This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

नागरिक सर्वोच्चताको खिल्ली

untitledरामहरी ओझा -सचिव

 


नपाल पत्रकार महासंघ, डोटी शाखा

 

२०६६ साल जेठ ३ गते एकिकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले काठमाण्डौंको खुलामञ्चमा भाषण गरेको सुन्दा उहिले गाउँमा घटेको एउटा सत्य घटनाको याद आयो । श्यामवहादुर भन्ने एक सोझा साझा मान्छे । देवी देवतालाई पशु वली दिनु पर्ने हिन्दु संस्कार अनुसार उनलाई पनि बोकाको वली दिन धामीझाक्रीहरुले अर्‍हाए छन । बिचरा सोझा र्रर् इमान्दार मान्छे वलीको लागि कालो वोका खोज्दै छिमेकी गाउँमा पुगेछन । मोल मोलाई गरेर कल्कलाउदो कालो बोका डोर्‍याउदै आईरहेका श्यामवहादुर काकालाई गाउँका केही छट्टु केटाहरुले देखेछन । सैतानी गर्न रमाइलो मान्ने उनीहरुले सोझा श्याम काकालाई उल्लु वनाउने योजना वनाए । योजना मुताविक वाटोमा उनीहरु अलि दुरी वनाउदै एक्ला एक्लै उभिए ।

पहिलो भेट हुने केटाले काकालाई सोध्यो काका तपाईले वाख्रा कहाँवाट ल्याउनु भयो – श्याम काकाले भने-मर्ुख बाख्रा होईन बोका हो । उ हास्यो यस्तो कृत्रिम हासो कि उस्को हासोले काकाको कुरालाई झुटो सावित गरोस र भन्यो काका पनि सोझो मान्छे भन्या त झन हामीलाई नै ढाट्ने ! वाख्रो ल्याउने, बोका भन्ने । काका वास्ता नगरि अगाडी वढे । अलि पर अर्का युवा थिए । उनले पनि काकालाई सोधे-श्याम काका वाख्रो कतिमा ल्याउनु भयो – काकाले झोक्किएर भने-मर्ुख बोका हो तर त्यहाँ पनि त्यस्तै कुरा दोहोरियो । काका चुप लागि अगाडी वढे । उनले मनमनै सोचे यिनीहरु जो भेटेपनि यसरी बाख्रो किन भनिरहेका छन । उनी सोच्दै अगाडी वढ्दै थिए कि अर्का युवाले भनिहाले-काका बाख्रा पाल्न लायकको छ राम्रो जातको बाख्रा किन्नु भएछ । अव त काकालाई दोधार भएछ, उनलाई आफैले किनेर ल्याएको बोकाप्रति शंका लाग्न थाल्यो । तिन-तिन जना पढेलेखेका युवाहरुले बाख्रो भन्दैछन, के भएको होला भन्ने सोच्दै अगाडी वढिरहेका वेला एक युवाले काका नमस्कार भनेर सुरु गरे । काका बाख्रा त व्याउने जस्तो छ नि ! हो – अव त श्याम काकालाई एकदमै बिश्वास हुन थाल्यो र मनमनै भन्न थाले – यो मोराले बोका भनेर बाख्रो दिएको रहेछ कि क्या हो -

काका यति भ्रमित भएकी उनले त्यो बोका हो वो बाख्रो हो भन्ने ठम्याउनुको सट्टा फर्केर सिधै बोका amिक्री गर्ने किसानको घर पुगे र रिसाउदै भने- तेरी मा डाँका, बोका भनेर बाख्रो वेच्ने – चाहिन्न तेरो बाख्रो ल्या मेरो पैसा । बिचरा किसानको कुरै नसुनी एकोहोरो रुपमा आप\m

नो कुरामात्र राखेर गए । सोझा-साझा मान्छेलाई सन्का छुटेछ । वलीको बोका खोज्न गएका काका भोक्भोकै साँझ घर फर्केछन । आफुलाई पढेलेखेका भन्ने युवाहरुले हामीले यस्तो गरिदियौं भन्ने सान देखाउनका लागि र गाउँको बिचमा वसेर खित्का छोडेर हास्नका लागि सोझा मान्छेलाई “मर्ुख हो” भन्ने वनाउनका लागि मात्र यस्तो गरे तर काका सही ठाउँमा थिए उनले बोका नै ल्याएका थिए । ति धोका दिने केटाहरुसंग अहिलेसम्म पनि काकाको राम्रो सम्वन्ध वनेन ।कमरेड प्रचण्डको भाषणवाट मलाई किन हो किन श्याम काकाको त्यो घटना याद आयो । नेपाली जनता पनि सोझा छन, इमान्दार छन, उनीहरुले वर्ेइमानी-फटाही जानेका छैन । अलि ठुलो हुलले चर्को स्वरमा जे करायो त्यही कुरा “ठिकै हो कि क्या हो” भन्ने निश्कर्षतुरुन्तै निकाली हाल्छन । सही बिश्लेषण गर्न सक्ने क्षेमतामा नेपाली जनतालाई पुर्‍याउनु पर्ने आवश्यकता कसैले पनि ठानेनन् । आफुलाइ खाटी कम्युनिष्ट भन्ने र र्सवहारा श्रमजीवी वर्गको एकल अधिनायकत्व स्थापना गर्छर्ुुन्ने मार्क्स, लेनीन र माओका चेलाहरु देखि समाजवादी राज्य ववस्था स्थापना गर्ने नाममा जनताको टाउकोमा बसी रजाई गर्नेहरुसम्मले जनतालाई सु-सूचित गर्न आवश्यक ठानेनन् । अहिले आएर तिनै दक्षिणपन्थी र वामपन्थी भनाउदाहरु जनताका बिचमा दोहोरो भ्रम सृजना गरिरहेका छन । हिजोका दिनमा दरवारले जनतालाई आधारभुत आवश्यकताको पहुँचवाट टाँढा राखेको भन्नेहरु अहिले आपसमै कुकुरे लर्डाई लडिरहेका छन । एउटाले एकथरी गर्छ र जनताका लागी गरेको भन्छ, अर्कोले अर्कोथरी गर्छ र त्यो पनि जनताका लागि हुन्छ तर यथार्थमा यिनीहरुले गरेका सवै काम व्यक्तिगत तथा दलगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर गरेका हुन । यसवाट जनतालाई रत्तिभर पनि फाईदा भएको छ भने त्यो संयोगमात्र हो ।

 

नो जेल कपाल र दहीरंगे जुङ्गा टल्काउदै नागरिक सर्वोच्चताको लागि रुकमांगद कटुवाललाई कारवाही गरेको ठोकुवा गर्दछन । राष्ट्रपतिले बिदेशी प्रभुकोर् इसारामा कार्यकारणी अधिकार सहितको मन्त्रीपरिषद्ले गरेको निर्ण्र्ााउल्टाएको आरोप लगाए । जनताको पक्षमा निर्ण्र्ाागर्दा पनि काम गर्न नदिएकोले आफुले सरकारवाट राजीनामा दिएको वताए । नागरिक सर्वोच्चताको लागि सरकार दाउँमा लगाउने आफुमात्र जनपक्षीय नेता भएको पनि फलाके । राष्ट्रपतिको कदमका बिरुद्ध सडक र सदन आन्दोलन गर्ने घोषणा गर,े गाउँगाउँवाट, टोलटोलवाट आन्दोलन छेडिने धम्की पनि दिए ।वा कमरेड वा, क्या मज्जाको भाषण । त्यो भाषणले आम नेपाली जनतालाई श्याम काका जस्तै “ए हो कि त क्या हो” भन्ने भ्रम सृजना गर्न सफल भएको छ । प्रचण्ड महोदयले खोकेपनि ताली पिट्ने वानी परेका माओवादी कार्यकर्ताहरुले बिचबिचमा वसेर ताली वजाएको सुने पछि के बोल्दा रहेछन त प्रचण्डले भनि कार्यक्रम स्थल पुगेका बिभिन्न क्षेत्रका महानुभावहरुले र आम जनताले पनि ताली वजाई उनको कुरालाई अनुमोदन गरे । प्रचण्डहरुको छाती ढक्क भयो ।

अहिले नयाँ बिषयले चर्चा पाएको छ । नागरिक सर्वोच्चता र बिदेशी प्रभु । कमरेड प्रचण्डले आप

 

m पेशागत धर्म अनुसार एण्टिभाईटिक मात्र खुवाएका हुन । पेशा छोडेर लामो समयसम्म राजनीतिमा लागेका कारणले होला बिचरालाई कति मात्राको एण्टिभाईटिक दिने भन्ने थाहा भएन र निको हुनुको सट्टा रियाक्सन गर्‍यो ।

बिषय-प्रसंगको कुरा गर्दा राष्ट्रपति डा. रामवरण यादवले उठाएको कदम पक्कै पनि असंबैधानिक हो, यसमा कसैको दर्ुइमत हुन सक्दैन र असंबैधानिक होईन भनेर वसह गर्नु पनि समय खेर फाल्नु वाहेक अरु केही होईन तर त्यही कटुवाल प्रकरणमा संबिधान र सैनिक ऐन मिच्ने काम प्रचण्डहरुवाट पहिले नै भईसकेको थियो । कानुनले दिएको अधिकारभन्दा माथी उठेर निर्ण्र्ाागर्दा नागरिक सर्वोच्चताको ख्याल नहुने अर्कोले त्यही वाटो प्रयोग गर्दा अर्कोलाई प्रश्न उठाउने – आफुले गरेको गल्ती अरुले पनि दोहोर्‍याउन सक्छन भन्ने कुराको हेक्का के प्रचण्डहरुलाई पहिले थिएन – कि त माओवादीले जे गरे पनि नागरिक सर्वोच्चताका लागि हुने अरुले गरेकेा सवै बिदेशी प्रभुकोर् इसारा वा सैनिक सर्वोच्चता हो । यस संबिधान मिच्ने खेलको सुरुवात प्रचण्ड सरकारवाटै भएको हो । डाक्टर साहावले त आप 

अहिले उक्त प्रकरण सर्वोच्चमा छ । त्यसको अपरेशन गर्ने वा सामान्य औषधी दिने वा मृत घोषणा गर्ने त्यो जिम्मा अव सर्वोच्च अदालतको हो क्यार ! नागरिक सर्वोच्चताका कुरा उठाउनेहरुले न्यायिक सर्वोच्चता पनि वुभनु जरुरी छ । राष्ट्रपतिले गलत गरेका हुन, त्यसवारेमा मुद्धा न्यायिक प्रक्रियामा छ । अदालतमा पुगेको मुद्धालाई फेरी सडक र सदनवाट उठाउने निर्ण्र्ााे कस्तो प्रकारको नागरिक सर्वोच्चता खोन्दैछन कमरेड प्रचण्डहरु – यदि यस्तै हो भने भोली कुनै अर्को व्यक्तिको नेतृत्वमा रहेको कार्यकारणी अधिकार सहितेको मन्त्रीपरिषद्ले कुनै व्यक्तिलाई मुत्युदण्ड दिने निर्ण्र्ाागरि देला अरे ! त्यसपछि के हुन्छ – त्यतिवेला राष्टप्रमुखले सजाय गर्न मिल्दैन भन्न मिल्ने कि न मिल्ने -आदरणीय नेता ज्यूहरु तपाईहरुका आ-आप

 


\m

नै प्रकारका नागरिक सर्वोच्चताका परिभाषाहरु आफ्नै खल्टीमा राख्नुहोस । नेपाली जनतालाई उल्लु वनाएर, नेपाली जनताम भ्रम सृजना गरेर नेपाली जनतालाई फेरी सडकमा आउन र फेरी ज्यान गुमाउन, फेरी रगत वगाउन नउस्काउनुहोस । काठमाण्डौंका रामहरी श्रेष्ठको हत्या हुँदा, कञ्चनपुरका पत्रकार प्रकास ठकुरी वेपत्ता भएको दर्ुइ वर्षबित्दा,, पत्रकार उमा सिंहको हत्या हुँदा, पत्रकार जगत जोशीकेा हत्या हुँदा र पछिल्लो पटक प्रचण्ड थैवको हत्या हुँदा नागरिक सर्वोच्चताको कुरा कसको सिरानीमा थियो भनि नेपाली जनताले प्रश्न गर्न पाउने कि नपाउने – दैलेखमा शिक्षक-बिस्थापित हुदैछन, रामछापमा फरक बिचार राख्ने पार्टर्ीी कार्यकर्ताहरुलाई जिल्ला छोड्न उर्दी दिईएको छ, अर्धाखाँचीमा केन्द्रीय सदस्य टोपवहादुर महोदयले समेत फरक दलका कार्यकर्ताहरुलाई आक्रमण गर्न निर्देशन दिएका छन, पोखरामा त्यस्तै भएको छ । यि घटनाहरुमा तपाईको नागरिक सर्वोच्चताको परिभाषाले मेल खान्छ कि खाँदैन – त्यसकारण आदरणीय कमरेडहरु हिजोका दिनमा दरवार, कांग्रेस, एमाले सवैले आप

 


\mनो भुडी भरेकै हुन । तपाईहरु पनि भुँडी भर्नका लागि नै यत्रो लर्डाई लडेर आउनु भएको छ । चुपचाप भुँडी भर्नुहोस । नागरिक सर्वोच्चताको खिल्ली उडाएर नेपाली जनतालाई दुःख दिने अनि दलगत सर्वोच्चता र व्यक्तिगत सर्वोच्चता स्थापना गरेर थपडी वजाउने दुस्साहस नगर्नुहोस । यदि यस्तै गर्नुहुन्छ भने जुन दिन नेपाली जनताले तपाईको वास्तविकता वुभ\mनेछन त्यसदिन देखि जनता फर्केर तपाईतिर ……………..पनि गर्ने छैनन् ।

 

 

 

 

 

 

 

ram.kapi@gmail.com <mailto:ram.kapi@gmail.com>, ojhakapi@yahoo.com

 

 

 

 

 


 

 

 

 

Leave a Reply