This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गुण्डागर्दी र चन्दा आंतकविरुद्ध जनता सडकमा

PICT0315
सरिता केसी
एनएनओ मोरङ्ग/मोरङको उर्लाबारीमा बढ्दै गएको गुण्डागर्दी र चन्दा आंतकविरुद्ध स्थानीय बासिन्दा आज सडकमा उत्रेका छन् । उनीहरुले अर्ढाई घण्टा उर्लाबारी बजार बन्द गरेर विरोध पर््रदर्शन गरेका थिए ।
यस क्षेत्रमा बढ्दैगएको गुण्डागर्दी र चन्दा आंतक नियन्त्रण गर्न प्रशासनले उदासिनता देखाएको आरोप लगाउँदै सहयोगी हातहरु भन्ने संस्थाको नेतृत्वमा स्थानीय बासिन्दा सडकमा उत्रेका हुन् ।

एकदिन अघि उर्लाबारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विष्णु कार्कीलाई उर्लाबारीकै शुशन लिम्बुले ज्यान मार्ने धम्की दिएका थिए । पटक पटक दवाव दिँदा समेत प्रशासनले लिम्बुलाई पक्राउ नगरेका कारण आफूहरु वाध्य भएर सडकमा उत्रिएको संस्थाका संयोजक खड्क फागोले बताए । होटल संचालक कार्कीले भने – मलाई गोली हानेर मार्ने र घरमा आगो लगाई दिने घम्की दिए , उनले आफ्नो जिबन रक्षाको मागसमेत गरेका छन् ।
PICT0320
गुण्डागर्दी अन्त्य गर, मुकदर्शक प्रशासन चाहिँदैन, चन्दा आंतक बन्द गरलगायतका नारा लगाउँदै स्थानीय राधिका माविबाट सुरु भएको विशाल र्‍यालीले उर्लाबारी बजार परिक्रम गरेको थियो ।

र्‍याली पश्चात आयोजित कोणसभाका अधिकाशं वक्ताले एउटै व्याक्तीले सिगो उर्लाबारी बजारलाई आतकितं बनाइरहदा समेत प्रशासन मौन रहेकोमा चिन्ता व्याक्त गरे । बिभिन्न आपराघिक क्रियाकलापमा संल्ाग्न रहदै आएका लिम्बुले होटल संचालक कार्कीलाई उधारो रक्सी नदिएको निहुँमा ज्यान मार्ने र घरमा आगो लगाउने धम्की दिएका थिए ।

र्‍यालीमा स्थानीय युवा, संघ/संगठनका प्रतिनिधिहरु र उद्योगी व्यवसायीहरु सहभागी थिए ।

Leave a Reply