This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

नक्कली नोटसहित पक्राउ

एनएनओ मोरङ ,नक्कली नोटसहित मोरङको झुर्कियाबाट चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउपर्नेहरुमा भारत दादरबरियाका २५ बर्षीय राजेन्द्र मण्डल २८ बर्षीय सुरेन्द्र साह २७ बर्षीय सत्यना मण्डल र १५ बर्षीय किशोर साह रहेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक अनिल पौडेलले बताउनुभयो ।
झुर्किया-२ स्थित मेघराज राजवंशीको पसलमा पैसा साट्ने क्रममा चार हजारका नक्कली नोटसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तउपर जाली नोट ओसारपोसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply