« सप्तकोशी बिस्थापित शिबिरमा बस्दै आएका थप तीन जनाको मृत्यु | Main | बाढीपिडितको सहयोग रकम हस्तान्तरण »
कतारमा तिज कार्यक्रम सम्पन्न - स्याससको भावि कार्यक्रमहरुको घोषणा
By Kumar Karki | September 6, 2008
कतारका कार्यरत स्याङ्गजावासीहरुको संस्था स्याङ्गजा सहयोग समाजले नेपाली महिलाहरुको महान चाड तिजको अवसर पारेर गत विहिवार तिजको दर खाने कार्यक्रमको आयोजना सम्पन्न गरेका छन् ।
दोहा स्थित भारतिय सामाजिक संस्था मलायलम समाजमको हलमा आयोजित उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण गुरुभाटले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा एन आर एन ए आई सि सि का सचिव सागर नेपाल तथा अतिथीहरुमा क्रमशः नेपाली राजदुतावासका सहचारी पे्रम वराल, एन आर एन ए आई सि सि का कतार प्रतिनिधी टि वि कार्की, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्ग, एनआरएन एनसिसिका सहसचिव विल वहादुर गुरुङ्ग, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु तथा नेपाली महिलाहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
उक्त दर खाने कार्यक्रमका साथै स्याङ्गजा सहयोग समाजको भावि कार्यक्रम तथा नितिहरुको घोषणा समेत गरिएको थियो । भावि कार्यक्रमको घोषणा गर्ने कार्यक्रममा समाजले आˆनो जिल्लामा एम्वुलेन्स सेवा उपलव्ध गराउने उद्धेश्य वमोजिम संस्थाको पहलमा सहयोग संकलन गरि एम्वुलेन्स खरिद गर्न लागेको घोषणा गरेको थियो । कार्यक्रममा संस्थामा अतुलनिय योगदान पुर्याउने तथा पत्रकारहरुलाई सम्मान गरेको थियो । सम्मनित हुने पत्रकारहरुमा राजधानी अन्तराष्ट्रिय साप्ताहिकका उप सम्पादक दिपक पौडेल, कान्तिपुर प्रवास साप्ताहिकका देवेन्द्र भट्टराई, ईन्जिनियर वृन्दा रेग्मि, तथा होटल व्यवसायी कमलराज थापा रहेका थिए ।
उक्त दरखाने कार्यक्रमको शुभारम्भ कार्यक्रमका सभापति नारायण गुरुभाटले गर्नु भएको थियो । सो कार्यक्रममा सम्पुर्ण नेपाली चेलिहरुलाई एनआरएन आईसिसिका सचिव सागर नेपाल, नेपाली राजदुतावासका पे्रम वराल, लगायतका महानुभावहरुले शुभकामना मन्तव्यद्धारा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रममा नै मुस्लिम धर्मावलम्विहरुको महान चाड रमादानको अवसरमा शुभकामना व्यक्त गरिएको थियो ।
Topics: कतार |






















September 7th, 2008 at 8:46 am
Kumar Ji i think President Name is Guru Narayan Ranabhat instead of Narayan Gurbhat.
Madhab