This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

एमाले महासचिव ईश्वर पोखरेल कतार आउदैं

एनएनओ दोहा,प्रवासी नेपाली सम्पर्क माच दोहा कतारले यहि आगामी सन २०१० फेवु्रअरी २६ मा आयोजना हुने माचको चौंथो राष्ट्रिय सम्मेलन उद्घाटनका लागि नेकपा एमालेका महासचिव क। ईश्वर पोखरेल कतार आउन लागेको जानकारी दिएको छ ।
कार्यक्रमको विषेश अतिथि नेकपा एमालेका केनिद्रय सदस्य  तुल वहादुर गुरुङले सम्वोधन गर्नु हुने कार्यक्रम रहेको कुरा माचले जनाएको छ ।  सम्मेलन विशेषत प्रवासी नेपालीहरुका हक हित र अधिकारका सम्वन्धमा केन्द्रित रहने कुरा समेत माचले जनाएको छ । 
मुलुकको अन्योलपूर्ण राजनितिक अवस्था चलिरहेकै अवस्थामा कतारमा माचको सम्मेलनको अवसरमा मुलुकमा शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुरयाई  दीर्घकालीन रुपमा शान्ति स्थापना गरी मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विषयमा माचले खेल्नु पर्ने भूमिकाका सम्बन्धमा समेत जानकारी गराउँनको लागि एक अन्तरकि्रया कार्यक्रम आयोजना गरिने कुरा माचले जनाएको छ । यसै क्रममा  मुलुकको पछिल्लो राजनितिक घटनाक्रमका विषयमा प्रवासी नेपाली बीच प्रष्ट गरिने कुरा समेत माचलॆ जनाएको छ ।
प्रवासी श्रमिक नेपाली बीच एक आपसको सम्वन्धलाई प्रगाढ वनाउनका निम्ति उक्त सम्मेलन कोशेढुङ्गा सावित हुने कुरा समेत माचले जनाएको छ । साथै उक्त सम्मेलनले प्रवासी नेपालीहरुका समस्याहरु र समधानका वारेमा छलफल गरिनुका साथै नयाँ कार्यसमिति चयन गरिने कुरा समेत माचले जानकारी दिएको छ ।

Leave a Reply