रगत अभाबका कारण उपचारमा समस्या
एनएनओ कतार,बिगत आठ बर्ष देखी बैदेशिक रोजगारीका शिलसिलामा कतारमा कार्यरत गोरखा जिल्ला पालुङटार १ घर भएका नन्दराज गिरीको रगत अभाबका कारण मुटुको भल्व फेर्न समस्या भएको छ ।
भल्व फेर्न आवश्यक पर्ने कतारी रियल ८ हजार बिभिन्न स्रोतबाट जम्मा गरी सकिएको भएपनि ए नेगेटिभ ग्रुपको रगत नपाउदा उनको उपचार हुन सकेको छैन ।
चिकित्सकले कम्तीमा ४ पोइन्ट रगत आवश्यक हुने बताए पछि एनआरएन एनसिसी कतारले रगत दान गर्न इच्छुक लाई सहयोगका लागि अपिल गरेको छ ।
रगत अभाबकै कारण अपरेशनको मिती पटक पटक सारीएकोले जति चाडै रगतको व्यबस्था गर्न सक्यो त्यति नै चाडो उनको उपचार हुने अस्पतालले जनाएको छ ।
एनआरएन एनसिसी कातारका महासचिब बिलबहादुर गुरुङले सहयोगका लागि नरेन्द्र भाट फोन नं ५५२४६७२ बालकृष्ण ७८४२१५ नन्दलाल गिरी ६२३९८४७ र श्रीकृष्ण भट्ठराई ७४६३२९३ मा संपर्क राख्न अनुरोध गरेका छन् ।
