एन.आर.एन. यर्ुर्एइको निर्वाचन समिती अबैधानिक भएको ठहर
ध्ार्मेन्द्र कुमार यादब /तारा प्रसाद चापागाईं /दर्ुबई २१ मई २००९
अप्रिल ८, २००९ मा दर्ुबईमा डि.एल. शर्माको संयोजकत्वमा गठन गरिएको निर्वाचन समिती जनमानसको नजरमा अबैधानिक भएको ठहर गरिएको छ ।
जुन ५ मा हुने भनिएको निर्वाचनको ढाँचा अनुरुप मे १४ को राति १० बजे भित्रसम्म सदस्यता दर्ता गर्ने समय राखिएको थियो । उम अल क्विन, शारजाह, आबुधाबि लगाएतका ठाँउहरुमा सदस्यता फारम संकलन केन्द्र राखिएको थियो तर सो अबधिभित्र कुनै पनि ठाउँमा फारम संकलन गर्ने काम समयमा भएको थिएन । फरवरी ६, २००९ मा जाकिर हुसैन, धर्मेन्द्र यादब र यम तमु सम्मिलीत ३ सदस्सिय निर्वाचन समितीद्वारा निर्वाचित हालको एन.आर.एन. ए एन सी सी यर्ुर्एइको अध्यक्ष पी.एस. लिम्बु पनि यस सम्बन्धमा निश्चित मापदण्ड भन्दा बाहिर भएर समय बढाएको कारण अबैधानिक भएको बताएका छन् । अन्ततः स्मरण रहोस करिब एक महिना अघि ल्च्ल् क्ष्ऋऋ ले फरवरी ६ मा गरिएको निर्वाचन समितीबाट निर्वाचित समुहलाई मान्यता प्रदान गरेको छ । यस कार्यमा रुसबाट ल्च्ल् क्ष्ऋऋ प्रतिनीधी जीवा लामिछानेको दुर््बईमा निकै दौडधुप भएको थियो । सोहि आवागमनको बेला अप्रिल ८मा बर्तमान अध्यक्ष पि.एस. लिम्बुको पनि उपस्थिीतीमा डी.एल. शर्माको संयोजकत्वमा निर्वाचन समिती बनाईएको थियो । फरवरी ६ मा निर्वाचित समिती अबैधानिक भनेर फरवरी ८ मा पत्रकार सम्मेलन गर्ने क्रममा रहेका नागरीक समाजका अधिकांश ब्यक्तिहरु यस निर्वाचन समितीमा रहेका छन् । ६ महिनाको लागि बनेको यस समितीले मान्यता पाए पनि काम गर्ने अवसर पाएन् । तर पनि हनिमुन अवधि पनि पर्ुण्ा रुपमा मनाउन नपाएको वर्तमान समिती ल्च्ल् ग्ब्भ् ले छोठो अवधिमा धेरै काम गर्नुका साथै यर्ुर्एइका प्रवासी नेपालीहरुमा एन.आर.एन. कुन चराको नाम हो परिचय दिन सफल भए । राम्रो र शसक्त एन.आर.एन.सी.सी. यर्ुर्एइमा बनाउनुपर्ने जिम्मा यस समिती को काँधमा आएको छ । जनमानसमा परेको प्रभावलाई निर्वाचन बारे बर्तमान एन.आर.एन. यर्ुर्एइ का अध्यक्ष पि.एस. लिम्बुसँग प्रत्यक्ष सर्म्पर्क गर्दा वहाँले यो निर्वाचन समितीको प्रक्रिया गलत भएकोले साथै सदस्यता फारम १४ मे राति १० बजे सम्म्ा मात्र बुझने भनिएकोमा समय अबधि बितीसक्दा पनि बुझने काम भएकोले यो कार्य निर्वाचन आचार संहिता विपरित भएकोले अबैधानिक भएको बताए । उहाँका अनुसार १४ मे को राति १२ बजे पछि १५ मे भएको र सो विहान २ बजे डि.एल. शर्माले राति शोनापुर गएर फारम भराएको र बुझेको कुरा प्रत्यक्ष दर्शी भएकोले सो कुरा अमान्य हुने बताएका छन् । १४ मे राति १० बजे भित्र दर्ुबईमा १५१,आबुधाबिमा १५५ भएको बताए । तर आबुधाबिमा सो अबधिमा १३० वटा फारम मात्र संकलन गरिएको लिम्बु बताँउछन् । र उनलाई राति ११ः३० बजे एस.एम.एस. गरी १ दिन समय बढाएको जानकारी दिए । सो बारेमा उनको आपत्ति छ कि, उनलाई मात्र किन एस.एम.एस. गरियो – अरुलाई किन गरिएन र सो कुराको जानकारी राति १० बजे भित्र भन्दा पहिले निर्ण्र्ााभएर बाहिर आउनु पर्दथ्यो ।
यसै र्सर्न्दभमा बर्तमान एन.आर.एन. यर्ुर्एइका संयोजक अर्जुन दाहालले पनि यो निर्वाचन समितीद्वारा मनोमानी ढंगले आफ्नो टिम संग सरसल्लाह नै नगरि म्याद थप्ने लगाएतका कार्यहरु भईरहेकोले अनभिज्ञ रहेको बताए । यसै निर्वाचन समितीमा रहेका एक सदस्य निमेश गिरीले पनि निर्वाचन समितीबाट राजिनामा दिईसकेका छन् । वहाँसंग यसबारे सर्म्पर्क गर्दा सबै कुरा प्रेस विज्ञप्तीमा खुलाईसकेको बताए । साथै निर्वाचन समितीको अचित्तबुझदो क्रियाकलाप आँफुलाई अबैधानिक लागेकोले आँफुले राजिनामा दिएको बताए ।
यि बिभिन्न विषयबस्तुहरुबारे डी.एल. शर्मा सँग सर्म्पर्क गर्दा वहाँले सदस्यता सम्बन्धि कुरामा आँफुबाट पनि केहि कमि कमजोरी भएको स्विकार्दै १ दिन थप डकुमेण्टहरु बुझाउन समय दिएको बताउनुहुन्छ र भनेको ठाउँमा भनेकै बेलामा पुग्न गाह्रो हुने भएकोले अलि अप्ठ्यारो भएको हो । केहि सदस्यता फारमहरु अस्विकृत भएको पनि बताउनु भयो । अहिलेको एन.आरं.एन. मा राजनितीकरण तथा एमालेकरण लगाएतका ध्रुबिकरण हावि भएको सुनिन्छ नि, भन्ने प्रश्नमा त्यस्तो नभएको बताए । र निमेश गिरीले किन राजिनामा दिएको सम्बन्धमा उहाँले पि.एस. लिम्बुको निर्देशित अनुसारको काम नभएकोले हुनसक्छ वा अन्य कारणले बताउँदै पि.एस. लिम्बुबाट कुनै आवश्यक सहयोग नभएको बताउनु भयो । वहाँले यस्तो बेला सहयोग गर्नुको सट्टा विरोधमा जानु भएको बताउनुभयो । निर्वाचन समिती भित्र पनि अरु मनोनयन तथा निर्वाचन प्रक्रियाको लागि म्याद थप्ने नथप्ने बारे सल्लाह गर्नु पर्ने बताउँदै १४ मे राति ११ः३० वजे पि.एस. लिम्बु आधिकारिक ब्यक्ति भएकोले वहाँलाई मात्र एस.एम.एस. गरी जानकारी गराएको बताउनुभयो । पि.एस. लिम्बुका अनुसार नेपाल दर्ुबई डट् कम मा प्रकाशित जाकीर हुसैनको समाचारमा उदृत २७ संघ संस्थाको सक्रियतामा भएको भन्ने कुरा गलत रहेको बताए । १ जना पनि संघ संस्थाको प्रतिनिधीसँग छलफल नभएको लिम्बुले बताए । यसबारे शर्मासँग सोद्या यो कुरा कसरी समाचारमा आयो थाहा नभएको र आँफुले सो कुरा नभनेको बताउनु भयो । यस बारेमा जाकिर हुसैनले प्रतिक्रियामा नेपाल दर्ुबई डट् कम मा प्रकाशित अति नै अनुच्छेद हिन कसैले थपेको साथै यसमा रहस्य छ, कसैले थप्न लगाईएको हुन सक्छ अरु साइडमा प्रकाशित समाचार भन्दा अलग रहेको बताउनु भयो । स्मरण रहोस् यर्ुर्एइमा स्वच्छ एन.आर.एन. को आवश्यकता छ । आउने निर्वाचनको लागि अध्यक्ष पदको लागि पि.एस. लिम्बु र सि.एम. ढकालले उमेद्वारी दिने निश्चित छ भने समाजसेवी कृष्ण ढकाल र रामेश्वर शाहको मध्यस्थकर्ताको भुमिका निर्वाह गरिरहेका छन् । राम्रो टिम बनाउन र निर्वाचन समिती कत्तिको सफल हुन्छ हर्ेन बाँकि नै छ ।
