एनआरएनए एनसिसि – यूएई निर्वाचन र यसमा देखिएका प्रवृत्तिहरु

अर्जुन केसि
एनआर एनए अन्तरराष्ट्रिय परिसदको चौथौ विश्व सम्मेलन नजिकिदै जांदा यस् अन्तरगत बिभिन्न मुलुकमा रहेका राष्ट्रिय परिसदहरु बारे चर्चा परिचर्चा फेरि एक पटक ह्वात्तै बढेर आएकाछन। अन्तर राष्ट्रिय परिसदको परिपत्र अनुसार सबै मुलुकमा रहेका राष्ट्रिय परिसदहरुले अन्तर राष्ट्रिय सम्मेलन अगाबै राष्ट्रिय सम्मेलन मार्फत नयाँ नेत्रित्व र अन्तर राष्ट्रिय समन्वय परिसद् सदस्यको चयन् हूनु जरुरीछ। त्यही परिपत्रलाइ ध्यानमा राखेर अहिले सन्सारभरि रहेका एन आर एन हरु सोही कार्यमा जुटिरहेकाछन। कतिपय देशहरुमा सर्बसम्मत र कतिपयमा निर्वाचन मार्फत चयन् भैसकेकाछन भने कतिपय ठाउमा यसैको गृहकार्य गरिदैछ।
संयुक्त अरब एमिरेट्स यू ए ई मा पनि एन आर एन को निर्वाचन र नयाँ बन्ने नेत्रित्व बारे ब्यापक बहसहरु हुन थालेकाछन्। एउटा ठुलो र यू ए ई मा स्थापित भैसकेको बौध्दिक र नागरिक समाज भाबी नेत्रित्व बिगतको जस्तो अनुदार नभएर समग्र एन आर एन को मिसनलाई दरोसँग पक्डेर कार्यान्वयन् गर्न सक्ने सक्षम , समाबेसी र बिबादरहित् बनोस भन्ने चाहन्छन। त्यसैले नै दिनहुं जसो सबैलाई समेटेर लैजान दुई पक्षीय र बहुपक्षीय बैठकहरु भैरहेकाछन्। जो अती सकरात्मक् पनिछ। यो समुदायको आशा भरोसा र सक्रिय सहभागिता निर्बाचनको अन्तिम अबस्थासम्म यथाबत् रहेमा पक्कै पनि त्यो स्वच्छ आकांक्षामा कसैले तुसारापात गर्ने दुस्साहस गर्नेछैन। बिगतको पुनराब्रिति फेरि पनि हुन खोज्यो र भयो भने न त नागरिक समाज र बौध्दिक समुदायको अस्थित्व रहनेछ न त एन आर एन कै। रुप त यो वा त्यो तहमा रहला तर अस्थित्व र प्रभाबको हिसाबले बिघटन नै हुनेछन। गरिमामय ऐतिहासिक महत्व बोकेको एन आर एन लाई यू ए ई बाट यसको मिसन अनुसार कामकाजी बनाउने सक्षम र समाबेसी नेत्रित्व निर्माणको लागि पहल गर्नेकी बिगतको जस्तो पदिय महत्वाकांक्षी तर नालायक नेत्रित्वलाई निरन्तरता दिने। अहिले यू ए ई मा एन आर एन को बहस हुँदा यही बिषयमा छलफल केन्द्रित हुने गर्दछ। अब पनि सचेत नेपालीले पहरेदारी र खबरदारी नगरेमा र स्थापित बौध्दिक समुदाय र नागरिक समाजले नेत्रित्व नगरेमा फेरि एउटा राम्रो अबसर हामीले गुमाउनेछौं। अहिले सचेत हुन सकिएन भने पछी पछुताउनु भन्दा केही बाँकी रहनेछैन। तसर्थ आउनुहोस् बिगतको तीतो अनुभबलाई क्रमभंग गर्दै नयाँ ईतिहासको रचना हामी आँफै गरौं।
यो पंक्तिकार आशाबादी हो। हाम्रा पौराणिक कथा र ऐतिहासिक घटना क्रमले पनि मलाई यही सिकाएकोछ। आखिर ढिलो या चाडो सत्यकै जीत हुन्छ। कहिले काही देखिने हिन्दी चलचित्रको सम्बाद “देर हे अधेर नही हे” भन्ने ब्याक्यांशले पनि मेरो आशाबादलाइ झन संस्मरण गराइदिन्छ। मेरो आशाबाद यो सन्दर्भमा जोडन खोजेको हो कि यो भन्दा अगाडि भएको भनिएको निर्बाचनबाट् एक समूहले निर्वाचन जितेको घोषणा त गराइयो तर सम्पूर्ण नेपालीले निर्वाचन हारे। प्राबिधिक हिसाबले निर्बाचित भएको प्रमाणपत्र त पाए जन अनुमोदित भएनन। त्यसैले पनि यतिका लामो समयसम्म उनिहरुले सार्वजनिक ठाउमा आफ्नो हैसियत स्थापित गर्न सकेनन। सबै सार्वजनिक समारोहमा उनिहरु बहिस्क्रित भए। जब सम्पूर्ण नेपाली समुदायनै कथित नेत्रित्वको बिपक्षमा छ भने यसले कसरी काम गर्न सक्थ्यो र ? त्यो बिरासत एन आर एन यू ए ई को ईतिहासमा एक कलंक बन्न पुग्यो। यसबाट नेपालीहरुले धेरै शिक्षा पाएकाछन। त्यसैले पनि सक्षम र समाबेसी नेत्रित्वको बिकल्प छैन। जुनसुकै मूल्यमा पनि कुनैपनी रुपमा हुने बिगतको पुनराब्रिति स्वीकार्य हुनेछैन। सत्यले मिथ्यालाई बिस्थापित गर्नेछ।
कुनै समय आफ्नै कलमका कारण स्थापित हुनुभएका हाम्रा एक जना पत्रकार मित्रले चार महिना पछी फेरि एक पटक आफ्नो कलम चलाऊनुभएकोछ। वहाँको त्यो कलमले ततकालिन समयमा त्यही गलत नेत्रित्वलाई स्थापित गराउन सहयोग गर्यो। अहिले फेरि यतिका समय पछि उस्तै प्रकिर्तिको समाचार लिएर आउनु सम्योग मात्र होइन कि भन्ने लाग्नु स्वभाबिकै हो। पत्रकारिताको धर्म र आचार् सम्हिताको कत्तिपनी ख्याल स्वयम पत्रकार जगत खुशीछैनन। बिबादित निर्वाचन र पदलोलूप अनियमित्ता बारे छानबिन गर्ने माग आयो। तर बिडम्बना त्यो आबाज निकाल्नेहरुको मुख थुन्न र कथित नेत्रित्वलाई बचाउन हदै सम्मका कार्यहरु भएको ईतिहास साक्षीछ। सम्पूर्ण अन्लाईन मेडियाहरुलाई फरमान जारी गर्दै पत्रकार महासंघ यू ए ई लाई प्रयोग गरेर तत सम्बन्धी समाचार प्रकाशन र प्रसारण् नगर्न आदेश भयो। एकजना जिम्मेबार ब्यक्ती र पत्रकारको हैसियतमा नेपाली समुदायले वहाँबाट यो अपेक्षा कदापी गरेको थिएन। बिगत केही समय गुमनाम भएका पत्रकार साथी एकाएक मेडियामा त्यो पनि एन आर एन सम्बन्धी बिबादास्पद समाचार लेखेर। समाचारका पानामा वहाँको पुन प्रबेशलाई स्वागत छ तर यो समाचार प्रती उत्तिकै आपत्ति पनि।
गुमनाम नाम यो अर्थमा भनेको हो कि तत्कालिन निर्वाचन ताका प्रत्येक् बैठकमा ब्यस्त देखिने ब्यक्ती निर्वाचन प्रती आबाज उठाउन थालिएपछि वहाको उपस्थिती सार्वजनिक ठाउहरुमा बिरलै देखिएहोला। तत्कालिन् निर्वाचन समितिको सम्योजकको हैसियत प्रती पनि आबज न उठेको होइन। नेपाली समाजलाइ सबैले छाता संगठन मानिदै आएको हो। यदी सो हो भने सम्योजक पनि नेपाली समाजबाट् राखिनु मर्यादा अनुकुल हुने थियो।
एन आर एन ए निर्वाचन समिती सन्देहको घेरामा भन्ने समाचार सम्प्रेशण गरेर फेरी पुरानै नेत्रित्वलाई पुरानै पुरानै शैलिमा नेत्रित्व हत्याउन भडकाइदैछ। समाचार एकाँकी र अपूर्ण छ। पुरानै नेत्रित्व र उनका मतियारहरुको भनाइ र प्रतिकृया जोडतोडकासाथ खुलाईएकोछ। तर बर्तमान निर्वाचन समितिका सम्योजक अथबा जिम्मेबार ब्यक्तिसँग केही पनि प्रतिकृया लिईएकोछैन । यो समाचार यही मानेमा पनि बदनियत पूर्ण र पूर्बाग्रहिछ। एक पक्षका तीन चार जनाको प्रतिकृया लिने तर अर्को जिम्मेबार पक्षसँग संपर्कनै गर्ने प्रयास गरिएकोछैन। कम्तिमा यती सम्बेदनशिल बिषयमा समाचार बनाउदा समाचारलाइ निस्पक्ष र खोजमूलक बनाउने नियत थियो भने निर्वाचन समितिका आधिकारिक् ब्यक्तिसँग यस् बिषयमा प्रातिक्रिया लिनु जरुरीथियो। तर त्यती पनि धैर्य गर्न सक्नुभएन। हतार हतारमा मेडियामा जानु भयो। त्यो पनि अपुरो समाचार लिएर। परिपक्व ब्यक्तिको अपरिपक्व काम। समुदायका अग्रज ब्यक्तिबाट यस्तो प्रब्रिती देख्दा अती दु:ख लागेकोछ। हो निर्बिबाद छ सन्देह युक्त काम निर्वाचन समितिले किमार्थ गर्न सक्दैन। यदी गरेकोछ भने त्यसको छानबिन हुन जरुरी पनि छ। तर खोइ त अनियमित्ताको प्रमाण। शंकाको भरमा कसैलाई बिबादमा ल्याउन भने हुनेछैन। प्रमाण लिएर आउनुस् न दाबी बिरोधको समय राखेको आखिर केको लागि। प्रकृया मिलाएर सप्रमाण आएमा त्यसको छानबिन गर्न वाध्य हुनुपर्छ निर्वाचन समिती। आचार् सम्हितामा स्पस्ट शब्दमा दाबी बिरोध लगायत सबै प्रकृयाहरु खुलाईएकाछन। तथ्य सहित् आएमा गलत र रित नपुगेका खारेज हुनेछन। तर पत्रकार साथीले आफ्नो हैसियतनै बिर्सेंर बिगतमा नेपाली समाजको निर्वाचन समितिमा पनि बिबादमा परी सकेका एकाध सकुनीहरुको मात्र कुरा सुन्नु कत्तिको जायज छ। तपाईंले निर्वाचन समितिका सदस्य भनेर उल्लेख गरेका ब्यक्ती निर्वाचन गराउन गएकाहुनकी भाडन? वास्तवमा बिबादित निर्बाचनबाट् निर्बाचित भएका ति ब्यक्तिको सामाजिक न्यायको हिसाबले त्यहा उपस्थिती हुनु जायज छैन। अनी उनैको प्रतिकृयालाई प्राथमिकता दिनु कती उपयुक्त होला। अनी तपाईंले समाजसेबी भनेर उपमा दिएका ब्यक्ती तपाईंका सेबी हुनकी समाजघाति हुन। समाजसेबीको प्रमाणपत्र दिने आधिकारिक् संस्था को हो। अनी तपाईंले गर्न खोजेको सेबा समाजको हो कि समाज घातिहरुको। ति कथित समाजसेबिको बिगत बारे बुझ्नुभयो भने तपाईंजस्ता एक कुशल पत्रकारलाइ एक राम्रो फिचर लेख बन्नेछ। त्यता तिर लागेको भए तपाईंको कती सम्मान् हुने थियो। तपाईंको कलमको नीब पनि कहिल्यै नभाचिने गरी दर्हो हुने थियो। तपाईंबाट नेपाली समुदायले गरेको अपेक्षा पनि यही थियो।
स्वभाबैले निर्वाचन समिती निर्माण भएपछी निर्वाचन सम्बन्धी कार्यमा एन सि सि कार्यकारी हुन सक्दैन। आइ सि सि का पनि सायद् कतिपय आफ्नै बाध्यताको कारण अन्तिम अवस्थामा आएर मान्यता दिएपनी उसको अस्थित्व सेरेमोनियल हो बर्तमान अवस्थामा। उसबाट आफुखुसी निर्णय र कार्यन्वयनको अपेक्षा गर्न मिल्दैन। त्यो भन्दा फरक ढंगले निर्वाचन समितिलाई भने तत समबन्धी खाश अधिकार निश्चय प्राप्तछ। आफ्नो कार्यक्षेत्र भित्र रहेर कतिपय व्याबहारिक निर्णय गरेर सबैको सहयोगी भूमिका खेल्नु स्वभाबिकै थियो। तर अघिल्लो निर्वाचनमा धाधली गरेर बदनियत पूर्ण तरिकाले निर्बाचित भएका एन सि सि अध्यक्षले आगामी निर्वाचनमा आफु हार्ने पक्का भएपछी अहिले निर्वाचन समिती बिरुध्द बिसबमन गर्न थालेकाछन्। बिभिन्न बहानामा बिबाद निकालेर निर्वाचन हुन नदिने र भै हालेपनी आफ्नो अनुकुलतामा मात्र गराउन तल्लिनछन। अहिले निउ खोजेर निर्वाचन भाडनु उनको अन्तिम बिकल्पहो। त्यसैले उनले भनेको आरोपको कुनै तुक छैन। हरुवा गोरुको छेरुवा दाउ भन्दा अरु केही होइन।
Email Recieved From: uttam chhetri <chhetri700@yahoo.com>
