This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

चन्द्र शेखर यादवको मुद्धा लड्न एनआरएनए-एनसीसी कतारले सहयोग गर्ने

एनChandra_Shekharएनओ २९ जुन, २००९, कतार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सचिवालयको बैठक गत २६ जुन, २००९ शुक्रवारका दिन सम्पन्न वैठकले एकर् इन्डोनेशियाली महिलाको हत्या गरेको आरोपमा मृत्यू दण्ड सुनाईएका चन्द्रशेखर यादवको सर्वोच्च अदालतमा हुने मुद्दा लड्न सहयोग गर्ने निर्ण्र्ाागरेको छ ।

यादवको मुद्दामाथि पुनरावेदन अदालतले पनि अघिल्लो अदालति निर्ण्र्ाााई नै सदर गरेकोले सर्वोच्च अदालतमा अपिल गर्नको लागि सहयोग गर्न नेपाली राजदुतावास कतारबाट संघलाई प्राप्त अनुरोध पत्र उपर छलफल गरि उक्त निर्ण्र्ाागरेको कुरा महासचिव विल वहादुर गुरुङ्गले जनाएका छन् ।

लामो समयदेखि जेल जीवन विताईरहेका आरोपी यादव सिरहा जिल्ला, बेलहा गा.वि.स. वडा नं. ७ निवासी हुन । निज यादवको मुद्धा सर्वोच्च अदालतमा दायर गर्दा वकालत गर्ने वकिलको सेवा शुल्क वापत बुझाउने गरी तय भएको रकम कतारी रियल २५ हजार मध्ये कतारवासी गैर आवासीय नेपालीहरुकै सहयोगमा कतारी रियल २२ हजार संकलन गरि बुझाई सकिएकोमा अव बाँकी ३ हजार कतारी रियल नपुग हुन गएको र उक्त रकम व्यहोर्न दुतावासमा श्रोतको अभाव रहेकोले सहयोग गर्न संघलाई अनुरोध गरिएको छ – राजदुतावासको पत्रमा उल्लेख छ ।

कतार स्थित नेपाली राजदुतावासले यादवको जीवन रक्षाको लागि सहयोग गर्न पत्र संख्या प.सं.ने.रा.दोहा/कनु./०६५/०६६/५०१ द्वारा गरेको उक्त मानवीय सहयोगको अनुरोधलाई बैठकले सहर्षस्वीकृति दिए पछि यादवको मुद्दामा सहयोग पुगेको छ । एनआरएनए-एनसीसी कतार हरेक खालको सहयोग र सेवामुलक कार्यहरुमा सदैव कतारवासी नेपालीहरु र कतारस्थित संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छ । त्यसैले यस कार्यको लागि पनि कतारवासी सबै नेपालीहरुको सहभागिता होस भन्ने हेतुले आवश्यक सहयोगको लागि संघसंस्थाहरुलाई संघको तर्फाट पत्राचार गर्ने निर्ण्र्ाागरिएको कुरा एनसिसि कतारले जनाएको छ ।

कानुनी प्रक्रिया अगाडी बढाउनको लागि आवश्यक पर्ने उक्त सहयोग रकम तत्काल उपलब्ध गराउने र संघको तर्फाट पत्राचार गरि कतार स्थित नेपाली संघसंस्थाहरुलाई पनि विपत्तीमा परेको नेपालीको उद्दार गर्ने कार्यमा सहभागि गराउने निर्ण्र्ााउक्त बैठकले गरेको छ ।

1 Comment

  1. Nepali says:

    25 Thousands Qatari Riyal kem se kem Nepal ko kune Vilage ma lagayera kehi jana lai rojgar dida pani huntiyo about ChandaShekar usle aba k gereko cha china tyo taha bayena tera Court le patak patak guilty nai payeko cha kehi ta sacho hola so the People who are helping him they are encourge hola as my view

Leave a Reply