This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

अमर रहने छन् शैलाजाजिका बिचारहरु

92_BnHover
विमल सुवेदी

१२ जुन २००९ नेपाली समय अनुसार विहानको ४ः२५ वजेको समयमा नेपाली आकासवाट एउटा तारा सदाकोलागी विलय भएर गएको छ फेरी त्योतारा नेपाली आकासमा उदाउने छैन । जिवन छदाँ उसकोलागी केहि गर्न नसक्ने हाम्रो समाज फेरी एक पटक न्याउरी मारी पछुतो भने झैं मृतआत्मालाई सलाम गरेर उसलाई विर्षे प्रयासमा छन् उनका सहकर्मी, हरु भने भावि पिंडिले इतिहाँसका कुनामा उनलाई पाउने छन् । शोक को यस घडिमा यो लेखकपनि शैलाजाजिलाई श्रद्धाका दुइ थोपा आँसु चढाँउदै मृतआत्माको चिरशान्तिको कामना गर्नु शिवाय केहि गर्न सक्दैन ।

देशमा प्रथम जननिर्वाचित सरकारले जनहितका पक्षमा गरेका अल्पकालिन तथा दिर्घकालिन लोक प्रियकार्यक्रम बाट अतालिएका तत्कालिन अतिमहत्वकाँक्षी राजा महेन्द्रले शैनिक बलमा जननिर्वाचित सरकार अपदस्त गरेपछि देशमा राजा महेन्द्रको नामसमेत लिन र्सवसाधारण लाई शाहास नभएको त्यो काल अवस्थामा टुडिखेलामा सेना हरुद्धरा घेरिएका राजामहेन्द्रलाई त्यो किासोर अवस्थाको महिलाशाहास ले जुन आँट गरेर खुला रुपमा कालो झण्डा देखाई महेन्द्रको कदमको विरोध प्रजातन्त्र र जनताका पक्षमा आवाज हरु बुलन्ध गर्ने तिविरंज्ञना आज हाम्रो माझ हुनु हुन्न तापनी लाख सलाम तपाँइको त्यो अदम्य शाहास र आँट लाई ।

शैलाजा दिदिको त्यो कदम त्यति शाहासिक थियोकि जुन नेपालको प्रजातान्त्रिक इतिहासमा कोषे ढुङ्गा सावित भयो त्यसैले प्रथम जननिर्वाचित प्रधानमन्त्रि एवं माहामानब वि. पि. कोइरालाले आफ्नो जेल जर्नेल मा पटक पटक उल्लेख गरेका छन् । विद्यार्थी कालमा माहात्मगान्धिको प्रेरणा बाट उत्प्रेरित विरंज्ञना दिदि पछि वि. पि कोइरालाको  राष्ट्रियता, प्रजातन्त्र, समाजबाद तथा मेलमिलापको निति को कट्टर र्समथकको रुपमा रहनु भएको थियो र नेपाली काँग्रेसको प्रजातन्त्र, समाजवाद को नारालाई नेपाली जनताले औधि मनपराएका थिए र यहि शिदान्त प्रति नेपालीकाँग्रेस लामेा समयसम्म जनताको माझमा रहयो ।

आफ्ना भनाइ र विचार हरु स्पस्ट रुपमा जनतामाझ राख्ने र आफ्ना भनाई र काम गर्राईमा तात्बिक भिन्नता नराख्ने स्पस्टअडानकी धनि शैलाजा दिदिको यो पक्ष लाई मात्र देशका तमाम वर्ग र समुदाय तथा विषेशगरि राजनैतिक संस्थासँग आबद्ध तमाम वर्ग ले अबलम्बन गरेमा देशमा देखिएका धेरै समस्याको हल हुन सक्ने थियो भन्ने यस लेखकलाई लाग्दछ ।

कुनै समय यस्तो थियो शैलजादिदिको नाममात्र सुन्दा समेत नेपालका पुलिस र सैनिक तथा तत्कालिन पञ्चायतका भरौटे हरुको मनमा कालो वादल मडारिन्थ्यो भने पुणिमाको रात मा पनि औंसिको जस्तै रहन्थ्यो कलिलो प्रजातन्त्रको घाँटि निमठिएपछि २०४६ सालसम्मको जनआन्दोलनसम्म आइपुग्दा कहिले पत्रपत्रिका मार्फ त कहिले भुमिगत रुपमा जनतालाई नेपाली काँग्रेस उसले लिएको निति र प्रजातन्त्रको पक्षमा सुक्षित गर्दै रहनु भयो भने यो समयमा पार्टिले गरेका हरेक किसिमका आन्दोलनमा सरिक हुनुभयो । २०४६ सालको आन्दोलनमा उहँाको अहम भुमिका रहेको हामिले पाउँछौं । प्रजातन्त्रको प्राप्तिपस्चात जननायक विपि कोइरालाले भने झैं पार्टिमा सुकिलाहरुको दबदबा बढ्दछ र इमान्दार कार्यकर्ताले पुन र्सर्ंघष गर्न पर्छ भने झै नेपालीकाँग्रेसमा त्यस्ता तत्वहरुको विगविगी बढ्नगयो फलस्वरुप राजनितिमा धेरै उतार चढाब हरु आइरहेका थिए ता पनि शैलजाजिले राजनिनितिमा निस्ठा र नेतिकता रहनु पर्ने भनेर आवाजहरु बुलन्द गरि रहनु भयो उहाँको पुराना र त्यागी कार्यकता हरु पाखालागी सकेको अबस्थामा उहाँको सहि र सत्यकुरा बुझ्न् कोहिथिएन तापनी आफ्नो औकातले भ्याएसम्म लडिरहनु भयो । शोक को यो घडिमा तपँाइको समाजवादि धार नैतिकता, इमान्दारिता तथा निस्ठा सहितको राष्ट्रियता प्रजातन्त्र को नाउँमा कसै सँग सम्झौता नगर्ने विचारको एकचोटी नेपालमा विजय अवस्या हुनेछ र बिचारहरु सदा अमर रहनेछन् । श्रदा सुमन सैलजा दिदि जयनेपाल

1 Comment

  1. Manoj says:

    A great leader, Nepali Women. Jay Nepal.

Leave a Reply