This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

भारतीय दुताबास स्विट्जरल्यान्डअगाडि बिरोध प्रदर्शन

DSC_0329[1]आस्था , बर्न
नेपाली एक्यबद्दता मंच ९नेसोफ स्विस० स्विट्जरल्यान्डको आयोजनामा २९ जुन २००९ का दिन भारतीय सिमा अतिक्रमणको बिरोधमा स्विट्जरल्यान्डको बर्न स्थित भारतीय दुताबास अगाडि प्ले कार्ड र ब्यानर सहित बिरोध प्रदर्शन सम्पन्न भयो।

भारतिय पक्षबाट भयको नेपालको सार्बभौम माथि नाङो हस्तक्षेप ,सिमा अतिक्रमणको बिरोधमा भारतका प्रधानमन्त्री मनमोहन सिंह लाई सम्बोधन गरी लेखियको ज्ञापन पत्र दुताबासका कन्सुलरलाई पढेर सुनाइ हस्तान्तरण गरियको थियो । उक्त ज्ञापन पत्र लाई कन्सुलरले जती सक्दो छिटो सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता ब्यक्त गरे।

दिनको २।३० बजे देखी सुरु भयको कार्यक्रमलाई संघठन का महासचिव कमल के सि ले सन्चालन गर्दै भारतीय ज्यादतिको कडा शब्दमा बिरोध गर्नु भयको थियो । भने संगठन का अध्यक्ष असोक चौलागाइ ले भारतीय ज्यादतिको कडा बिरोध गर्दै भारतीय पक्षको ज्यादती तुरुन्त बन्द गर्नुपर्ने कुरामा जोड दिनु भयो संगठनका केन्द्रिय सदस्य धनपती सापकोटाले यस्ता कार्यक्रम आयोजना गरी भारतीय सासक बर्गलाई खबर्दार गरी आगामी दिनमा यस्ता प्रकारका ज्यादती हरु नदोहोरिने कुरामा ।जोड दिनु भयो ।

कार्यक्रममा आधा घण्टा सम्म लगातार कडा शब्दमा सिमा अतिक्रमण बन्द गर ,राजनैतीक हस्त क्षेप बन्द गर ,भारतिय बिस्तारबाद मुर्दाबाद ,पीडित लाई क्षेतिपुर्ती दे जस्ता नाराहरु लगाइयको थियो। उक्त कार्यक्रम मा पर्चा हरु पनी बाडियको थियो ।

Leave a Reply