This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

श्रमिक रेमिट को उपस्थिती

बुद्धिराज अर्याल
हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको धनि भएता पनि देशको अर्थतन्त्र कृषिमा आधारीत छ किनकी हाम्रो देश कृषिप्रधान देश भएको कारणले गर्दा ९०५ प्रतिशत नेपाली हरु कृषिमा निर्भर रहेर जिविको पार्जन गरीरहेको व्यहोरामा दुई मत छैन । तर पनि नेपालको प्रमुख व्यवसाय कृषिभएता पनि कृषिमा आवश्यक आधुनिक र बैज्ञानिक प्रणालीको विकाश हुन सकेको छैन । जस अनरुप अत्याधिक नेपाली हरुलाई जिवीकोपार्जन गर्न कठिनाई परिरहेको अवस्थामा राष्ट्रको आर्थिक र वेरोजगारीका कारणहरुबाट स्वप्नयूक्त वैदेशिक रोजगारको काल्पनिक योजनामा उन्मुख हुदै प्रत्येक यूवा यूवती शक्तिहरु जसले राष्ट्र  र राष्ट्रियता प्रति चिन्तन गर्दा गर्दै पनि प्रवासिन वाध्य भएका छन भने । उत्तर तिर चाँदि जस्तै चम्कने हिमाल र दक्षिण तिर चुरेभावर पाहाडको विचमा अवस्थित सुन्दर नेपाल गौतमबुद्धको तपोभूमीले अंकित गरेको राष्ट्रमा जन्मिएर पाहाडी झरनाको पानि पिएर चौतारीको सिरसिरे हावामा बसेर हुर्किएका हामी नेपाली हरु आर्थिक र वेरोजगारीका कारणले आफन्तका न्यानो काख मा खाई खेली रमाईला संगी साथी हरुको साथ छोडेर प्रवासमा आई पसिनाको धारा बगाएर काम गर्न बाध्यभएका छौ । हामी श्रमिकहरु केवल श्रमका सम्मानित मात्र नभएर नयाँ नेपाल बनाउँने इमान्दार पौरखी ज्यामी पनि हौ भन्ने मान्यता लाई ह्रृदयगंम गरी हामी श्रमिकका उदेश्य र आकङ्क्षा हरुलाई सफल तुल्याउन र राष्ट्रलाई नयाँ आयम र उर्जा दिलाउने अभिप्राय अनरुप ू एक ले थुकि सुकि दूईले थुकि नदि ू भने जस्तै सामुहिक सोच विचार र उद्धेश्य लिएर साझा चौतारीको रुपमा यस श्रमिक रेमिट कम्पनी को अभ्यूदय  प्रादुभाव  भएको हो । तर श्रमिक रेमिट भन्दा बाहेक संचालनमा आईरहेका हरेक रेमिटेन्स कम्पनि को प्रकृया शैली उदेश्य भन्दा भिन्न चिन्तन सोच र उदेश्य लिएर तपाई हाम्रो मन जित्न सफल भएको श्रमिक रेमिट कम्पनीको काम गर्ने प्रकृया देखि लिएर श्रमिकहरु लाई दिने सवल र सुविधा हरु उल्लेखनिय रहेको छ । यस श्रमिक रेमिट कम्पनी एक बिसुद्ध कम्पनी हो । यसले कुनै जाति धर्म र लिङ्गको कुनै भेद भाव नराखी समान हक अधिकार प्रति उत्तरदायित्य निहित गराउदै बदलिदो समय सापेक्षित हक अधिकारलाई यथोचित रुपमा सम्वोधन गरी कर्तव्य र निष्ठवान रहि विश्व भरि छरिएर रहेका नेपाली श्रमिक हरुलाई एकै सुत्रमा बाधी गोल बन्ध गराएर विदेशमा कमाएको पैसा सस्तो छिटो र विस्वासिलो तवरले  नेपाल मा रेमिट गराई ग्राहक हरुलाई अधिकतम सुविधा र सन्तुष्ठि प्रदान गर्ने अभिप्रायले विश्वमा केवल १ मात्र नमूनाको रुपमा यस साझेदारी कम्पनीको स्थापना भएको हो । यस श्रमिक रेमिट कम्पनी लाई माया गर्ने वा आवद्ध रहने तपाई हामी सवै श्रमिक कम्पनीको मालिक हुन्छौ । र यसले आय आर्जन गरेका मुनाफा पनि तपाई हाम्रो आफनै आयस्रोत हुनेछ । तसर्थ यस कम्पनी ले फराकिलो सोच र अवधारणा अनुरुप श्रमिक श्रमिक मात्र नभई श्रमिकलाई मालिक बनाउने उद्धेश्य पनि लिएको छ । तसर्थ यस रेमिटले निकट घडीमानै बैकफाइन्नास्स इन्सुरेनस र इन्भेष्टमेन्ट कम्पनी हरु विस्तार गर्दै नेपाल का हरेक प्रमुख शहर बजार हरुमा शाखा एंवम उपशाखाहरुको विस्तार गर्ने लक्ष्य अनरुप देश र देशबासीको लागि श्रमिक हरु द्धारा श्रमिकहरुकै हितमा सर्मपित भन्ने मुल नारालाई हातेमालो गर्दै श्रमिक हरुको जीवन र राष्ट्रलाई आमुल परिवर्तन ल्याउने माहान उद्धेश्य बोकेको श्रमिक रेमिट कम्पनी मा हामी सवै हातेमालो गर्दै आफनो लक्ष्य हासिल गर्न विश्वका विभिन्न देशमा गठन गरिएको गैह्रआवसिय नेपाली समन्यव परिषद लाई आफनो छाता संगठन मानि काम कार्वाही गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
जय श्रमिक

Leave a Reply