अमेरिकावाट कतारको वाटो हुँदै नेपालमा स्वाइन फ्लु
विश्वका विभन्न देशमा दुई सय जना भन्दा बढीको ज्यान जाने गरी महामारीका रुपमा फैलिएको स्वाइन फ्लु नेपालमा समेत देखापरेको छ ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी नेपालमा पनि स्वाइन फ्लुको जीवाणु भेटिएको जानकारी दिएको छ । गत असार ७ गते अमेरिकाबाट कतारको दोहा हुँदै नेपाल आएका एकै परिवारका तीन जनामा स्वाइन फ्लुको प्यान मेडिएनफ्लन्जा इनवानको जीवाणु भेटिएको महाशाखाका प्रमुख डा चैनेन्द्र उपे्रतीले जानकारी दिए ।
४५ वषर्ीय पुरुष, ३८ वषर्ीय महिला ८ वषर्ीय नेपालीमा फ्लुको जीवाणु भेटिए पनि उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन् । लामो समयदेखि उनीहरु अमेरिकामा बस्दै आएका थिए । त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा शंका लागेपछि उनीहरुकोे परीक्षण गरिएको थियो । उनीहरुको राजधानीको एक अस्पतालमा उपचार भइरहेको छ । २ सय २९ जनाको ज्यान जाने गरी मेक्सीकोबाट फैलिएको स्वाइन फ्लु विश्वका एक सय भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
