ट्याक्टरले ठक्करदिँदा एक रिक्सा मजदुरको मृत्यु
एनएनओ मोरङ,पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने मोरङको शनिश्चरे-१ स्थित डाँस खोलाको पुलमा को १ त ५३८७ नम्बरको ट्याक्टरले ठक्करदिँदा मंगलबार एक रिक्सा मजदुरको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको सो ट्याक्टरले सोमबार राति ठक्कर दिँदा रिक्सा मजदुर मोरङ इटहरा-२ भौंडाहा निवासी ४५ बर्षीय तिरु सरदार गम्भिर घाइते भएका थिए ।
घाइते सरदारको धरानस्थित बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्याक्टर चालक फरार रहेको बताइएको छ ।
