« नेपाल पत्रकार महासंघद्धारा संविधान निर्माण तत्काल गर्न माग | Main | नयाँ नेपाल निर्माणमा यूनिटकिो भुमिका »
युनिटिले ग्रामिण विकासलाई टेवा दिईरहेको छ - धीरेन्द्र प्रसाद कोइराला
By Kumar Karki | November 12, 2008
विं.सं. २०२८ साल वैशाख ३० मा आमा वेदकुमारी कोइराला र बुवा कालकृष्ण कोइरालाको कोखबाट चितवनको एक मध्यमवर्गीय परिवारमा जन्मिएका धीरेन्द्र प्रसाद कोइराला शैक्षिक फाँटतर्फविशेषगरी अर्थशास्त्र विषयका विद्यार्थी यससम्बन्धी अध्ययनमा गहिरो अभिरुचि राख्ने व्यक्तित्व हुन् । ‘जहाँ अवसर त्यहाँ चुनौती’ भन्ने सिद्धान्तवादी कोइराला हाल मलेसियामा विगत ३ वर्षेखि अध्ययनरत मात्रै छैनन्, देश र जनताकै आर्थिकस्तर उकास्ने अठोटका साथ नेपालस्थित एक कम्पनी एसोरेन्स युनिटी लाइफ इन्टरनेशलन लिमिटेडसँग सम्बद्ध छन् । प्रस्तुत छ, यसै सेरोफेरोमा उनीसित नयाँ नेपाल अनलाईनका मलेशिया प्रतिनिधी श्रीधर सुबेदीले गरेको कुराकानी ः
धीरेन्द्र जी, नमस्कार, कुराकानीमा तपाईंलाई स्वागत छ ।
-नमस्कार, तपाईंलाई पनि, धन्यावाद ।
तपाईंको शैक्षिक पृष्ठभूमीबारे केही बताइदिनुहोस् न -
-मैले माध्यामिक तहसम्मको पढाइ चितवनमै मामाघरमा बसेर त्यहाँको स्थानिय विद्यालयबाट पूरा गरेको हुँ । र उच्च माध्यमिक तहको पढाइ चाँही काठ्माडौंबाट पूरा गरें । मेरो पहिलेदेखि नै अर्थशास्त्र सम्बन्धी विषय अध्ययनका लागि एकदमै रुचीको विषय भएकाले सोही विषयमा स्नातकोत्तर तह पूरा गरेको छु । अनि थप पढाइ पूरा गर्न मलेसिया आएँ ।
पढाइको उपयुक्त थलो मलेसियालाई नै रोज्नुको कारण के -
-मैले अघि नै भनिसकें, म अर्थशास्त्रको विद्यार्थी तथा यस क्षेत्रको गहिरो अध्ययन गर्न निकै रुची राख्ने भएकाले चार्र्टर्ड एकाउण्ट ९ब्ऋऋब्) कोर्स पढ्न यहाँ आएको हो । अर्कोकुरा, अन्य मुलुकहरुको तुलनामा मलेसियाबाट यो पढाइ पूरा गर्न मेरो पारिवारीक आर्थिक स्थितीले पनि भ्याउने तथा सुलभ हुने भएकाले र एसिया प्यासिफिक क्षेत्रमा भएका आर्थिक सुधारहरुलाई पनि नजिकैबाट गहिरो अध्ययन गर्न पाइने भएकाले मलेसियालाई नै रोजेको हुँ ।
पढाइको अलावा के गरीरहनुभएको छ त यहाँ -
-म पर्ढाईको अलावा एसोरेन्स यूनीटि लाइफसँग पनि सम्बद्ध छु । म युनिटी लाइफको मलेसियास्थित संयोजकको रुपमा विगत ९ महिनादेखि आफ्नो भूमिका निर्वाह गरिरहेको छु ।
प्रसंग मोडौं, तपाईं संयोजक भन्नुभयो, कसरी आबद्ध हुनुभयो - कस्तो खालको कम्पनी हो एसोरेन्स युनिटी लाइफ ?
-एसीयाली मुलुकहरुका एसोरेन्स कम्पनीहरुको सिंगापुरमा भएको एउटा वैठकमा मैले पनि भाग लिएको थिएँ, आफुलाई रुची भएकाले । सोही वैठक लगत्तै मलेसिया र्फकँदा एसोरेन्स पोलिसी लिएर नेपालमा स्थापित युनिटको बारेमा थाहा पाएँ । युनिटीले मलेसियामा सदस्यहरु विस्तार गरिरहेको सोही समयमा यसमा रहेका नीति तथा उद्देश्यहरु मलाई पनि मन परेकाले नै म आबद्ध भएँ ।
एसोरेन्स युनिटीलाइफ विं.सं २०६२ चैत्र १५ मा स्थापित एउटा यस्तो खालको कम्पनी हो, जसले यससँग आबद्ध कोही सदस्य यदि विभिन्न दर्ुघटनामा परी ज्यान गुमाएमा मृतकका परिवारले राहत तथा जीवन बिमा पाउने ग्यारेन्टी प्रदान गर्ने गर्दछ । साथै यो एउटा लघुवित्तिय अर्थतन्त्रमा आधारित कम्पनी पनि हो । हामीले लघुवित्तिय अर्थतन्त्रको -ःष्अचय-ाष्लबलअभ त्जभयचथ) सिद्धान्तलाई आत्मसात गर्दै अघि बढीरहेका छौं । आफ्नै खुट्टाले टेकेको अर्थतन्त्र बलियो हुन्छ र त्यसको आधार नै जनता हुन् । यस सर्न्दर्भमा ‘जनताबाट जनतालाई नै -ँयच तजभ एभयउभि, त्य तजभ एभयउभि)’ भन्ने नै हाम्रो कार्यनीति हो । हाम्रो मुलुक कृषिअर्थतन्त्रमा निर्भर रहेकाले अहिले १३ प्रतिशत मूल्य स्पिmर्ति हुँदा पनि टिकीरहेको छ, यदि कृषि अर्थतन्त्र नभएको भए ६ प्रतिशत मूल्यस्पिmर्ति हुँदा पनि उहिल्यै निकै गिरावट आइसक्थ्यो । त्यसैले यस्ता खालका सारा कुराहरुलाई ध्यान दिंदै स्वास्थ्य सुरक्षा र देशको आर्थिक विकासका लागि जनताको सानो पूँजीबाट ठूलो विकास गर्न युनिटी लागि परिरहेको छ ।
सदस्यता नलिएकाहरुले राहत तथा विमा पाउँदैनन् भन्नुभयो, सदस्यता कसरी लिने - यदि सदस्य बनिसकेपछि सो रकम फिर्ता लिनुपरेमा आवश्यक प्रक्रिया के छ ?
-हो । युनिटी लाइफसँग सदस्यता लिएकाहरुका लागि मात्रै यो सुविधा हामीले प्रदान गर्न सक्छौं । फेरि अर्को कुरा सदस्यहरुलाई सहुलियत शुल्कमा स्वास्थ्य परिक्षण लगायत थुप्रै सेवा तथा सुविधाहरु पनि रहेका छन् । यर्सअर्थमा धेरै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हामीले समेट्ने प्रयास गरिरहेका छौं । यसको सदस्यता लिनको लागि कम्पनी केन्द्रबाट नै तोकीएको शुल्क प्रतिव्यक्ति ने.रु. १३ हजार तिरेर फारम भरी कम्पनीलाई बुझाएपछि नाम दर्ता हुन्छ, अनि इ-कार्डका साथै परिचय पत्र पनि प्राप्त गर्न सकिन्छ । यसैअनुरुप, सदस्यता लिन सकिन्छ । साथै, एक सदस्यले अन्य सदस्यहरु बनाएर कमीसन प्राप्त गर्न सक्तछ । यदि सदस्य बनिसकेका कोही साथीहरुले पाँच वर्षभत्रैमा फिर्ता लिन चाहेमा कम्पनीको नीति नियमअनुरुप, सदस्य हुँदाखेरिको ने.रु.१३ हजारको ३५ प्रतिशत रकम कटौती गरी फिर्ता पाउनेछन् , र यदि पाँच वर्षछि सो रकम फिर्ता लिन चाहेमा व्याज ने.रु. ६ हजार पाँच सय ५० सहित जम्मा १९ हजार पाँच सय ५० रुपैया फिर्तास्वरुप पाउनेछन् ।
युनिटीको देश तथा विदेशमा गरी जम्मा कति जना सदस्यहरु छन् - अनि मलेसियामा मात्रै कति छन् ?
-हालसम्म देश तथा विदेशमा गरी जम्मा ७० हजारको हाराहारीमा सदस्यहरु रहेका छन् जसमध्ये मलेसियामा मात्रै करिब ४ हजार चार सय जना सदस्यहरु रहेका छन् ।
वैदेशिक रोजगारीमा आउने नेपालीहरुको लागि तोकीएको प्रावधानअनुरुप नेपालदेखि नै इसोरेन्स गरिएको हुन्छ, त्यसैले यूनिटीले प्रवासिएका नेपालीहरुलाई पनि सदस्य बनाउनु आवश्यक छैन नि, होइन र - आखिर भोली यी नेपालीहरु सबै स्वदेश र्फकने नै हुन्, फेरि देशमा कुल जनसंख्यामध्ये दर्ुइ करोडको हाराहारीमा सदस्य बन्न बाँकी रहेका नेपालीहरुलाई नै सदस्य बनाउन प्रयास गरे हुन्न भन्या ?
-हेर्नोस्, विदेश आउनेलाई इन्सोरेन्सको व्यवस्था, भनेर कायम गरिएपनि ती सबैले पाइरहेका हुँदैनन्, साथै, विदेशमा रहने समय-करार अवधिभरको लागि मात्रै सो इन्सोरेन्स उनीहरुको लागि कायम गरिएको हुन्छ । तर युनिटीको सदस्यता लिएमा विदेशमा रहँदापनि र स्वदेश फर्कीसकेपछि पनि रहीरहन सकिन्छ । त्यसैले विदेशमा रहेका नेपालीहरुलाई पनि यो अति नै आवश्यक कुरा हो । हामी सबैजना लघु वित्तिय संजालभित्र आबद्ध हुनर्ुपर्दछ भन्ने हाम्रो मान्यता हो । विदेशमा रहेका धेरै नेपाली साथीहरु स्वदेश फर्केपछि उत्पादनशील क्षेत्रमा लगानी गर्दैनन्, उदाहरणको लागि मोटरसाइकल, कार किन्ने, घर बनाउने, बिहे गर्ने आदि काममा लगानी गर्छन् तर त्यसबाट अरु आय भने हुँदैन । त्यसैले स्वदेश फर्कीसकेपछि पनि ठोस उत्पादनशील क्षेत्रमा लगानी गर्नर्ुर्प्द्यछ । र आर्थिक स्तर उकास्नको लागि सामेल गराउन हामीले देश बाहिर झण्डै ४५ देशमा रहेका नेपालीहरुलाई समावेश गराएका छौं र देशभित्रै पनि यो क्रम तीब्र रुपमा बढीरहेको छ ।
एसोरेन्स र इन्सोरेन्समा के फरक छ - युनीटिका कोही सदस्यलाई दर्ुघटनामा परी ठूलै घाउ चोट लागेमा राहत वा विमा पाउँछन् कि पाउँदैनन् ?
-कुनै पनि दर्ुघटनामा परी घाइते भएका तथा ज्यान गुमाएकाहरुलाई प्रदान गरिने सानो रकम -१ लाखसम्म) नै एसोरेन्स हो । तर ज्यान गुमाएकाहरुलाई प्रदान गरिने रकम -५ लाखसम्म) लाई वा जीवनविमालाई इन्सोरेन्स भनिन्छ । दर्ुघटनामा परेर घाउचोट लागेकाहरुलाई केही महिनाअघिसम्म राहत वा दर्ुघटना विमा दिनेगरिएतापनि हाल बहुसंख्यक सदस्यहरुको विचारलाई ध्यानमा राखेर पोलिसी चेन्ज गरिएको छ । त्यसैले घाउ चोट लागेकाहरुका लागि विमाको व्यवस्था छैन बरु दर्ुघटनामा परी ज्यान गुमाएकाहरुलाई दिइने गरेको इन्सोरेन्स -विमा) १ लाखबाट बढाएर पाँच लाख पुर्याइएको छ । यसको मतलब, दर्ुघटनामा परी मृत्यू भएका मृतकका परिवारले जीवनविमा अनुरुप ने.रु. ५ लाख पाउनेछन् ।
अहिलेसम्म यूनिटीले के-के कार्यहरु गरिरहेको छ - र भावी योजनाहरु के-के छन् ?
-नेपालमा थुप्रै स्थानहरुमा अस्पातालहरु, सपिङ् सेन्टर, सावुन उद्योग जस्ता विभिन्न खालका विकास निर्माण तथा जनतालाई प्रत्यक्ष सेवा पुग्ने क्षेत्रहरुमा लगानी गरी उत्पादनमुखी कामहरुको विकास गरिएको छ । दक्ष जनशक्तिको समुचित उपयोग गर्दै ग्रामिणमुखी विकासलाई टेवा दिइएको छ ।
युनिटीले विशेषगरी स्वास्थ्यको क्षेत्रमा आफ्नो नीतिलाई सबल तुल्याई अग्रसर रहेको छ । केही महिना अघि मात्रै पोखरामा अस्पातालको लागि ७ करोड रुपैंयामा भवन खरिद गरिसकीएको छ । म्याग्दीमा पनि अस्पाताल खोल्नको लागि सम्पर्ूण्ा तयारी भईरहेको छ । यी स्थानहरु लगायत विभिन्न जिल्लाहरुमा स्वास्थ्यका क्षेत्रमा यस्तै खालका विकासशील कार्यहरुको लागि विभिन्न योजनाहरु पनि अघि सारिएको छ ।
मलेसियाको हकमा अहिले पनि सदस्यहरुको बृद्धि गर्न तथा एसोरेन्स युनिटीको बारेमा स्पष्ट पार्न विभिन्न स्थानहरुमा विभिन्न प्रशिक्षण तथा तालिम, छलफलहरु भइरहेको छ । आगामी केही महिनाभित्रै मलेसियामा अझ बढी प्रभावकारी रुपले सदस्यहरु विस्तार तथा नीति अनि उद्देश्यहरुमाथि स्पष्ट पार्न सबैलाई जमर्को गर्दै कानुनी रुपले पनि बलियो हुन कार्यलय स्थापना गर्दैछौं । यो विषयमा केन्द्रमा पनि कुरा भइसकेको छ र आवश्यक प्रक्रियाहरुको तयारी भइरहेको छ । र सन् २००९ सम्ममा मलेसियामा मात्रै १ लाख जना सदस्यहरु बनाउने लक्ष्य रहेको छ ।
अन्त्यमा प्रसंग अलिकति बदलौं, मलेसियामा झण्डै एक वर्षअघिदेखि आफ्नो संजाल बनाउँदै आएको नेटवर्किङ्ग व्यापारको रुपमा रहेको हर्वाे र नीति फरक भएपनि युनिटीले पनि नेटवर्किङ् शैलीले नै आफ्नो संजाल फिंजाइरहेको अवस्था छ । केही महिना अघिदेखि यी दर्ुइमा आवद्ध सदस्यहरुले नयाँ सदस्य बनाउँदा एकले अर्काेलाई होच्याउने तवरले उदाहरणको रुपमा पेश गर्ने गरेका छन् भन्ने सुनिन्छ नि ?
- हेर्नोस् मलेसियामा ३ हजार भन्दा बढीको संख्यामा विभिन्न नेटवर्किङ् कम्पनीहरु रहेका छन् । तीमध्ये धेरैजसो सामान/वस्तु किनमेल -एचयमगअत द्यबकभ) रहेका छन् । तर हाम्रो प्रोडक्ट/सामान भनेको सेवा हो । त्यसैले हर्वो र युनिटीबीच भएको व्यापारिक शैलीको भिन्नताले र आर्थिक रुपले जोडिएको व्यवसाय भएकाले गर्दा युनिटीका कोही सदस्यहरुले अथवा पब्लिकले उदाहरणको रुपमा हर्वोलाई पेश गरेका होलान् । यो त्यति महत्वपर्ूण्ा कुरा होइन र यसलाईं नकारात्मक रुपमा पनि हेरिनुहुँदैन, बुझिनुहुँदैन ।
अन्त्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा पाठकहरुलाई के भन्नुहुन्छ ?
-हाम्रो देश कृषि अर्थतन्त्रमा मात्र निर्भर रहेर देशमा आर्थिक विकास नहुने अवस्था छ । कृषिर्पेशा दिनानुदिन खस्कँदै गएकाले विदेशीएका नेपालीहरुले आफ्नो देशमा फर्किँदा भित्र्याएको रेमिट्यान्सले देशको आर्थिक विकासमा ठूलो सघाउ पुर्याएको छ । यद्दपी, स्वेदेश फर्किनु अघि नै विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्य सहित स्वदेशमै लगानी गर्ने गरेमा त्यसबाट आफ्नो आर्थिक जीवनस्तर उकासिनुका साथै देशकै आर्थिर सुधारमा ठूलो टेवा मिल्छ । त्यसैले आफ्नो स्वास्थ्य सुरक्षाको ख्याल गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु । र अन्त्यमा मलार् इ अटाउने ठाउँ दिनुभएकोमा तपाईं नयाँ नेपाल अनलाईन परिवारलाई पनि धेरैधेरै धन्यावाद
Topics: कतार |























November 12th, 2008 at 6:15 pm
hi I am Shalu and I would like to suggest you (kumarji) that, if you published this type of news, please check the font (nepali /english). otherwise news are good and i am appeprisate your capability.and bless with god for your successful carrier.
November 18th, 2008 at 1:15 am
I am from India.I studied in UK and back to my coutry.I studied many research paper but onetime
when i met Mr Koirala in Malaysia i really surprise because he is going to established new theory— i think he is economic philosopher.This interview can not show his all personality.Pls forecast his total view through your website.My language is hindi but i can read very slowly nepali also .
I got his interview in your website.Thanks alot.
ANANDA
November 20th, 2008 at 2:03 pm
Koiralaji— hamro neta ho–uhi bela ko–ramro manchhe ho—lucky rahechha unity bhanne — koiralaji lae kasari liyo hatama ? Herau aba koiralaji ko tagat–bishwash chha unle naya bichar dinechhan.
Nabin Adhikari–kathmandu
November 20th, 2008 at 2:33 pm
sir le–dherai kura bhannu bhayo hamilae malaysia ma.Ahile nepal aaepugiyo—khoi UNITY hamro bhega ma dekhidaina—kina hola– Bichar ta ramrai ho.
Suresh regmi, jhapa
November 20th, 2008 at 11:42 pm
gramin bikas UNITY le kaha kaha ke ke garyo—bhannu paryo sir hajur.hamro gau ma pani chhaina–
2 ghanta hider pani lyaune ho– hamro gauma bijuli chhaina—kahile bijuli balne—hamro gauma school chhaina—school kahile kholne ho ???
Malaysia ma baser mitho kura matrai garnu hunchha ki– Gaukai bikas kai lagi kehi garnu hunchha.kamai garne ho bhane sagai hamilae liyer
hidnus sir–hajur.sarai kathin bhae sakyo nepal ma.
UNKNOWN SYANJA BASI
November 21st, 2008 at 6:10 pm
Koirala-bahun haru–nepal ma girijako dako thulo
aba thala parey.Malaysia ma arko koirala–jaha gaye pani ke ho–koirala hero banaune kamai ho ki
kyaho patrika ko!Tar dhirendra sir—tapae saga chahi sahamat chhu hai–bichar ko lagi dhanyabad.
Ambika Prasad —-
makawanpur–nepal
November 22nd, 2008 at 1:53 am
Koiralaji–tapae le laghubittiya arthatantara ma
aadharita company ho bhannu bhayeko rahechha–tapae ko bichar ta hola–tar Unity ta networking
garirahechha– paisa jati thag haru le commission
khayer sakchhan kasari banaunu hunchha tapae le bhane
jasto.BANCHHAA???———– BANAUNU BHAYO BHANE TAPAE LAE SADHUBAD.