« कतारमा तिज कार्यक्रम सम्पन्न - स्याससको भावि कार्यक्रमहरुको घोषणा | Main | यूएइमा लुम्बिनी वेल्फेयर सोसाइटीको रक्तदान कार्यक्रम सम्पन्न »
बाढीपिडितको सहयोग रकम हस्तान्तरण
By Kumar Karki | September 7, 2008
नेपाल श्रमिक संगठन प्रवास शाखा मलेसियाको तर्फबाट कोशीको बाँध भत्किए पछि विस्थापित हुन पुगेका परिवारको सहयोगार्थ आरएम २५ सय -नेरु पचास हजारबराबर) को चेक बुधबार नेपाली राजदूतावासमा हस्तान्तरण गरिएको छ ।
नेपाल श्रमिक संगठन केन्द्रीय समिति विदेश विभाग प्रमुख रमेश तुफानले आर.एम.२५ सयको चेक मलेसियाका लागि नेपाली राजदूत ऋषिराज अधिकारीलाई प्रधानमन्त्रीकोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल श्रमिक संगठन मलेसिया मुल कमिटी, क्षेत्रीय कमिटी पेनाङ्ग, नगेन्द्र स्मृति श्रमिक कल्याणकारी कोष मार्फत सहयोग रकम उपलव्ध गराइएको थियो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल श्रमिक संगठनका प्रतिनिधि देवेन्द्र लम्साल, मुल कमिटी मलेसियाका प्रतिनिधिहरु प्रेम नेपाल, राम प्रसाद न्यौपाने, पेनाङ्ग क्षेत्रीय कमिटीका प्रतिनिधि देवेन्द्र गिरी, केलाङ्गजया इकाई कमिटीका पदाधिकारीहरु, केलाङ्गजयाका श्रमिक अगुवाहरु रामप्रसाद हड्खले, रमेश भट्टराइ, प्रेम थापा, भुवन प्रसाद दहाल लगायत अन्य अगुवाहरु तथा दुतावासका दिपक घिमिरको उपस्थिति रहेको थियो ।
श्रमिक संगठन मलेसियाले अगष्ट २३ तारीखका दिन एक विज्ञप्ती जारी गरी सहयोगको लागि सबैलाई अपिल गरेको थियो । साथै मुल कमिटीका सदस्यहरुले १ दिनको तलब बराबरको सहयोग गर्ने निर्णय पनि सोही विज्ञप्तीमा उल्लेख गरिएको थियो ।
Topics: कतार |





















