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । यसै गरि कास्की आर्श सेवा समाजबाट सबै अतिथिहरुलाई नेपाली ढाका टोपी लगाई दिदैं विल्कुलै नौलो र नेपालीपन झल्काउने गरि स्वागत एवं सम्मान गरिएको थियो ।
अधिवेशन सफल पार्न तिलक सापकोटा, महादेव ढुंगाना, नारायण सापकोटा, लेखनाथ लम्साल, लक्ष्मण खतिवडा, शिवराज अधिकारी, डिलक्स ट्राभल्सबाट प्रशंसनीय सहयोग प्राप्त भएको थियो भने सल्यानी सेवा समाज कास्कीले लक्की विजेताको लागि मोवाईल सेट प्रायोजन गरेको थियो । प्रेमबहादुर गुरुङ उक्त मोवाईल सेट पाउने लक्की विजेता घोषित हुनु भएको थियो ।
त्यसै गरी समाजको मेम्बरशिप र्डाईरेक्ट्री प्रकाशन कार्यलाई सफल पार्न कास्कीकोट सहयोग समाज, सल्यानी सेवा समाज कास्की, सागर नेपाल, नरेन्द्र भाट, टि.वि. कार्की, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ, एम के ट्राभल्स, अर्धाखांची सेवा समाज, गोरखा प्रवासी संघ, कास्की रुपाकोट सेवा समाज, अजिुजर रहमान शेख, क्उभभतभअज क्ष्लतभचलबतष्यलब ऋिय।, लगाएतबाट सहयोग उपलब्ध भएको थियो ।
त्यसै गरी समाजका तत्कालीन सल्लाहकार विमल सुवेदी संयोजक र बिलबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले समाजको नयां कार्यसमितिको निर्वाचन कार्य सम्पन गरेको थियो । संयोजक सुवेदीले नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।
