मेचीकाली बहराइनको कबीता प्रतीयोगिता सम्पन्न

यमलाल पराजुली, एनएनओ बहराइन, २७ जुन २००९
बहराइनमा कार्यरत नेपाली साहित्य अनुरागिहरुको खोजी तथा जगर्ेना गर्नका साथै साहित्य अनुरागिहरुरुलाई हौसला बढाउने उद्देश्यले प्रवासी मेची काली जन सेवा मञ्च बहराइनले नेपाली क्लब बहराइनको सभा हलमा एक कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त प्रतियोगिताको सभापतित्व सोही मञ्चका अध्यक्ष दीपक बस्यालले गर्नु भएको थियो । भने बिभीन्न संघ संस्थाहरुका प्रतिनिधिहरुलाई अतिथिको रुपमा उपस्थिती रहेको थियो । १९ जना कविहरुले सहभागी जनाउनु भएको उक्त प्रतियोगितामा देवीलाल डुम्रे -नेपाली जन प्रगतीसिल मञ्च), श्री दिनेश थापा -नेपाली जन प्रगतीसिल मञ्च) र श्री हरिबहादुर कार्की -खोटाङ्ग जन कल्याण समिति) क्रमशः प्रथम द्धितिय र तृतिय भएका थिए ।
उक्त प्रतियोगिताको निर्ण्ाायकहरुमा र्सर्ुय प्रकाश र्राई, दर्ुगा मोक्तान र उपेन्द्र कोइराला रहेका थिए । सोहि अवसरमा प्रवासी मेची काली जनसेवा मञ्च बहराइनले प्रकाशन गरेको त्रैमासीक पत्रिका -प्रवासी आवाज) को बिमोचन गरीएको थियो ।
