This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

एसएलसी परिक्षाको परिक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको प्रवेशिका (एसएलसी) परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

परीक्षाफल प्रकाशित गर्नका लागि शिक्षामन्त्री अध्यक्ष रहेको परीक्षा बोर्डको बैठक पश्चात उक्त परिक्षाफल प्रकाशित गरेको हो । यस वर्षो एसएलसि मा ६८.४७ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएका छन् । त्यसमा २३४६०२ नियमित तर्फर २१८८७ एक्जाम्टेड तर्फउत्तिर्ण्र्ााएका कुरा परिक्षा नियण्त्रण कार्यलयले जनाएको छ ।

यस वर्षो परीक्षामा नियमिततर्फतीन लाख ४४ हजार १५१ जना र एक्जाम्टेडतर्फ४७ हजार ५५२ जना गरी कुल ३ लाख ९१ हजार ७०३ जना  परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बताउनुभयो ।

यस वर्षो परीक्षाफल विद्यार्थीहरुले इन्टरनेट सेवा www.soce.gov.np  www.boe.gov.np www.moe.gov.np एसएमएस सेवा, नेपाल टेलिकम १६००, युटिएलको नं. १२१५ मा फोन गरेर तथा करिब आधा दर्जन एफएम रेडियोबाट र पत्रिकामार्फ रिजल्ट थाहा पाउन सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

Leave a Reply