« बाढीपिडितको सहयोग रकम हस्तान्तरण | Main | प्रधानमन्त्री प्रचण्डद्वारा डोल्पाको भ्रमण »
यूएइमा लुम्बिनी वेल्फेयर सोसाइटीको रक्तदान कार्यक्रम सम्पन्न
By Kumar Karki | September 7, 2008
यही सेप्टेम्बर ४ तारिख बिहिबारका दिन साँझ यूएइको दुबइस्थित् अल वासल हस्पिटलमा लुम्बिनी वेल्फेयर सोसाइटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
मुस्लिम अनुयायीहरुको महान पर्व रमजानको समयमा यूएइमा हुनसक्ने रगतको अभावलाई मध्यनजर गरेर दुबइमा अवस्थित् अल वासल हस्पिटलद्वारा लुम्बिनी वेल्फेयर सोसाइटीलाई गरिएको आग्रह अनुसार उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
हरेक दिन पसिना तथा पिसाबको रुपमा खेरगइरहेको शरीरको रगत बेडमा छटपटाइ रहेका असहाय बिरामीलाई दान दिन सकेमा महादानको पुण्य प्राप्त हुने विश्वासमा उपस्थित् सबै रक्तदाताहरुले प्रशन्नता प्रकट गरेका थिए । यस कार्यमा यस संस्थाका सदस्यहरु र अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । गत साल पनि रक्तदान गर्नु भएका तथा हालसम्म १२ औं पटकसम्म रक्तदान गरिसक्नु भएका चोपलाल पाण्डे र दुइजना बच्चासहित पुग्नु भएका श्रीमान श्रीमती राजु तिवारी दुवैजनाले रक्तदान गर्नु भएको थियो । उक्त अवसरमा लगभग ४० जनाको समुपस्थितिमा २६ जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दान दिनुभएको थियो ।
व्यवस्थितरुपमा संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन पक्षले सबै रक्तदाताहरुलाई धन्यवाद दिनुका साथै भविश्यमा आवश्यक परेको समयमा फेरि पनि आइदिनु हुन अनुरोध गरेको थियो । सो अवसरमा रक्तदाताहरुलाई आवश्यक चेकअप र जुस पिउन पाउने राम्रो व्यवस्था मिलाइएको थियो । लुम्बिनी वेल्फेयर सोसाइटीले रक्तदाताहरुलाई बरदुबइबाट हस्पिटलसम्म आउन र जानका लागि गाडीको व्यवस्था पनि उपलब्ध गराएको थियो ।
Topics: कतार |





















