मोटरसाइकलबाट खसेर एक महिलाकॊ मृत्यु
एनएनओ चितवन, चितवनको भरतपुरमा मोटरसाइकलबाट खसेर एक महिलाकॊ मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ टिट्याङ-७ की ३५ वर्षीया शान्ता खड्का रहेको प्रहरीले जनाएको छ ।
बा ३६ प ८ ६ ७ ० नम्बरको पल्सर मोटरसाइकल नारायणगढतर्फ आउंदै गरेको अवस्थामा भरतपुर ७ कृष्णपुरस्थित क्यान्सर अस्पताल नजिकै दुर्घटना भएको हो ।
यसैबीच गएराति पूर्वी चितवनको भण्डारामा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । ना ४ ख ५ ६ २ नम्बरको ट्रक र ना ३ ख २ १ २ ६ नम्बरको बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
घाइते मध्ये दुई जनाको भरतपुर अस्पताल र दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
