एनआरएनको क्षेत्रीय सम्मेलनको आज बाट थाइल्यान्डको राजधानी बैंककमा
गैर आवासिय नेपाली संघको २४-२५ मे सम्म हुने क्षेत्रीय सम्मेलन आज बाट थाइल्यान्डको राजधानी बैंककमा शुरु हुँदैछ।
गैरआवासीय नेपाली संघ थाइल्याण्डको आतिथ्यतामा हुन लागेको यो सम्मेलनले एसिया प्यासिफिक क्षेत्रका नेपालीका विशेष मुद्दा बिभिन्न देशमा गठन भएका एन सि सि हरुको अवस्थाको माथि छलफल गरिने जनाइएको छ । सोको जानकारी उक्त समितिद्वारा २२ मेमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सम्मेलनको प्रमुख आतिथ्यता सूचना तथा संचार मंत्री तथा नेपाल सरकारका प्रवक्ता कृष्ण बहादर महरा थाइल्यान्ड पुगिसक्नु भएको छ भने बिभिन्न देशका प्रतिनिधि हरु पनि उपस्थित भाई सकेका छन। त्यस्तै उक्त कार्यक्रममा थाइलाण्डका पूर्व प्रधान सेनापति जनरल सोइद केर्डफोलको समेत आतिथ्यता रहने छ ।
सम्मेलनमा नेपालका परराष्ट्र सचिव, थाइल्याण्ड, मलेसियाका लागि नेपाली राजदूतहरु, नेपाल बार एसोसियसनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतकाको समेत सहभागीता रहने जनाइएको छ । सम्मेलनमा गैरआवासीय नेपालीसंघका अध्क्षय डा.उपेन्द्र महतो लगायत एसिया प्रशान्त, पश्चिम एसियाका, आप्रिmका, यूरोप क्षेत्रका झण्डै २०० गैरआवासीय नेपालीहरुको सहभागीता रहने छ ।
सम्मेलनको आयोजनाको संयोजक गैरआवासीय नेपाली संघका उपाध्यक्ष देवमान हिराचनले गरिरहनु भएको छ ।
