• Happy Dashain 2065

  • Read News From

  •  

    September 2008
    S S M T W T F
    « Aug   Oct »
     12345
    6789101112
    13141516171819
    20212223242526
    27282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « मन्त्रीपरिषद बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल | Main | कतारमा तिज कार्यक्रम सम्पन्न - स्याससको भावि कार्यक्रमहरुको घोषणा »

    सप्तकोशी बिस्थापित शिबिरमा बस्दै आएका थप तीन जनाको मृत्यु

    By Kumar Karki | September 6, 2008

    सप्तकोशी तटबन्ध भत्केपछि बिस्थापित शिविरमा आश्रय लिएर बसिरहेका थप ३ जनाको गएराति ज्यान गएको छ । यो सँगै शिविरमा बसेका बिस्थापित मध्ये मर्नेको संख्या २३ पुगेको छ ।

    सुनसरी हरिपुर-२ का गौरीशंकर रायकी ४५ बषर्ीय श्रीमति बबिता र सुनसरीको भण्टाबारी स्थित कोशी बाँधमा बस्दै आएका हरिपुर-८ का मोकलिम मियाकी २५ बषर्ीय श्रीमति जसिरा खातुनको ज्यान गएको हो । यसैगरी सप्तरीको भारदहस्थित शिबिरमा बस्दै आएका भारतको सुपौल जिल्लाको कुशारका भुक्टार खानका ३ बषर्ीय टफेल खानको गएराति ज्यान गएको प्रहरीले जनाएको छ । हिजो पनि कोसी ब्यारेज शिविरमा बसेका हरिपुर ८ का नित्यानन्द कामतका ५ वषिर्य छोरा निकेशकुमार र सप्तरीको भारदह शिविरमा बसेकी चालीस वषिर्या सितादेवी भिण्डवालको ज्यान गएको थियो ।

    यसैबीच वाणिज्य तथा आपर्ूर्ति मन्त्री राजेन्द्र महतोले अस्थाई शिविरमा राखिएका सुनसरीका बाढी पीडितहरुलाई तत्काल स्थाई शिविरमा राख्नु पर्ने बताउनु भएको छ । बाढी पीडितको अवस्था बुभ\mन सुनसरी पुगेका मन्त्री महतोले उज्यालोसँग कुरा गर्दै सुनकोसीको चारकोसे झाडीमा प्रयाप्त सरकारी जग्गा भएकाले त्यहाँ र्सार्न उपयुक्त हुने बताउनुभयो । अवलोकनको क्रममा पीडितहरुले स्वास्थ्य, शिक्षा र आवासबाट बञ्चित रहेको भन्दै मन्त्री महतोले अव सरकारको ध्यान त्यता तिर जाने बताउनुभयो । मुसलमानहरुको रमजान पर्व चलिरहेकोले मुसलमानहरुको खाने समय नमिलेको, राति लोड सेडिङ्ग हुने समस्या परेको पीडितले गुनासो गरेको मन्त्री महतोले बताउनुभयो ।

    Bookmark This

    Topics: कतार |

    Comments