« भर्जिनियामा कृतिकाको दूर्घटनामा परी मृत्यु | Main | धादिङ घटनाको तरुण दल तथा नेपाली काँग्रेसद्धारा भर्त्सना »
प्रवासी नेपाली सम्पर्क मञ्चको प्रारम्भिक समिती सनैया २६ (क) गठन
By Kumar Karki | November 19, 2008
प्रवासी नेपाली सम्पर्क मञ्च दोहा कतारले क. कपिलमनी खतिवडा को अध्यक्षतामा प्रारम्भिक समिती सनैया २६ (क) गठन गरेको छ। केन्द्रिय कमिटीका उध्यक्ष क.नरेश श्रेष्ठको प्रमुख आतीथ्य तथा प्रवास कमिटी का सस्थापक सचिव शमशेरदिन मियां को विशेष आतिथ्यमा विभीन्न कम्पनिमा कार्यरत र सनैया स्टि्टमा वस्ने नेपालीहरुको वृहत भेलाले ९ सदस्यीय कार्य समिती को गठन गरेको छ। कार्य समितीको उपाध्यक्षमा सोमलाल खवास सचिवमा धन वहादुर पाण्डे कोषाध्यक्षमा केशव श्रेष्ठ तथा सदस्यहरुमा दिल वहादुर सिमु , चन्द्र देव शाहा , विनु व. मगर , राम कुमार र चौधरी कुमार खतिवडा रहनुभएको छ।
उक्त भेलामा केन्द्रिय कमिटीका उपाध्यक्ष विर वहादुर थापा महासचिव पूर्ण के.सी. सचिव रामहरि गैहै कोषाध्यक्ष हरी कुमार वस्नेत सदस्य दिनेश कुमार लुईटेल क्षेत्रिय ईन्चार्ज लेखनाथ खतिवडाको उपस्थित थियो। भेलामा प्रमुख अतिथी श्रेष्ठले सम्पर्क मञ्च आफैमा एक राजनैतिक पृष्ठभुमी वाट दोहामा स्थापना भएपनि आज सामाजीक कार्यमा नै हाम्रा कार्यक्रमहरुलाई अगाडी वढाएर लैजानुपर्ने हाम्रो प्रमुख कार्य भएको कुरा स्पट पार्नु भएको थियो साथै उहांले दोहामा नेपालमा जस्तै राजनैतिक गतीविधीमा धरपकड, आन्दोलन र चक्काजाम जस्ता कार्यक्रमहरु व्ााट आना कुनै पनि गैह् जीम्मेवारी व्यवहार नदेखाएर संगठीत रुपमा दोहाको कानुन लाई पूर्ण रुपमा पालना गरेर अगाडी वढ्नु पर्ने हुन्छ भनेर प्रष्टाउनु भएको थियो। साथै भेलामा अतिथी थापाले सम्पर्क मञ्चको स्थापना यसले हाल सम्म गरेका कामहरु र भावी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको वारेमा वताउनुभएको थियो। अर्का अतिथी पूर्ण के.सी. ले संगठन को अपरिहार्यता , अनुशासनको पालना , नेकपा एमाले नै भावी देशको परिवर्तनको वाहक भएको भन्दै प्रवासी नेपाली उक्त प्रारम्भिक समितीको कार्यकालको प्रगती तथा निरन्तरता र रचनात्मक कार्यको लागी अपेक्षा गरेको र विश्वाश लिएको पनि वताउनु भएको थियो
उक्त कार्यक्रम केन्द्रिय समितीका सचिव रामहरी गैहे्ले सञ्चालन गर्नूभएको थियो भने कार्यक्रम को अध्यक्षता क. टेक वहादुर तामागले गर्नु भएको थियो। शहिदहरुको सम्झनामा १ मिनट मौंन धारण गरेर सञ्चा्लन गरेको उक्त कार्यक्रममा ५० जना जतिको उपस्थित थियो। भेलाले क. टेक वहादुर तामाग को अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन गरेको छ। सल्लाहाकार सदस्यहरुमा कृष्ण व. खत्री , दिपक चैाधरी लक्ष्मण सुवेदी र विल व. वुढाथोकी हुनुहुन्छ।
Topics: कतार |






















November 21st, 2008 at 5:06 am
Pheri Samser din ji haru jasta phataha haru pani comittee gathan gardai hidna thalnu bhayachha ? ke ho asti bharkhar yamale le niskasan gareko haina party secretary bata ? Pheri rajnitik party ko abaran bata kasailai thagne soch ma hunu hunchha ki ke ho Samser Din ji ——————-.