« युएइको अलकोजमा एक नेपालीको मृत्यु | Main | प्रवासी नेपाली सम्पर्क मञ्चको प्रारम्भिक समिती सनैया २६ (क) गठन »
भर्जिनियामा कृतिकाको दूर्घटनामा परी मृत्यु
By Kumar Karki | November 19, 2008

काठमाडौं हाँडिगाउँ घर भइ हाल अमेरिकाको भर्जिनिया इन्टरन्याशनल युनिभर्सिटी भर्जिनिया राज्यमा अध्ययनरत कृतिका सिंह २१, को सोमबार राती करिब ११ बजे मोटर दूर्घटनामा परी मृत्युभएको छ ।
भर्जिनियाको भियना नजिकै ६६ नामको हाइवेमा राती कामबाट कोठामा फर्किरहेका बेला उक्त दूर्घटना भएको थियो । हाइवेमा मेट्रेस खसेको र सिंहले चलाएको गाडि अगाडि बाटोमा खस्न पुगेको मेट्रेसमा ठोक्किन गई दूर्घटनाग्रस्त भएको सिंहकी साथी अल्का कटुवालले नेपालीपोष्टलाई जानकारी दिनुभयो । सिंहको साथमा रहेका अर्का एक नेपाली भने सकुशल रहेका थिए ।
करिव दुइ वर्षअघि अध्ययनका क्रममा अमेरिका आइपुगेकी कृतिका सिंहका पिता केशबबहादुर सिंहले आफ्नी छोरीको शब काठमाडौं पठाउन अनुरोध गर्नुभएको कुरा सिंहकी साथी अल्का कटुवालले नेपालीपोष्टलाई बताउनुभयो ।
मृतकको शब काठमाडौं पठाउनका लागि स्थानीय संघसंस्था तथा सर्वसाधरण सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न समेत साथी अल्का सिंहले आग्रह गर्नुभएको छ ।
Topics: कतार |





















